तस्करी र लागुऔषध कारोबार निमिट्यान्न पार्ने झापाका एसपी मिलन केसीको उद्घोष​

काठमाडौं। प्रहरीले झापाबाट ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा गौरीगन्ज गाउँपालिका-३ का १९ वर्षीय गगन ऋषिदेव र सोही ठाउँबाट २७ वर्षीय रविन पासवान रहेका छन्।दुबैलाई प्रहरीले दमक नगरपालिका-६ बाट पक्राउ गरेको झापाका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।उनीहरूको साथबाट प्रहरीले १०२ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको केसीले जानकारी दिए।प्रहरीले बिहीबार अपराह्न ऋषिदेवलाई पक्राउ गरेको थियो। उनको साथबाट ब्राउनसुगर फेला परेपछि अनुसन्धान सुरू गरेको थियो।अनुसन्धान गर्ने क्रममा पासवानको समेत संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको केसीले बताए।झापा लागुऔषध कारोबार र बेचबिखनका कारण चुनौतीपूर्ण जिल्ला मानिन्छ। कारोबारीले छिमेकी मुलुक भारतबाट लागुऔषध नेपाल भित्र्याउने गरेका छन्।प्रहरी उपरीक्षक केसीका अनुसार दुबैलाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर अनुसन्धान थालिएको छ।‘झापामा लागुऔषध बेचबिखन र ओसारपसार बढी नै हुने गरेको छ,’ उनले भने, ‘यसलाई उच्च प्राथमिकतामा राखेर नियन्त्रण गर्ने अभियान थालिएको छ।’केसी भर्खरै झापा प्रहरी प्रमुखको रूपमा सरुवा भएका थिए। उनले तस्करी, लागुऔषध कारोबारलगायत अपराधमाथि प्रहरी निर्मम भएर लाग्ने योजना बनाएका छन्।  उनले शुक्रबार पत्रकार सम्मेलन गरी आफ्नो प्राथमिकताबारे जानकारी गराएका थिए। उनले आफ्नो प्राथमिकता लागुऔषध नियन्त्रण, तस्करी नियन्त्रण रहेको बताए।

‘विशेषगरी यहाँ लागुऔषध कारोबार बढी नै हुने गरेको देखियो, मेरो अभियान यो सँगै तस्करी नियन्त्रणमा हुने छ,’  उनले भने, ‘फरार प्रतिवादी पक्राउमा पनि उतिकै ध्यान केन्द्रित गरेका छौं।’झापा प्रहरीले दुई दिनमा १८ जना फरार प्रतिवादी पक्राउ गरेको छ। फरार प्रतिवादी पक्राउको दायरा बढाएर काम गरिने केसीले बताए। झापाबाट मोटरसाइकल चोर्दै, ताप्लेजुङ लगेर बेच्दैझापामा शृंखलाबद्ध रूपमा मोटरसाइकल चोरीमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका-६ घर भई हाल झापा विर्तामोड नगरपालिका-६ बुट्टाबारी बस्ने २७ वर्षीय योगेशकुमार भनिने बालकुमार मगर रहेका छन्।मगरलाई हालै पाँचथर हिलिहाङ गाउँपालिका-५ बाट पक्राउ गरिएको झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक केसीले जानकारी दिए।    मगरले झापाका विभिन्न स्थानबाट आठ वटा मोटरसाइकल चोरी गरेको पाइएको छ। तीमध्ये ६ वटा पल्सर मोटरसाइकल छन्। ६ वटामध्ये पाँच वटा २२० सिसीका पल्सर र एउटा १५० सिसीको पल्सर मोटरसाइकल रहेका छन्।अन्य दुई वटामध्ये एउटा एनएस र अर्को १५० सिसीकै मोटरसाइकल रहेको केसीले जानकारी दिए।प्रहरीले ती मोटरसाइकल ताप्लेजुङको थेगिम्बा, नाल्बु, लिङ्थेप, फुङलिङलगायत स्थानबाट फेला पारेको छ।मगरलाई चोरी मुद्दामा अनुसन्धान थालिएको छ। उनले झापाबाट मोटरसाइकल चोरी गर्दै ताप्लेजुङमा लगेर बेच्ने गरेको खुलेको छ। प्रहरीले ती मोटरसाइकल ताप्लेजुङ पुगेर ल्याएको हो।मगरसहित मोटरसाइकल चोरीमा अन्य व्यक्ति पनि संलग्न छन्। उनीहरूको खोजी भइरहेको केसीले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९