महोत्तरीमा लोपोन्मुख पंक्षी गिद्धको ठूलो बासस्थान फेला

महोत्तरी । महोत्तरीको उत्तरी क्षेत्र राईमन्डल डाडामा लोपोन्मुख पंक्षी गिद्धको बासस्थान फेला परेको छ । जिल्लाको उत्तरवर्ती पालिका बर्दिवासस्थित वडा नं. ३ मा रहेको उच्च ठाँउ राईमन्डल वरपर गिद्धको प्राकृतिक बासस्थान फेला परेको हो ।शनिबार बर्दिवास उधोग बाणिज्य संघले आयोजना गरेको पदयात्रामा सहभागीहरुले उक्त बासस्थानको अवलोकन गरेका छन् ।एक अध्ययनअनुसार  सन् १९८० ताका नेपालमा ५ देखि १० लाखको सङ्ख्यामा गिद्धहरू रहेको थिए तर  २००५ देखि २०११ सम्मको तथ्याङ्कले गिद्धको सङ्ख्या ९० प्रतिशतभन्दा पनि बढिले घटेको देखाएको थियो । यसैलाई आधार मान्ने हो भने नेपालमा यसको संख्या निक्कै न्यून छ ।तर, राईमन्डल वरपर भिमडाडा, सोलीघोप्टे, सेतोभीर जस्ता ठाउँमा  देखिएका हजारौ गिद्धहरुको दृश्यले  ठुलो बासस्थान रहेको अनुमान गरिएको छ । पदयात्रामा सहभागीहरुले स्थानीय सरकारले तत्काल गिद्ध संरक्षण क्षेत्र घोषणा गरेर पर्यटकीय केन्द्रकोरुपमा विकास गर्नुपर्ने धारणा राखे ।नेपालका केही ठाँउहरुमा गिद्धको प्रजनन केन्द्र र गिद्ध रेस्टुरेन्ट समेत खोलेर यस्को संरक्षणको लागी  सफल अभ्यासहरु भएको बताउँदै स्थानीय लोसपाका नेता चेत कुमार थापा राईमन्डल गिद्ध अध्ययन केन्द्र बन्न सक्ने महत्वपूर्ण आधार भएको बताउँछन् ।  नेपाल सरकारले लागू गरेको ‘गिद्ध संरक्षण कार्ययोजना सन् २००९-२०१३’ को सफल कार्यान्वयन पश्चात नयाँ कार्ययोजना -सन् २०१५-२०१९) लागू गरिएको थियो । यसको लागी स्थानीय सरकार संघ र प्रदेश सरकारसँग नजिक भएर काम गरे राईमन्डल पर्यटकीय केंन्द्रकोरुपमा समेत विकास हुन सक्ने कतिपय विज्ञहरुको सुझाव छ ।राईमन्डल र भप्सी वरपर वस्ने स्थानीय बासिन्दाहरु विहानको समयमा हजारौको संख्यामा गिद्धहरु आकाशमा देखिने बताउँछन्। ‘दुईदेखि तीन प्रकारका गिद्धहरु आकाशमा बाक्लै देखिन्छन्, ‘ स्थानीय बल बहादुरले भने, ‘विशेषगरी सेतोभीर वरपर नै उनीहरुको बासस्थान रहेको देखिन्छ ।’यो पंक्षी सिकारी पंक्षी भए पनि आफै सिकार गर्दैन ।मरेका सिनो र बासी मासुहरू आहारा वनाउने गर्दछ । बासस्थानको अभाव, घरपालुवा जनावर हरूमा डाइक्लोफिनेक जस्ता एन्टीबायोटिक औषधिको प्रयोग लगायतका कारणले यो अहिले विश्वबाट लोप हुने स्थितिमा रहेको विज्ञहरु बताउँछन् ।धर्मग्रन्थ रामायणमा रावण राक्षसले सीतालाई हरण गरी लङ्का लैजाँदा सीतालाई जोगाउन गिद्ध अन्तिम श्वास रहुन्जेल लडेको उल्लेख छ । नेपालको हिमाली क्षेत्रमा बस्ने तिब्तीयन मूलका लामा समुदायले त आफन्तको शव गिद्धलाई खुवाउदा मृतकको आत्मालाई स्वर्ग पुराउने दूतकारुपमा लिने गर्दछन । यसर्थ गिद्ध खाद्य श्रृंखलाको संयोजक, वातावरणीय सन्तुलन र जैविक विविधताको महत्वपूर्ण सूचक त हो नै समुदायको धार्मिक र सांस्कृतिक आस्थाको धरोहरकोरुपमा पनि लिइन्छ ।त्यसैले राईमन्डललाई गिद्ध संरक्षण क्षेत्र घोषणा गरी स्थानीय सरकारले यसलाई पर्यटन विकास केन्द्रकोरुपमा विकास गर्नुपर्ने उद्योग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडका बताउँछन् ।होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गोपाल कार्कीले राइमंडलमा देखिएको गिद्धको बासस्थानको ध्यानाकर्षण जनाएका छन् । सरोकारवालाहरुसँग छलफल अगाडि बढाएर यस क्षेत्रको संरक्षणको लागी कार्ययोजना बनाउने बताए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९