Baigyanik Media

Advertisment

SKIP THIS

मानवअधिकारसहित संसदका २ समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गतका २ समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालयका अनुसार ती दुवै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछ । जसअनुसार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा राष्टिय मानव अधिकार आयोगको काम कारबाहीको हालको अवस्थाका बारेमा छलफल गरिने भएको छ । जुन बैठक बिहान ११ः०० बजे बस्नेछ । यसैगरी, बिहान १०ः३० बजेका लागि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नेछ । जुन बैठकमा पुरानै अजेन्डा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुने समितिले जनाएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation