जसपा नेपालको कार्यकारिणी बैठक : यस्तो छ निर्णय

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज सम्पन्न भएको छ। तीन दिनदेखि पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जारी बैठक सोमबार साँझ सकिएको छ।पूर्वी नेपालमा अहिले भइरहेको ‘नो केबलकार आन्दोलन’ माथिको सरकारी दमन तत्काल बन्द गरी वार्तामार्फत् समाधान खोज्न आग्रह गरेको छ। जसपा नेपालले घाइतेको उपचार र गिरफ्तार गरिएका आन्दोलनकारीलाई अबिलम्ब रिहाई गर्न सरकारसँग माग गरेको अध्यक्ष उपेन्द्र यादवको निजी सचिवालयले जनाएको छ।

 

 

किराँत-लिम्बुवानका सांस्कृतिक एवम् धार्मिक आस्थाको केन्द्र पाथिभारा (मुकुम्लुङ्ग) को प्राकृतिक संरचनालाई यथावत् राख्न भइरहेको आन्दोलनमाथिको सरकारी दमन लोकतान्त्रिक मुल्य मान्यताको विरुद्ध रहेको ठहर गर्दै बैठकले यसप्रकारका अलोकतान्त्रिक सरकारी कदमको निन्दा गरेको छ।धार्मिक-सांस्कृतिक आस्था र पहिचानका लागि अहिंसात्मक तथा शान्तिपूर्ण संघर्ष गरिरहेका जनतामाथि सरकारले बल प्रयोग गरेर त्यहाँका आदिवासी-जनजाति समुदायको अधिकारको हनन गरेको बैठकको ठहर रहेको छ।

 

 

सरकारले माघ २४ गतेको संसदमा प्रस्तुत गर्ने अध्यादेशको पक्ष वा विपक्षमा मतदान गर्ने बारे कार्यकारिणी बैठकमा छलफल भएको छ। अध्यादेशको विषयमा मंगलबार सिंहदरबारमा बस्ने जसपा नेपालको संसदीय दलको बैठकले आवश्यक निर्णय लिने बताइएको छ। अध्यादेश पारित हुने नहुनेमा जसपा नेपालको भूमिका निर्णायक भएकोले त्यसबारे पार्टीको निर्णयलाई चासोका साथ हेरिएको छ।बैठकले तीन वटा प्रदेशका इन्चार्जहरुको जिम्मेबारी हेरफेर गरेको छ। लुम्बिनी प्रदेशको इन्चार्जमा पार्टी महासचिव रामकुमार शर्मा, कर्णाली प्रदेशको इन्चार्ज वीरबहादुर नेपाली र सुदुरपश्चिम प्रदेशको इन्चार्ज प्रेमचन्द्र झालाई तोकिएको छ।

 

 

कार्यकारिणी बैठकले ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ को प्रदेश, जिल्ला, पालिका र वडास्तरगत समिक्षा गरेको छ। निर्वाचन क्षेत्रगत प्रगति विवरणसहित भएको छलफलमा उक्त अभियान अत्यन्तै उत्साहजनक, प्रभावकारी र परिणाममुखी भएको निष्कर्ष निकालिएको छ। माघ मसान्त पश्चात उक्त अभियान स्थगित गरेर आगामी बैशाखभित्र प्रदेश, जिल्ला र पालिकाको अधिवेसन सम्पन्न गर्न मातहतका संगठनहरूलाई बैठकले निर्देशन दिएको छ।

 

 

जसपा नेपालले केन्द्रीय सल्लाहकार समिति गठन गर्ने गृहकार्यलाई अघि बढाएको छ। बैठकमा समिति गठनका लागि दुई दर्जन नेताहरूको नामावली संकलन गरिएको छ। थप छलफल र गृहकार्य गरी संकलित नामावलीबाट समितिको नेतृत्व र अन्य सदस्यहरु चयन गर्ने बताइएको छ।  कार्यकारिणी समितिमा नयाँ सदस्यहरू थप्ने गरी गठित कार्यदलको प्रतिवेदन उपर छलफल भए पनि चाँडै नै थप गृहकार्य गरेर नयाँ सदस्यको टुंगो लगाउने निर्णय भएको छ।कार्यकारिणीमा नयाँ सदस्यका लागि १० जनाको नाम प्रस्ताव आएको बताइएको छ। तीन जना विभागीय प्रमुखसहित हाल ३५ सदस्सीय कार्यकारिणी समिति रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९