आधुनिक दासत्व र मानव तस्करी विरुद्ध एक होऔँः प्रदेश प्रमुख भट्ट

पोखरामा तीन दिवसीय ‘दक्षिण एशियामा आधुनिक दासत्व र मानव ओसारपसारका विरुद्ध सम्मेलन’ सुरू

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विश्वसामु नयाँ चुनौतीका रूपमा देखापरेको आधुनिक दासत्व र मानव तस्करी अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।

 

कोपिला नेपालको आयोजनामा पोखरामा आयोजित ‘दक्षिण एशियामा आधुनिक दासत्व र मानव ओसारपसारका विरुद्ध तीन दिवसीय क्षेत्रीय सम्मेलन’ को समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि भट्टले मानव बेचबिखन तथा ओसारपसार एक गम्भीर सामाजिक तथा मानवता बिरुद्धको विश्वव्यापी समस्या रहेको उल्लेख गर्नुभयो ।

 

उहाँले शुरुमा मानव बेचविखन दास र बधुवा श्रमिक वा यौनदासीको रुपमा मात्र सीमित रहेको आजको युगमा आधुनिक दासताका रुपमा देखापरेको बताउनुभयो । मानव बेचबिखन तथा ओसारपसारको समस्यामा विशेष गरी बालिका र महिला प्रभावित भएको भन्दै उहाँले आधुनिक दासतालाई रोक्न सरकारी तथा गैरसरकारी क्षेत्रबाट प्रयत्न भइरहेको बताउनुभयो ।

 

मानवअधिकार विरुद्धको कार्यलाई रोक्न समाजले सकारात्मक भूमिका निर्वाह गर्न जरुरी रहेको उल्लेख गर्दै उहाँले पीडित तथा प्रभावितलाई सम्मानपूर्ण जीवनयापनका लागि उपयुक्त वातावरण सिर्जना गर्न सरकारका साथै नागरिक समाज र सबै सरोकारवालाले हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

 

यो सम्मेलनबाट आर्जित ज्ञान र अनुभवलाई प्रयोग गर्दै बालबालिका तथा लैंगिक समानता सम्बन्धी नीति निर्माण र कार्यान्वयनमा रहेका पदाधिकारी एवं प्राज्ञिकहरु लाभान्वित हुने, नेपालका संघसंस्थाहरुले गरेको अभियान र प्रगति अन्तर्राष्ट्रियकरण गर्नमा सहयोग पुग्ने अपेक्षा पनि उहाँले गर्नुभयो ।

 

‘चेतनाको अभाव, गरिबी, समाजमा विद्यमान असमानता, विभेद, शोषण, बेरोजगारी, लैंगिक विभेद, पारिवारिक हिंसा र अशिक्षा नै मानव बेचबिखन तथा ओसारपसारका प्रमुख कारणहरु हुन् ।’ – प्रदेश प्रमुख भट्टले भन्नुभयो– ‘विश्वसामु आधुनिक दासत्वको अँध्यारो पक्षसँग कसरी लड्ने भन्ने गम्भीर चुनौतीपूर्ण प्रश्न तेर्सिएको छ । नेपाल र तेस्रो विश्वका अन्य मुलुकका लागि त झन् यो भयावह रूपमा देखापरेको छ ।’

 

मानव बेचविखन विरुद्ध जनचेतना वृद्धि गर्ने उद्देश्य राखिएको यस सम्मेलन दक्षिण एशियाली मुलुका अभियानकर्मीबीच आपसी सिकाई र राम्रो अभ्यासहरूको आदानप्रदानका लागि फलदायी बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – ‘दासत्व र मानव बेचविखन विरुद्ध साझा सञ्जाल निर्माण गर्न र सरोकारवालाबीच संवादलाई प्रोत्साहन गर्न यस्ता कार्यक्रम लाभदायक रहनेछ ।’

 

सम्मेलनमा छिमेकी मित्र राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका लगायत विभिन्न मुलुकहरुमा सामाजिक तथा बालबालिकाका क्षेत्रमा कार्यरत अभियानकर्मीको सहभागिता रहेको छ ।

 

वाक फ्री र आईएलओको पछिल्लो प्रतिवेदन अनुसार संसारभर ५ करोड मानिस आधुनिक दासका रूपमा बाँचिरहेका छन् । मानवअधिकार आयोगको मानव बेचबिखनविरुद्धको प्रतिवेदन अनुसार नेपालमा वार्षिक करिब ३५ हजार व्यक्ति बेचिने गरेका छन् ।

 

नेपालको संविधान र कानुनले यस अपराधलाई रोकी नागरिकको मानव अधिकारको सम्मान गर्ने प्रयत्न पनि गरेको छ । संविधानको धारा २९ मा शोषण विरुद्धको हक सु्निश्चित गर्दै मानिसलाई बेचबिखन गर्न, दास बनाउन पाइने छैन र इच्छा विरुद्ध काममा लगाउन पाइने छैन भन्ने व्यवस्था छ । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ मा मानव बेचबिखन र ओसारपसार गर्ने कसुरका विरुद्धमा कानुनी कारबाहीको व्यवस्था छ ।

 

राष्ट्र सङ्घीय दासत्व महासन्धिको नेपाल पक्ष राष्ट्र बनेको १९६३ मै हो। यस्तै, जिउ मास्ने बेच्ने तथा शारीरिक शोषणको दमनको लागि व्यवस्था भएको महासन्धिको १९९५ मा पक्ष राष्ट्र बनेको हो। महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन महासन्धिको नेपालले १९९१ मा अनुमोदन गरेको हो। बाल अधिकार सम्बन्धी महासन्धि १९८९ को पनि नेपाल पक्ष राष्ट्र हो।

 

नेपालमा वि.सं. १९८१ मै दासत्व उन्मुलन, २०५८ मा कमैया श्रम निषेध ऐनमार्फत सबै प्रकारका दास प्रथाको अन्त्य, २०६३ मा हलिया प्रथा अन्त्य र हरूवा–चरुवा समुदायको मुक्ति घोषणा गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९