काठमाडौं । आज समाजवादी मोर्चाको बैठक बस्ने भएको छ । बामपन्थी झुकाव राख्ने संघीय संसद भित्र र संसद बाहिरका रहेका ४ दलले पुनः समाजवादी मोर्चालाइ सक्रिय बनाउनका लागि आज बैठक बोलाइएको छ । जसका लागि चार दल आबद्द समाजवादी मोर्चाको कार्यदल बैठक मङ्गलवार बसेको थियो । नेपाल समाजवादी पार्टीका गंगानारायण श्रेष्ठसहित नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता प्रमेश हमाल, नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले तयार पारेको प्रतिबेदन माथी छलफल हुने जनाएको छ। माओवादी अध्यक्ष प्रचण्ड सत्ताच्युत भए पछि पहिलो पटक मोर्चाको बैठक बस्न लागेको हो ।
मुस्ताङ, यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु गरिएको छ । गाउँपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालयले सेवा प्रवाह गर्न थालेको हो ।आन्तरिक राजस्व कार्यालय बाग्लुङले व्यक्तिगत तथा व्यावसायिक उद्योग दर्तासम्बन्धी जिम्मेवारी लोमान्थाङ गाउँपालिकालाई अख्तियारी दिएको छ । उद्योग तथा व्यक्तिगत व्यवसाय दर्तासम्बन्धी सम्पूर्ण...





















































































































































