बर्दिवासको हजारौ बर्ष पुरानो मानव सभ्यतालाई बनाईदैछ पुरातात्त्विक पर्यटन केन्द्र

महोत्तरी। बहुचर्चित पुरातात्त्विक हतियार कारखानालाई पर्यटनसगँ जोडने प्रक्रिया सुरु भएको छ ।जर्मन अनुसन्धानकर्ता गुड्रन कर्विन्सले पत्ता लगाएको बर्दिवासमा रहेको मध्यपाषण युगको हतियार कारखानालाई पुरातात्त्विक पर्यटन केन्द्र बनाउने प्रक्रिया प्रारम्भ भएको हो ।शनिवार पुरात्तत्व विभागवाट भास्कर ज्ञवालीको नेतृत्वमा आएको भुगर्भ टोलीले जिपिएसको माध्यमवाट हतियार कारखाना रहेका ठाउँहरु पहिचान गरे सगैँ ऐतिहासिक पर्यटन केन्द्र बनाउने वाटो खुल्ला भएको छ ।

 

 

काठमाण्डौ फर्किएपछी प्रारम्भिक चरणमा गर्नुपर्ने कामहरुको विषयमा नगरपालिकालाई पत्र पठाउने विभागले जनाएको छ ।१० हजार देखि १२ हजार बर्ष पहिला मानिने उक्त पुरातात्त्विक हतियार कारखानाको आधारभूत काम गर्न संघिय र प्रदेश सरकारले झण्डै १ करोड भन्दा बढी बजेट समेत विनियोजन गरिसकेको छ ।यस्को लागि बर्दिवास नगर पर्यटन वोर्डले काम गर्ने प्रक्रियामा अग्रसरता लिएको छ । नेपाल कै पुरातात्त्विक हिसावले महत्वपूर्ण ठाउँ मानिएको बर्दिवासको पाटु क्षेत्रमा तीनै तहका सरकारको ध्यानाकर्षण भएसगैँ स्थानियले खुसी व्यक्त गरेका छन ।

 

 

`अब भने बर्दिवासमा समृद्धि मुख्य आधार तयार हुँदैछ, हामी निक्कै उत्साहित छौ,` बर्दिवास-३ का रमेश खत्रीले भने, `लामो प्रतीक्षापछि एउटा सुनौलो गन्तव्य प्रारम्भ भएको छ ।´जर्मन नागरिक गुड्रन कर्विन्सले लेखेको `प्रिहिज्टोरिक कल्चर्स इन नेपाल´ भन्ने कितावमा रातु नदी वरपरको मानव सभ्यता र मध्यपाषण युगमा मान्छेको चहलपहलको विषयमा प्रकाशन गरे पछिचर्चा सुरु भएको थियो ।१९८५ को दशकमा कर्विन्सले १० बर्ष लगाएर पत्ता लगाएको प्राग ऐतिहासिक रहस्य सन २००७ मा उक्त कितावमा प्रकाशन भयो ।  कर्विन्सले गरेको उक्त अध्ययन वैज्ञानिक भएको भन्दै नेपालभरका ऐतिहासिक स्थलमध्ये बर्दिवास महत्वपूर्ण रहेको विभागका उपसचिव भास्कर ज्ञवालीले बताए ।

 

 

उनले पत्ता लगाएका ठाँउहरुमा ७ हजार बर्ष पहिलासम्म मानिसहरु बसोवास गर्ने गरेको भु-गर्भविदहरुले दावी गरेका छन । उक्त पुरातात्त्विक स्थलहरुमा मान्छेले तत्कालिन समयमा प्रयोग गर्ने पानीका डोविल्का समेत भेटिएका छन ।यि ठाउँहरुका विषयमा थप खोजी गरे थप रहस्यहरु उजागर हुने उपसचिव ज्ञवालीले बिश्वास ब्यक्त गरे ।पछिल्लो समय पाटुका यी ठाउँहरु उत्त्खनन र अतिक्रमणको चपेटामा परेको बताउदै यसलाई सरकारवाट नै संरक्षित क्षेत्र घोषणा गर्नुपर्ने भुगर्भ तथा पुरातात्त्विकविदहरुले सुझाव दिएका छन ।

 

 

यो आर्थिक बर्षमा पुरातात्त्विक स्थलहरु पहिचान गरि नापी नै गर्नुपर्ने र उक्त क्षेत्रमा घेरावारा तत्काल लगाउनुपर्ने पुरातत्त्व विभागले जनाएको छ ।नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले समेत यस ठाउँको संरक्षण गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्वता व्यक्त गरेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९