पेशाको इज्जत राखेर काम गर्न नव इन्जिनियरहरुलाई निर्देशन

भक्तपुर । नेपाल इन्जिनियरिङ परिषदका अध्यक्ष प्राडा पदमबहादुर शाहीले पेशाको इज्जत राखेर काम गर्न नव इन्जिनियरहरुलाई निर्देशन दिएका छन् । जहाँं बसेर काम गरे पनि इथिक्स (आचारसंहिता)मा रहेर काम गर्न उनले नयाँं इन्जिनियरहरुलाई निर्देशन दिए । नेपाल इन्जिनियरिड कलेज (नेक) दुवाकोट चांँगुरानारण भक्तपुरबाट कप्युटर, आर्किटेक्ट, इलेक्टिकल एण्ड इलेक्टोनिक्स र इलेक्टोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियर पढेर पढाई पूरा गरेका विद्यार्थीको विदाईमा शनिबार कलेजले गरेको विदाई कार्यक्रममा उनले प्राप्त अंकसँंगै अहिले सवैकुरा हेरिने भएकाले इमान्दारितापूर्वक काम गर्न उनले निर्देशन दिए ।इमान्दारिता मात्रै होइन, कामप्रतिको लगाव, दृढ इच्छाशक्ति, समयको परिपालना पनि उतिकै महत्वपूर्ण रहेको छ, उनले भने, माक्स मात्रै राम्रो आएर अहिले पुग्दैन । उनले सैद्धान्तिक ज्ञानसँंगै प्रयोगात्मक कुराहरु पनि उतिकै महत्वपूर्ण रहेको बताए । पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन डा राजेश ठकुराठीले नव इन्जिनियरहरुले मेहनतका साथ काम गर्नुपर्ने आवश्यकता औंल्याए । सुरुका केही वर्षहरुमा संघर्षका साथ काम गरे पछि विस्तारै सहज हुँदै जाने अनुभब उनले सुनाए । मिहनेतका साथ काम गरे इन्जिनियरहरुलाई नेपालमै राम्रो रहेको पनि उनले बताए । कलेजका कार्यबाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीले कलेजबाट विदा भएका विद्यार्थीहरुलाई इमान्दारिताका साथ काम गर्न निर्देशन दिए । उत्पादित विद्यार्थी नै कलेजको वास्तविक व्राण्ड एम्वेसडर भएको भन्दै उनले आचारसंहितामा रहेर काम गर्न निर्देशन दिए । साथै उनले विदाई भइ गएका विद्यार्थीबाट भालिका दिनमा पनि कलेजका लागि सल्लाह, सुझाब, सहयोग पाइरहने विश्वास व्यक्त गरे । नव इन्जिनियरहरुले आफूहरुले स्वदेशमै बसेर काम गर्ने प्रतिवद्धता जनाए । दस जोड दुई उतीर्ण हुने वितिकै विदेश जाने प्रबृति वढिरहेको बेला स्नातक तह उतीर्ण नव इन्जिनियरहरुले आफनो शीप र ज्ञान आफनै देशका लागि रहने बताए । इलेक्टिकल एण्ड इलेक्टोनिक्समा इन्जिनियरिंग उतीर्ण विदाई भएका विद्यार्थी सरोज महर्जनले स्वदेशमै बसेर काम गर्ने प्रतिवद्धता जनाए । स्वदेशमा बसेर पढेका कुराहरुलाई राम्ररी व्यवहारिक रुपमा बुझने गरी अनुभब बटुल्न नेपालमै वस्ने योजना रहेको उनले सुनाए । विदाई भएका विद्यार्थीहरु आर्किटेक्टका हिमाल रोकाया, कम्प्युटरका युवराज महतो, इलेक्टोनिक्स एण्ड कम्युनिकेशनका बलराम राईले स्वदशमै वसेर राम्रो काम गर्ने बताए ।   

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९