जो फेसबुकमै चिनजान र प्रेमपछि नांगिए, सम्बन्ध बिग्रिएपछि तस्बिर-भिडिओ सार्वजनिक

काठमाडौं – सामाजिक सञ्जाल फेसबुकमा चिनजान भएर प्रेम गर्ने, अश्लील तस्बिर आदानप्रदान गर्ने र अन्तिममा चरित्र हत्या तथा ‘ब्लाकमेलिङ’ गर्ने तरिका नौलो रहेन।

यसै सन्दर्भमा तीन वटा फेसबुक चिनजान, प्रेम, तस्बिर-भिडिओ आदानप्रदान र चरित्र हत्याका प्रकरण सार्वजनिक भएका छन्।

प्रहरीले यस कार्यमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहट चन्द्रपुर नगरपालिका घर भएका ३९ वर्षीय बिहानीबहादुर अधिकारी रहेका छन्।

साइबर ब्युरोको टोलीले उनलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरी विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा मुद्दा अगाडि बढाएको छ।

ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक भागेन्द्रपुरुष ढकालका अनुसार अधिकारीले एक युवतीलाई फेसबुकमा चिनजान गरेका थिए। कुराकानी हुने क्रममा उनीहरूको प्रेम नै पर्‍यो। त्यसपछि त दुबै नांगिन थालिहाले। तस्बिरहरू आदान-प्रदान हुन थाल्यो। अधिकारीले त्यस्ता तस्बिर सुरक्षित तरिकाले राखे।

विस्तारै सम्बन्धमा खटपट सुरू भएपछि अधिकारीलाई रिस उठ्यो। उनले युवतीका आफन्त तथा साथीहरूको म्यासेन्जरमा पठाउन थाले।

अधिकारीले यस्तो हैरानी दिएपछि युवती प्रहरीमा उजुरी गर्न पुगेकी थिइन्।

अर्को घटामा भरतपुर महानगरपालिका वडा नम्बर १२ का ३७ वर्षीय रुपक शर्मा पौडेललाई प्रहरीले शुक्रबार काठमाडौंमा पक्राउ गरेको छ।

प्रहरी उपरीक्षक ढकालका अनुसार उनको धन्दा पनि अधिकारीको जस्तै हो। एक युवतीलाई उनले सामाजिक सञ्जाल फेसबुकमा चिनजान गरे।

त्यसपछि उनीहरू दुबै पनि नांगा तस्बिर आदान-प्रदान गर्न थाले। खटपट सुरू भएपछि पौडेलले त्यस्ता तस्बिर ह्वाट्सएप ग्रुपमा पठाउन थाले। बेइज्जती सहन नसकेर युवती प्रहरीमा पुगिन्।

अर्को घटनामा सप्तरी बोदेबरसाइन नगरपालिका वडा नम्बर ६ फुल्काई घर भएका २४ वर्षीय जगदीशप्रसाद यादव पक्राउ परेका छन्। प्रहरीले उनलाई त्रिभुवन विमानस्थलबाट शुक्रबार पक्राउ गरेको हो।

उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा थिए। कतारबाट फर्किरहेका बेला प्रहरीले उनलाई पक्राउ गरेको थियो।

प्रहरी उपरीक्षक ढकालका अनुसार यादवले फेसबुकमा एउटी युवतीसँग चिनजान गरेका थिए। केही समयमै दुबै जना निकट भइहाले। अनि सुरू भयो – नग्न हर्कत।

सम्बन्धमा रहँदा खिचेका अश्लील तस्बिर र भिडिओ यादवले जतन गरेका थिए।

सम्बन्धमा खटपट आएपछि यादवले युवतीका आफन्त तथा साथीहरूको म्यासेन्जरमा पठाउन थाले। चरित्र हत्या भएर हैरान भएपछि युवती प्रहरीमा पुगिन्।

यादवलाई विद्युतीय कारोबार ऐन अन्तर्गत अदालतले सात दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

‘फेसबुकमै चिनजानपछिको सम्पर्कले युवतीहरूलाई हैरानी मात्रै दिएको छैन, चरित्र हत्या भएर सामाजिक रूपमा उपस्थित हुनसमेत डराउनुपर्ने स्थिति सिर्जना भएको छ,’ खतिवडाले भने, ‘यी घटनाले सामाजिक सञ्जालमा चिनजान भएर त्यहीँ अश्लील गतिविधि गर्दा नकारात्मक परिणाम भोग्नुपर्ने देखाएको छ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी

काठमाडौँ,  सङ्घीय संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले औद्योगिक प्रदूषण नियन्त्रण र वातावरणीय मापदण्डको पालनामा राज्य कठोर रूपमा प्रस्तुत हुनुपर्ने बताउनुभएको छ ।     वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा आयोजित छलफलमा उहाँले उद्योगीलाई वातावरणीय मापदण्ड पूर्ण रूपमा पालना गर्न र प्रदूषण नियन्त्रणमा गम्भीर बन्न...

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

कर्णाली,  नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच अर्को सत्ता समीकरणका लागि शनिबार राष्ट्रिय सहमति भएसँगै कर्णालीमा नेकपाको नेतृत्वमा सरकार गठन हुने भएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा शनिबार हस्ताक्षरित राष्ट्रिय सहमतिले यसअघि गरिएको...

सवारी रोकेर तुइन खोलाको ढिस्को हटाइँदै

चितवन,  नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को काटिने भएको छ । डिभिजन सडक कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको निर्माण कम्पनीलाई सडक रोकेर ढिस्को काट्ने तयारी गर्न आग्रह गरेको छ ।   कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल गरिँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

कर्णाली,  नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच अर्को सत्ता समीकरणका लागि शनिबार राष्ट्रिय सहमति भएसँगै कर्णालीमा नेकपाको नेतृत्वमा सरकार गठन हुने भएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा शनिबार हस्ताक्षरित राष्ट्रिय सहमतिले यसअघि गरिएको...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता ...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९