अबराेध पछि माेरङमा एसियन हाइवे पश्चिम खण्डकाे रुख कटान रोकियो

माेरङ । सामुदायिक वनको अधिकार खोसेको भन्दै अभियान्ताहरू अाक्रोशित बनेका छन् ।वनकर्मीहरूले मंगलबार पूर्वपश्चिम एसियन हाइवेको पश्चिम खण्ड मावा खोला–लोकही खण्डमा पर्ने रुख कटानको काम रोकेका छन् ।सामुदायिक वन क्षेत्रमा पर्ने रुख सामुदायिक वनलाई नै उपयोग गर्न दिने सहमति विपरित डिभिजन वनले आफैले रुख लगेको भन्दै आक्रोसित बनेका बनकर्मीहरूको समुहले पथरीशनिश्चरे- १० मा पर्ने पशुपति सामुदायिक वन क्षेत्रबाट रुख काट्ने आरा (चेन्सो) र ट्याक्टर नियन्त्रणमा लिएका थिए । आयोजनाका कर्मचारीहरूले सहमति नभएसम्म काम नगर्ने प्रतिबद्धता गरेपछि नियन्त्रणमा लिएको सामान फिर्ता गरेका छन् ।

 

 

आयोजनाको पश्चिम खण्डमा उर्लाबारी देखि बेलबारीसम्म १८ वटा सामुदायिक वन पर्छन् । सामुदायिक वनलाई कुनैपनि जानकारी नदिइ रुख कटान थाले पछि काम रोक्न बाध्य भएको सामुदायिक वन उपभोक्ता महासंग कोशी प्रदेश अध्यक्ष तुलशी निरौलाले बताए । यस क्षेत्रमा ५ हजार ६ सय हाराहारी रुख बिरुवा कटान हुनेछन्, जसमध्ये सामुदायिक वन क्षेत्रमा पर्ने रुख बिरुवा निशर्त सामुदायिक वनलाई नै दिनुपर्ने संग्रौलाको भनाइ छ ।

 

 

सडक ऐनले सामुदायिक वनको स्वामित्वमा रहने देखाएको, संघीय वन ऐनले परियोजना लागू भए पछि हस्तान्तरण भएको वन भए सराकार मातहतमा र परियोजना अघि नै हस्तान्तरण भएको वन भए सामुदायिक वनको स्वामित्वमा रहने उल्लेख गरेको सामुदायिक वन उपभोक्ता महासंग कोशी प्रदेश सदस्य अग्नी पौडेलले बताए । सामुदायिक वन हस्तान्तरण हुनु अघि दुई लेन रहेको र हालको एसियन हाइवेको परियोजना नयाँ भएकाले पनि काठको स्वामित्वमा सामुदायिक वनको हक रहेको पौडेलको जिकिर छ ।

 

जिल्ला वन देखि प्रदेश वन मन्त्रालय र एसियन हाइवे परियोजना कार्यालय इटहरीसम्म लिखित पत्र बुझाउदा, छलफल गर्दा पनि बेवास्ता गरेपछि रुख काट्ने आरा नै खोस्नु पर्ने बाध्यता परेको सामुदायिक वन उपभोक्ता महासंग कोशी प्रदेश महासचिव रेनुका दाहालले बताइन् ।

 

 

सामुदायिक वन परियोजना बिचको लडाइ नभएकाले काम नरोक्न निर्माण कम्पनी सि.आर.एफ.जी टुण्डीका लेखापाल आवाज ढकालले अनुरोध गरे । सरकार सामुदायिक वन बिचको समस्या भएकाले परियोजनालाई असर पर्ने काम नगर्न र समयमा काम सक्न दिन ढकालको अनुरोध थियो ।

 

प्रभावित क्षेत्रमा सामुदायिक वनहरू मध्येबाट डाँस मोरङ्गी सामुदायिक वनका अध्यक्ष मदन पोख्रेलको संयोजकत्वमा अनुगमन समिति निर्माण गरेको छ । आजैदेखि अनुगमन समितिले रुख कटानलाई रोक्ने काम सुरु गरेको पोख्रेलले जानकारी दिए । परियोजनाले गत बुधबार देखि रुख कटानको काम थालेको थियो । रुख कटान उद्घाटन गर्न प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्री  गणेशप्रसाद उप्रेती आफै उपस्थित थिए ।

 

‘एसियन हाइवे’ समयमै निर्माण गर्न प्रदेश सरकारले बाधा अड्चनहरूमा सहजीकरण गर्ने उनले प्रतिबद्धता जनाए थिए ।  ‘एसियन हाइवे’ गौरवको योजना भएको उल्लेख गर्दै उनले कुनै पनि बहानामा निर्माण कार्य रोकिन नहुने बताएको हप्ता दिन नपुग्दै रुख कटानमा अवरोध सिर्जना भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९