काठमाडौं । प्रतिनिधि सभा सचिवमा सिफारिस हर्कराज राईले आज शपथ ग्रहण गर्ने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले राईलाई मंगलबार सचिव नियुक्त गरेसँगै आज बिहान ११:३० मा सिंह दरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा उनको शपथ हुने भएको हो।सभामुख देवराज घिमिरेले गत आइतबार राष्ट्रपति पौडेलसँग भेट गरी संविधानको धारा १०६ बमोजिम सचिव नियुक्तिका लागि सिफारिस गरेका थिए।प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो।राईले राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन्। राई अहिले भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालका सल्लाहकार छन्। उनी नेकपा (एमाले) निकट हुन्।





















































































































































