महिलालाई हतियार बनाएर करोडौं असुली, सुन निर्यात गर्ने भन्दै ठग्दै

काठमाडौं । योजनाबद्ध रूपमा करोडौं रकम ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रे भुल्भु गाउँपालिका-३ घर भई हाल पोखरा महानगरपालिका-३० ढुंगेपाटन बस्ने ३३ वर्षीय कुमार थापा, स्याङ्जा पुतली बजार नगरपालिका-४ घर भई हाल कास्की लेखनाथ नगरपालिका-३० बस्ने ४२ वर्षीया मिना दमै, सिन्धुली गोलन्जोर गाउँपालिका-५ खनियाँखर्क घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने ४३ वर्षीय रविनकुमार थापा र सप्तरी सप्तकोसी नगरपालिका-ट बोहोचे घर भई हाल काठमाडौं-९ सिनामंगल बस्ने ३९ वर्षीय दिलीपकुमार लाभ रहेका छन्।

 

उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए। उनका अनुसार थापाविरूद्ध बैंकिङ कसुरमा दुई करोड बिगोको मुद्दा कास्कीमा छ। उनलाई भक्तपुर कमलविनायक नगरपालिकाबाट पक्राउ गरिएको हो।

 

 

दमैविरूद्ध कास्कीमा ९ वटा मुद्दा छन्। उनीविरूद्ध तीन करोड ६५ लाख ५९ हजार रुपैयाँको बैंकिङ कसुर र ठगीसम्बन्धी कसुरको मुद्दा छ। उनलाई सूर्यविनायक नगरपालिका-५ सल्लाघारीबाट पक्राउ गरिएको हो। यस्तै, रविनकुमारविरूद्ध बैंकिङ एवम् ठगी सम्बन्धी ७ वटा मुद्दा चितवनमा छन्। उनीविरूद्ध दुई करोड ६० लाख रुपैयाँ बिगो छ। उनलाई सिनामंगलबाट पक्राउ गरिएको रेग्मीले बताए।

 

 

यस्तै, लाभविरूद्ध बैंकिङ कसुरको ११ लाख रुपैयाँको मुद्दा काठमाडौंमा छ। उनलाई पनि प्रहरीले सिनामंगलबाट पक्राउ गरेको रेग्मीले बताए। सुनका गरगहना विदेशमा निर्यात गर्दछौं भन्दै काभ्रेपलान्चोक भुम्लु घर भई जिल्ला कास्की बस्ने कुमार थापाले पोखराको विभिन्न व्यवसायीहरूसँग सुन खरिद गरेका थिए।

 

 

ठूलो मात्रामा रकम ठगी गरेको भन्दै वीरेन्द सुनारले कास्की प्रहरीमा दुई करोड बिगोको मुद्दा दर्ता गराएका थिए। कास्की प्रहरीले पक्राउको लागि पत्राचार गरेपछि अनुसन्धान कार्यालयको टोली उनको खोजीमा थिए। कुमार थापालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा ठगी गर्ने कार्यमा मीना दमै, रविन कुमार थापा र दिलीपकुमार लाभको संलग्नता खुलेको रेग्मीले बताए।

 

 

चार जनाको मिलेमतोमा पोखराका सुनचाँदी पसलबाट पहिलोपटक १० लाख, दोस्रोपटक २० लाख तेस्रोपटक ५० लाखका गहना खरिद गरिएको थियो। यसमा १ करोड ४० लाखका गहना बाहिर निर्यात गर्ने भनी चेक दिएर चारै जना फरार भएका थिए। रेग्मीका अनुसार यसपछि उनीहरू भक्तपुर केन्द्रित भए। भक्तपुरको सुडालमा अरू व्यक्तिको नाममा रहेको जग्गा दिलाइदिने भनी दिलीपकुमार लाभले जग्गा बैना गरे।

 

 

उक्त जग्गा परिवार अटो मोबाइलका सञ्चालकसँग निसानको किक्स गाडी लिए। उनी १२ आना जग्गा  दिन्छु भनेर फरार भए। परिवार अटो मोबाइलका सञ्चालक प्रहरीमा पुगे। प्र.०१-०२३-०१४४ नम्बरको निसान किक्स गाडी ५४ लाख ५० हजार मूल्य तय गरी लिएकोमा रकम नतिरी बेपत्ता भएको भन्दै उनी प्रहरीमा पुगेका थिए। सो गाडी दिलीपकुमार लाभबाट प्रहरीले कम्पनीलाई नै फिर्ता दिलाएको रेग्मीले बताए।

 

 

उनीहरूले चितवनमा जग्गा दिन्छु भनी  अन्य व्यवसायीहरूको जग्गा बैना गरी १ करोड  ३६ लाख ठगी गरेको पाइएको अनुसन्धानले देखाएको छ। कुमार थापाले मीना दमैलाई देखाएर उनको नामको चेक दिने र उनीबाटै कारोबार गर्ने गरेको पाइएको छ। महिलाबाट कारोबार गर्दा विश्वासमा पर्ने भएकाले उनलाई प्रयोग गरेको खुलेको रेग्मीले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९