भीम पौडेलले अझै मिलाएनन् बलराम आचार्यसँगको कारोबार

काठमाडौं –  इटहरीका विवादास्पद ठेकेदार भीम पौडेलले दुई वर्षअघि सात करोडको चेक बाउन्स मुद्दा ‘डिसमिस’ मिलाएको आरोप लागेको थियो।त्यसबेला पौडेलले इटहरीकै अर्का व्यवसायी तथा आफ्ना पूर्वसाझेदार बलराम आचार्यले दिएको चेक बाउन्सको निवेदन ‘ढिसमिस’ पारेका थिए।प्रहरी स्रोतका अनुसार दुई साझेदारबीच ‘खटपट’ भएपछि आचार्यले इलाका प्रहरी कार्यालय इटहरीमा पौडेलविरूद्ध ‘चेक बाउन्स’को ठाडो निवेदन दिएका थिए।

 

 

पटक-पटक कारोबार मिलाउन आग्रह गर्दा पौडेलले धम्क्याउँदै रकम ‘पचाउन’ खोजेपछि आचार्य प्रहरीको शरणमा पुगेका थिए।‘सुरूमा चेक बाउन्स गर्नका लागि आचार्यले ठाडो निवेदन दिनुभयो,’ प्रहरी स्रोतले भन्यो, ‘पौडेल त्यो प्रकरण मिलाउन आएनन्। कारोबार आफैं मिलाउने भन्दै उनले आचार्यलाई भित्रभित्रै मिलाएको कुरा हाम्रो जानकारीमा आयो।’मुद्दा-मामिलामा जाँदा फस्ने डरले पौडेलले भित्र-भित्रै ‘सेटिङ’ गरेको जानकारी आएको त्यतिबेला इटहरी प्रहरीमा कार्यरत् एक अधिकृतले सम्झिए।

 

 

ती अधिकृतका अनुसार कारोबार आफैं मिलाउन पौडेलले यतिसम्म दौडधूप गरे कि, इटहरीकै राप्रपा नेता तथा पूर्वमन्त्री रामकुमार सुब्बाको घरमा पुगे। सुब्बाको घरमा आचार्य र पौडेलबीच घनिभूत रूपमा छलफल गराइयो।‘खै त्यहाँ के कसरी कुरा मिलेछ, दुबै पक्ष इलाका प्रहरी कार्यालयमा आएनन्,’ ती अधिकृतले भने।ठाडो निवेदन दिने व्यक्ति नआएपछि प्रहरीले सोधीखोजी पनि गरेको थियो। ‘तर, राप्रपा नेताकहाँ पुगेर दुबैले उजुर-बाजुर नगर्ने सहमति गरी कुरो मिलाएको भन्ने कुरा बुझियो,’ प्रहरी स्रोतले भन्यो।

 

 

प्रहरी स्रोतका अनुसार उक्त मामिला मिलाउँदा इटहरी उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष जीवन पराजुली पनि थिए। उनैले पौडेल र आचार्यबीच सहमति भएको फोटो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका थिए।तर, उनले त्यो फोटो केही समयमै हटाए। पौडेलको त्यतिबेला इटहरीमा गरिमा नामको होटल थियो। त्यसका साझेदारआचार्य पनि थिए।त्यो होटलको व्यवस्थापन अहिले सोल्टी होटललाई दिइएको छ। पौडेलको चंगुलमा फसेका आचार्य साझेदारी तोडेसँगै इटहरीको गोरखा डिपार्टमेन्ट स्टोरका सञ्चालक छन्।गरिमा होटल साथै अन्य कारोबारमा जोडिएका आचार्य पौडेलको ‘संदिग्ध’ कारोबारबारे थाहा पाएपछि उनीसँग छुट्टिन पुगेको बुझिएको छ।

 

 

पौडेलले आचार्यको लगानीको हिसाब-किताब अझै सुल्झ्याएका भने छैनन्। यो क्रम अझै पनि जारी रहेको आचार्यनिकट स्रोतले बतायो।‘उहाँले अझैसम्म कारोबार मिलाउनुभएको छैन, केही कारोबार अझै बाँकी छ, उहाँमा फिर्ता गर्ने किसिमको नियत देखिँदैन, छलछाम र बेइमानी उहाँको पेशा नै रहेछ,’ आचार्यनिकट स्रोतले भन्यो।उक्त स्रोतले के कति कारोबार मिलाउन बाँकी रहेको स्पष्ट नबताए पनि पौडेल कारोबारमा इमान्दार नभएको बतायो।

 

 

आफ्नो लगानी जोखिममा परेपछि आचार्यले विभिन्न निकायहरू गुहार्दै आएका छन्। आचार्य र पौडेल दुबैले यो कारोबारको शुद्धता र मेलमिलापबारे भने बोलेका छैनन्। आचार्यले यस विषयमा प्रतिक्रिया दिएनन्।पौडेल मोरङ र सुनसरीका खोलानालामा अवैध रूपमा उत्खनन् गरी प्राकृतिक स्रोतसाधनको दुरूपयोगमा संलग्न व्यक्ति कहलिन्छन्। पूर्व-पश्चिम राजमार्ग विस्तारका क्रममा पेटी ठेक्का पाएका उनले पथरी शनिश्चरे नगरपालिका-१० जिरिखिम्तीमा अलकत्रा प्लान्ट बनाउन लागिपरेका छन्।तर, स्थानीयले चर्को विरोध गरेपछि पौडेललाई त्यहाँ समस्या परेको छ। उनले जिरिखिम्तीको वातावरण विनाश गरेको आरोप लागेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९