एक महिना पछि कटहरिया नगरपालिकाको ताला

रौतहट। सहमति कार्वान्यवन नभए पुनः तालाबन्दी गर्ने सर्तमा रौतहटको कटहरिया नगरपालिकाको तालाबन्दी खुलेको छ।मेयर र प्रमुख प्रशासकीय अधिकृतले करोडौँ भ्रष्टाचार गर्ने षड्यन्त्र गरिरहेको भन्दै जनप्रतिनिधिहरुले गरेको कटहरिया नगरपालिकाको तालाबन्दी १ महिना पछि खुलेको हो।मेयर अजय प्रकाश जैसवाल र उपमेयर रिता देवी यादवसहित वडा अध्यक्षहरु बिच दुई बुदेँ सहमती पछि बिहीवार साँझ ३१ औं दिन तालाबन्दी खुलेको हो। रौतहटका सिडियो हिरालाल रेग्मीको निर्देशनमा स्थानिय प्रशासनले सहजकर्ताको भूमिका निर्वाह गरेपछी दुबैपक्ष बिच लामो छलफल पश्चात सहमती भएको थियो।

 

 

मेयर जैसवालका समर्थकले नगरपालिकाको ताला खोल्ने तथा उपमेयरसहित असन्तुष्ट वडा अध्यक्षहरुको समर्थकले खोल्न नदिने भन्दै बिहीवार दिउँसो आमुनेसामुने हुँदा केहीबेर अवस्था तनावग्रस्त बनेको थियो।घटनाको सुइँको पाएर कटहरिया नगरपालिका कार्यालय वरपर बिहानै देखी जम्मा भएका नेपाल प्रहरी सशस्त्र प्रहरीको टोलीले अवस्था साम्य बनाए पछि दुई पक्षीय छलफल सुरु भएको थियो।

 

 

यसअघि मेयर मेयर जैसवालको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले गलत तरिकाले मिति २०८१ मंसिर २० गतेको नगर कार्यपालिका बोर्डको बैठकले गरेको भन्दै लेखेको सम्पूर्ण निर्णय तत्काल कार्वान्यन नगर्ने, अब आउने प्रमुख प्रशासकिय अधिकृतको उपस्थितिमा हुने पहिलो बैठकमा पेस गरी अनुमोदन हुने बुँदाहरू मात्र कार्यन्वयन गर्ने सहमती भएको थियो।

 

 

त्यसैगरी, आगामी बैठकमा असन्तुष्ट पक्षका मागहरु आम जनताको विद्युत महशुल चुक्ता गर्ने, कर्मचारीको तलब भुक्तानी गर्नुपर्ने, आन्तरिक राजश्व बाँडफाँडबाट आएको रकमको विवरण सार्वजनिक गर्नुपर्ने, कर्मचारी संख्या तथा बाँकी बक्यौता सार्वजनिक गरिनु पर्ने, ईन्धनको बिवरण कुन गाडीमा कती तेल राख्ने गरेको हो स्पष्ट हुनुपर्ने, आव २०७९÷०८०१ देखि गत पुस मसान्तसम्मको आयव्याय बिवरण सार्वजनिक गर्नुपर्ने, कार्यपालिका बोर्डको हरेक बैठक सामाजिक सञ्जालमा लाईभ हुनुपर्ने लगायत समावेश गर्ने सहमति भएको छ।

 

 

कटहरिया नगरपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत हाजिर भएको भोलिपल्ट बिहीवार भएको दुईपक्षीय सहमती छलफलमा लैजान अथवा कार्वान्यन गर्न मेयर पक्षले पहल नगरेमा नगरपालिकामा पुनः तालाबन्दी गरिने लिखित सहमति भएको बैठकमा सहभागी कार्यपालिका सदस्य मनोज कुमार जैसवालले बताएका छन्। दुईपक्षीय बैठकमा मेयर अजयप्रकाश जैसवाल पक्षसँगै उपमेयर यादव पक्षमा वडा १ का अध्यक्ष भूपेन्द्र महतो, २ का अध्यक्ष हरेन्द्र जैसवाल, ३ का अध्यक्ष श्यामाकान्त यादव, ४ का अध्यक्ष चन्दन कुशवाहा, ५ का अध्यक्ष सर्फलाल प्रसाद गुप्ता, ६ का अध्यक्ष जयराम चौधरी, ७ का अध्यक्ष महमद सहिद दर्जी, कार्यपालिका सदस्य जामुन ठाकुर, वडा सदस्य रामेश्वर यादव, ईलाका प्रहरी कार्यालय गरुडाका इन्स्पेक्टर ओम प्रकाश यादव, सशस्त्र बेस दुधियाभारका इन्स्पेक्टर चुनराज थापा लगायतको सहभागिता रहेको थियो भने बरिष्ठ पत्रकार सञ्जय मिश्रा सहजकर्ताको भूमिका निर्वाह गरेको सहभागी नगर योजना शाखाका प्रमुख रामनरेश यादवले बताएका छन्।

 

गत मंसिर २० गते नगरपालिका मा बसेको कार्यपालिका बोर्डको बैठकमा कुनै सहमती नहुदाँ बैठक स्थगित भएको थियो। तर, मेयर जैसवालको ईशारामा प्रमुख प्रशासकीय अधिकृत जोशीले त्यही उपस्थितिलाई आधार बनाई दर्जनौं निर्णय लेखेर बिभिन्न प्रलोभन दिएर घरघरमा घुमाई घुमाई कार्यपालिका सदस्यहरुसँग हस्ताक्षर गराउने खेल भईरहेको उपमेयर यादवको नेतृत्वमा गएका जनप्रतिनिधिहरुले गत पुस ९ गते नगरपालिकामा तालाबन्दी गरेका थिए।

 

मेयर जैसवालको घरमा बसेर अधिकृत जोशीले लेखेको निर्णयहरु बदर हुनुपर्ने लगायतका माग उपमेयरसहित असन्तुष्ट पक्षले अघि सारेका थिए। करार कर्मचारीको तलब, ईन्धन खर्च, डीपीआर, आर्थिक सहयोग, बिभिन्न एनजिओलाई कार्यक्रम लगायतको शीर्षकमा मेयर जैसवालले करोडौ रुपैयाँ अनियमितता गर्दै आएको भनेर स्वयं जनप्रतिनिधिहरुले बिरोध गर्दै आएको छन्।

 

२०७९ को स्थानीय निर्वाचनमा कटहरियामा नेपाली कांग्रेसको टिकटबाट मेयर अजयप्रकाश जैसवाल, उपमेयर रितादेवी यादवसहित वडा ५ ,७, ८ र ९ का वडा अध्यक्ष निर्वाचित भएका थिए। निर्वाचित भए देखि नै जुन हिसाबले पनि पैसा खाने मेयर जैसवालको गलत नीतिको कारण प्रतिपक्ष देखी उनकै पार्टीबाट निर्वाचित जनप्रतिनिधि उनी बिरुद्द खुलेरै विरोधमा उत्रिएका छन्।

 

भ्रष्टाचार कै मुद्दामा मेयर जैसवालसहित जनप्रतिनिधि र कर्मचारी गरी ११ जना केही महिना निलम्बित समेत भएका थिए। निलम्बन फुकुवा भएर आएपछि मेयर अजय प्रकाशको रवैयामा केही सुधार हुन्छ कि भनेर नगरवासीले गरेको अपेक्षा पूरा हुन् सकेको छैन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९