मैले पशुपतिको सुन खाएँ भनियो तर उप्काएर छानबिन गर्दा पनि केही भेटिएन्ः ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार देशको राजनीति, अर्थतन्त्र र समाजलाई फेरी सही बाटोमा फर्काउने दिशामा लागेको बताएका छन ।नेकपा एमाले संसदीय दलका नेता ओलीले अहिले देशमा बेथिति बढ्दै गएको बताउँदै ती सबै कुरालाई चिरेर अघि बढ्नु पर्ने आजको आवश्यकता रहेको समेत ओलीले बताए । त्यसैका लागि एमाले र कांग्रेसको सरकार बनेको उनको दावी छ ।

 

 

सहमति अनुसार अब एमाले १७ महिना सरकारमा रहने र त्यस पछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने ओलीले बताए । सरकारको नेतृत्व गर्ने जिम्मेवारी आएकोले एमालेका सांसदहरूको संसदमा पनि त्यही अनुसारको अति जिम्मेवार भूमिका हुने उनले स्पष्ट पारेका छन ।  राष्ट्रिय हित, गौरव, सुशासनको पक्षमा संसदमा एमालेको भूमिका हुने उनले जनाए ।

 

 

कमी कमजोरी रहेका कुरालाई सच्याउँदै सुशासनलाई सुदृढ बनाएर अघि बढ्नु पर्नेमा ओलीले जोड दिदै भने,  ‘हाम्रो अत्यन्त सक्रिय र बहुआयामीक दृष्टिकोण रहने छ ।सरकारले छिमेक सम्बन्धलाई विशेष रूपमा अघि बढाउने बताउँदै उनले अन्तराष्ट्रिय समुदायमा पनि विश्वशान्ति, निःशस्त्रीकरण र अन्तराष्ट्रिय न्यायको पक्षमा सरकारको स्पष्ट दृष्टिकोण रहेको ओलीले स्पष्ट पारेका छन ।  ‘हाम्रो सम्बन्ध कोही पनि शत्रु छैन हाम्रो, सबै हाम्रा मित्र हुन् भन्ने आधारमा हुने छ’, ओलीले बैठकमा भने ।

 

 

नेपाल मानवता र शान्तिको पक्षमा रहेको बताउँदै नेपालमा २० प्रतिशतको दरमा रहेको गरिबीलाई शून्यमा झार्ने योजनाका साथ सरका अघि बढिरहेको ओलीले स्पष्ट पारेका छन ।वातावरण परिवर्तनमा परेको प्रभावलाई रोक्नको लागि नेपाल प्रतिबद्ध रहेको र त्यसमा विश्व समुदायको ध्यानाकर्षण गराउने ओलीले स्पष्ट पारेका छन ।  माघ महिनामा समेत हिमालमा हिउँ नदेखिनु निक्कै चुनौतीपूर्ण स्थिति रहेको बताउँदै ओलीले हिन्दकुश पर्वतमालाको सबैभन्दा ठुलो भाग नेपालमा रहेको बताउँदै ओलीले विश्वको वातावरण संरक्षण गर्ने कुरामा यसको महत्त्व रहेकोले त्यसको संरक्षण गर्दै नेपाल अघि बढ्ने उनले जनाए ।

 

 

‘विश्व शान्ति र विश्व वातावरणीय सुरक्षामा हामीले बढी ध्यान दिने छौँ’, उनले भने ।व्यवस्था बदलियो अवस्था बदलिएन भन्ने गलत प्रचार गरिएको भन्दै ओलीले त्यसमा एमालेका सांसदहरू सचेत हुनुपर्ने जनाउँदै ओलीले आफ्नो पालामा देशमा असाधारण काम भएको दाबी गरेका छन ।

 

 

संविधान अपरिवर्तनीय दस्ताबेज नभएको बताउँदै ओलीले अहिलेको संविधान दुई पटक संशोधन भइसकेको बताए । संविधान संशोधन गरेर लोकतन्त्रलाई थप बलियो बनाउने काम गरिएको ओलीले स्पष्ट पारेका छन ।  ‘नेपालमा लोकतान्त्रिक अभ्यास र संवैधानिक प्रक्रिया स्वीकार्य छ, स्वागत गरिन्छ, स्वागतयोग्य छ, लोकतन्त्रमा लोकतान्त्रिक प्रक्रिया बाहेक अन्य कुनै पनि अराजक बाटोबाट परिवर्तन सम्भव छैन’, ओलीले भने ।

 

 

अहिले दिनैपिच्छे सरकार ढल्छ भन्ने हल्ला चलाइएको भन्दै ओलीले त्यसको पछि नलाग्न पनि आग्रह गरेका छन । सरकार ढल्ने म्याद सार्दै आएकालाई ओली भने,  ‘२०८४ मङ्सिरमा सरकार परिवर्तन हुन्छ, निर्वाचन पछि के परिणाम आउँछ, त्यही अनुसारको सरकार बन्छ, मान्छेहरूले अस्ति गएको मंसिर बुझेछन्, २०८४ को चुनावपछि सरकार परिवर्तन हुन्छ ।’  प्रधानमन्त्री ओलीले आफू र आफ्नो श्रीमतीको नाममा स्विस बैङ्कमा पैसा राखेको छ भनेर प्रचार गरेको भन्दै भ्रामक प्रचार गरिएकोसमेत बताउँदै यस्ता प्रचार गर्नेको कुनै खण्डन गर्न आवश्यक नरहेको स्पष्ट पारेका छन ।

 

 

आफूलाई पशुपतिमा पित्तल चढायो, छानबिन गरी पाउँ भन्नेसम्मका आरोप लगाइ छानबिनसम्म गरिएको ओलीले स्मरण गराउँदै पशुपतिनाथमा चढाइएको सुन उक्काएर जोख्दा कुनै कैफियत फेला नपारेपछि उनीहरू चुप लागेका ओलीले बताए ।  कमजोरहरूको झुट बोल्ने, बेइमानी गर्ने चरित्र हुने ओलीको भनाइ छ । ओलीले सांसदहरूलाई अत्यन्तै संयमित र जिम्मेवार रूपमा प्रस्तुत हुन निर्देशन दिएका छन । तथ्यमा आधारित बहस गर्न निर्देशन दिदैँ ओलीले तथ्य र सत्यको आधारमा बोल्ने कुरामा हिचकिचाउन नहुने जनाए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९