रौतहट मधानी महोत्सवमा रविकिशनसँगै महाकुम्भकी भाइरल मोनालिसा आउने

रौतहट। रौतहटको मौलापुर नगरपालिकामा छैठौपटक आगामी फागुन महिनामा अती भव्यताका साथ मधानी महोत्सव आयोजना भईरहेको छ। महोत्सवमा भारतीय सिने जगत बलिउडका सुपरस्टार अभिनेता रविकिशन, मोनालिसा देखी नेपाली दर्जनौँ कलाकारहरुको घुँईचो लाग्ने भएको छ।पर्यटन प्रवर्द्धन गर्ने तथा पुरातात्विक महादेव मन्दिर लाई बिश्व सम्पदा सूचीमा पुर्याउने उद्देश्यले मौलापुर नगरपालिकाले बर्सेनि आयोजना गर्दै आएको मधानी महायज्ञ यस वर्ष फागुन ११ गतेदेखि  १५ गतेसम्म पुरातात्त्विक महादेव मन्दिर परिसरमा हुन लागेको हो ।

 

 

मंगलवार पत्रकार भेटघाट कार्यक्रममा यस पटक मधानी महायज्ञ बिशेष समारोहको प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री शतिस कुमार सिंह रहने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताएका छन् ।ऐतिहासिक,धार्मिक तथा सांस्कृतिक महत्त्व झल्किने किसिमले आयोजना हुन लागेको  महायज्ञ फागुन ११ गते शुभारम्भ भई फागुन १५ गते समापन हुने बताइएको छ।

 

 

फागुन ११ गते शिव पार्वती पूजन, महाहवन तथा मधानी महोत्सव समुदघाटन, राती स्थानिय नाच,१२ गते शिव बारात यात्रा , राती स्थानिय नाच,१३ गते मधानी बिशेष समारोह,१४ गते मधानी बिशेष सांस्कृतिक समारोह हुने प्रमुख प्रशासकीय अधिकृत साहले बताएका छन्।त्यसैगरी फागुन १५ गते अन्तर्राष्ट्रिय पहलावानहरुको सहभागितामा दंगल कुस्ती, सगै फागुन ११ गतेदेखि नै बिभिन्न खेल तमासाको ब्यवस्था गरिएको आयोजकले जनाएको छ।

 

 

फागुन १४ गतेहुने मधानी बिशेष साँस्कृतिक कार्यक्रमको प्रमुख अतिथिमा संघीय संसद तथा पूर्व मन्त्री प्रभु साह रहने छन्। त्यस्तै बिभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु अतिथिको रुपमा सहभागी हुने छन् । सोही दिन बलिउड र भोजपुरी सुपरस्टार अभिनेता तथा सांसद रबीकिशन, सुप्रशिद गीतकार एवं पूर्व मन्त्री बिनय बिहारी, भोजपुरी गायक तथा अभिनेता रित्तेश पाण्डे, भोजपुरी कलाकार मिन्टुवा, महाकुम्भकी भाईरल मोनालिसा, नेपाली कलाकारहरु सुनिल पण्डित, गायिका अन्नु चौधरी, सद्दाम हुसेन, रचना शिवाकोटी, गायक रुद्र नारायण तिवारी, प्रीति पासवान, प्रिया सुहानी, रौशनीराज, सरिता साह, अर्जुन बिसी , मनिषा राई, लगायत दर्जनौ कलाकारहरुले आआफ्नो प्रस्तुती दिने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ।

 

 

पत्रकार सम्मेलनमा मौलापुर  नगरप्रमुख रिनाकुमारी साहले महायज्ञले मौलिक संस्कृतिको जगेर्ना गर्नुका साथै यस क्षेत्रको विशेष अनुष्ठान मधानीले विश्वस्तरमा चर्चा पाएको बताइन् । पुरातात्त्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा पुर्याउन आफू निरन्तर प्रयत्नरत रहेको बताउँदै सरकारले त्यस तर्फ ध्यान नदिएको गुनासो गरिन।

 

 

 

पूर्व मन्त्री तथा संघीय सांसद प्रभु साहको सल्लाह अनुसार मौलापुर नगरपालिकाले २०७६ साल देखी प्रत्येक बर्ष मधानी महोत्सवको आयोजना गर्दै आएको छ। पहिलो महोत्सव २०७६ सालमा तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि रहेको तथा पशुपती मन्दिरका मूल भट्ट द्वारा विधिवत रूपमा पूजा आराधना गरी मधानीको शुभारम्भ गरिएको थियो।

 

 

महा शिवरात्रीको अवसर पारेर मौलापुर पुरातात्विक महादेव मन्दिरमा प्रत्येक बर्ष मधानी महायज्ञ भव्य रूपमा सम्पन्न हुँदै आएको छ। छोटो समयमै नेपाल र भारत लगायतका स्थानमा प्रशिद्ध भएको धार्मिक तथा सांस्कृतिक पर्यटनको ठूलो गन्तब्य बनेको पुरातात्विक मन्दिरको प्राङ्गणमा छैटौँ पटकको मधानी महोत्सव २०८१ आयोजना गर्न मौलापुर नगरपालिकाको नगरसभाले ८७ लाख रुपैयाँ विनियोजन गरेको पत्रकार सम्मेलनमा प्रमुख प्रशासकिय अधिकृत रामबाबु साहले जानकारी दिएका छन्।

 

 

यो मन्दिर नेपाल सरकारको १००वटा प्रमुख पर्यटकीय गन्तव्यमा समावेश भइसकेको छ। हजारौँ वर्ष पुरानो प्राचीन इतिहास बोकेको पुरातात्विक महादेव मन्दिरको अनौठो किसिमको महिमा र विशेषता वक्ताहरुले बताएका थिए। पुरातात्विक महादेव मन्दिरको प्राङ्गणमा आयोजित पत्रकार सम्मेलनमा मेयर रिना कुमारी साह, उपमेयर नागेन्द्र यादव, प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह , आम विधार्थी मोर्चाका केन्द्रीय अध्यक्ष बिवेक कुमार साह, युवा नेता विजय यादव लगायत जनप्रतिनिधिको उपस्थिती रहेको थियो।

 

 

मधानी महायज्ञमा नेपाल र भारतका लाखौं सर्वसधारणको सहभागिता हुने र त्यसका लागि आवश्यक शान्ति सुरक्षा लगायतको ब्यवस्था गरिएको छ। मन्दिर रहेको स्थानमा बर्षौ पहिला शिवको मुर्ति फेला परेको थियो । त्यसपछि पुरातत्व विभागले उत्खनन गरेको थियो ।

 

 

 

उत्खनन गर्दै गर्दा त्यहाँ ऐतिहासिक रुपमा महत्वपुर्ण मन्दिर लगायतका बस्तुको फेला परेको थियो । त्यसपछि लगाातार उत्खनन हुदै गएपछि गुप्तकालिन बस्तुहरु फेला परेकाले पालिका त्यसको संरक्षण गर्न तर्फ लागेको छ । हजारौं बर्ष पुराना मन्दिर सहित बिभिन्न बस्तु फेला परेपछि त्यसलाई विश्वसम्पदा सूचिमा सूचिकृत गर्नुपर्ने माग उठदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९