अनेरा स्ववियु क्रान्तिकारीका सचिव प्रत्याशी भन्छन्- कमजोर विद्यार्थी आन्दोलन सशक्त तुल्याउन मेरो उम्मेदवारी

धनगढी । नेकपा माओवादी केन्द्र निकट अनेरा स्ववियु (क्रान्तिकारी)को २३औं सम्मेलनबाट नयाँ नेतृत्वको लागि माघ १२ गते निर्वाचन हुँदै छ। निर्वाचन नजिकिएसँगै नेतृत्वका आकांक्षी युवा नेताहरूको दौडधुप तीव्र बढिरहेको छ। क्रान्तिकारीको भावी अध्यक्षका लागि चुनावी प्रतिस्पर्धामा ६ जना देखिएका छन्। उपदेश यादव, विजयप्रकाश शर्मा सापकोटा, हेमन्त राई, सुदिन पौडेल, योगेन्द्र बुढा र विश्वमणि थापाले अध्यक्षको दौडमा देखिएका हुन्।

 

यहीबीच अन्य पदका प्रत्याशीले पनि आफ्नो दौडधुप बढाएका छन्। डोटीका प्रकाश जैसी सचिव पदका प्रत्याशी हुन्। उनले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै आफ्ना एजेन्डा अगाडि सारेका छन्। यस निर्वाचनबाट शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको हकहितमा थप काम गर्न आफूले सचिवमा उम्मेदवारी दिएको जैसीले बताए। ‘विद्यार्थी आन्दोलन पछिल्लो समय कमजोर बन्दै गएको छ। नेताहरू विद्यार्थीका समस्याप्रति त्यति गम्भीर देखिनु हुन्न। विद्यार्थी आन्दोलनलाई पहिलेकै गतिमा उभ्याउनु हाम्रासामू प्रमुख चुनौतीका रूपमा छ। यसलाई ऊर्जाशील तुल्याउन मैले सचिवको दाबी गरेको हुँ। पदाधिकारीमा रहेर देशभरका विद्यार्थीको हितमा काम गर्न सकिने विश्वास ममा छ,’ उनले भने।

 

उनले शिक्षा र स्वास्थ्य सबैका निम्ति निःशुल्क हुनुपर्ने र त्यसलाई विद्यार्थी आन्दोलनका माध्यमबाट सरकारलाई सशक्त दबाब दिइने बताए। ‘एक दशकभित्र हामीले स्वास्थ्य र शिक्षालाई पूर्णरूपमा निःशुल्क गर्न सक्नुपर्छ। नत्र शैक्षिक, सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक रूपान्तरण सम्भव हुँदैन,’ उनले भने। उनले अहिले बाहिर जाने युवा जनशक्ति पनि ठूलो रहेकाले त्यसलाई रोक्न सक्नुपर्ने बताएका छन्। आफ्नो देशको दक्ष जनशक्तिको क्षमता देश निर्माणमै खर्चिनुपर्ने उनको धारणा छ।

 

युवालाई विदेश पठाउने नभई युवाले उत्पादन गरेका बस्तु निर्यात गरेर देशले आम्दानी गर्न सक्नुपर्ने जैसी बताउँछन्। ‘म डोटीमा जन्मिएको मान्छे। मैले यहाँ बसेर जतिसुकै कुरा गरेर पनि हुँदैन। परिवर्तनका लागि मूल धारको राजनीतिमा आउनैपर्छ। त्यसैले मेरो उम्मेदवारी सचिवमा हो। अपेक्षा छ, सबैको साथ पाउने छु,’ उनले भने। उनले आफूले आफू सधैँ विद्यार्थीको माझमा रहने प्रतिबद्धतासमेत जनाएका छन्। डोटीको केआईसिंह गाउँपालिका-६ फलेडीमा घर भएका जैसी २०६९ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय छन्। उनी अखिल क्रान्तिकारीको २०६९ सालमा गाउँकै देवस्थल माविमा अध्यक्ष भएका थिए।

 

त्यस यता उनी २०७१ सालमा दिल्पेस्वर उच्च माविमा इकाई कमिटी अध्यक्ष भए। २०७१ सालकै ५औं जिल्ला सम्मेलनबाट जिल्ला कमिटी निर्वाचित भएका थिए। २०७३ सालमा भएको स्ववियु निर्वाचनमा उनी डोटी बहुमुखी क्याम्पसमा सहसचिवमा विजयी भए। त्यसपछि एमालेसँग पार्टी एकता विद्यार्थीको डोटी जिल्ला कार्यालय सदस्य भएर उनले काम गरेका छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विगठन गरेपछि आन्दोलनलाई गति दिन प्रकाशलाई अखिल डोटीको सहसंयोजकको जिम्मेवारी दिइएको थियो।

 

२०७७ सालमा उनी अखिलको जिल्ला संयोजक भएका थिए। जिल्लाका सबै क्याम्पस र विद्यालयमा इकाई कमिटी गठन गर्दै उनले संगठनलाई गति दिएका थिए। उनको सक्रियताले ७औं जिल्ला सम्मेलनबाट उनी सर्वसम्मत अखिलको जिल्ला अध्यक्षमा चयन भएका थिए। उनकै नेतृत्वमा ८औं जिल्ला सम्मेलन भएकोमा उनी हाल केन्द्रीय सदस्य छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९