कर्तव्य ज्यानमुद्दाका आरोपीलाई सफाइ दिएपछि रौतहटका न्यायाधीशविरूद्ध पीडित परिवारै धर्नामा

रौतहट – न्याय दिन नसकेको भन्दै जिल्ला अदालत रौतहटका एक जना न्यायाधीशविरूद्ध एक परिवार धर्नामा बसेका छन्।कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई विभिन्न प्रभावमा परी सफाइ दिएको भन्दै जिल्ला न्यायाधीश मनोज केसीविरूद्ध कारबाही र न्यायको मागसहित सिंगै परिवार बुधबारदेखि धर्नामा बसेका हुन्।बुधबार राति ९ बजे जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले बलपूर्वक धर्नास्थलबाट आफूहरूलाई उठाएको कारण आज बिहान १० बजेदेखि सपरिवार धर्नामा बसेको पीडित राजन गुप्ताले बताए।

 

न्यायको माग गर्दै बुधबार दिउँसोदेखि धर्ना सुरू गर्दाको समयदेखि नै केही प्रहरीले विभिन्न बहानामा अनावश्यक दुःख दिइरहेको गुप्ताले गुनासो गरे।घटनामा मृत्यु भएका यमुनामाई गाउँपालिका-४ सरुअठा गाउँका स्व. राम विनोद गुप्ताकी आमा, बुवा, श्रीमती, भाइ-बहिनीहरू, भिनाजु, सम्धीसहित १८ जना अदालतको मुलगेटको छेउमा ब्यानर झुण्ड्याएर धर्नामा बसेका छन्।पसलमा उधारो सामान नदिएको रिसइबीको कारण २०७६ असार ४ गते राति १० बजे विनोद गुप्तालाई गाउँकै एक समूहले कुटपिट गरेको थियो।

 

 

टाउकोमा गम्भीर चोट लागेका विनोदको उपचारको क्रममा नेशनल मेडिकल कलेज वीरगन्जमा ६ दिनपछि असार १० गते मृत्यु भएको थियो।मृत्युलगत्तै उनका भाइ राजन गुप्ता र श्रीमती अनिता देवीले दिएको जाहेरीको आधारमा १३ वर्षीय नाबालकसहित विन्देश्वरी सिंह, रामकिशोर सिंह, रोहितकुमार सिंह, रोशन सिंह, अरविन्द कुमार सिंह, वडाबाबु सिंह र रामविनोद सिंहमाथि तत्कालै जिल्ला प्रहरी कार्यालय रौतहटले कर्तव्य ज्यान अगाडि बढाएको थियो।

 

 

रामकिशोर सिंह र रामविनोद सिंह, निखिल कुमार सिंहलाई एक वर्षअघि प्रहरीले पक्राउगरी कारबाहीको लागि जिल्ला अदालत रौतहटमा मुद्दा पेस गरेको थियो।अदालतलेमध्ये नाबालक १३ वर्षीयलाई तत्काल सुधारगृह वीरगन्ज र पछि अभिभावकको जिम्मा लगाएको थियो।अन्य, दुवैजना रामकिशोर सिंह र रामविनोद सिंह, लाई तत्काल जिल्ला अदालतले धरौटीमा छोड्ने आदेश दिएको थियो।धरौटीमा छुटेर तारेखमा रहेका अभियुक्त दुवै जना रामकिशोर सिंह र रामाबिनोद सिंहलाई गत २० गते आइतबार जिल्ला अदालतमा रौतहटमा पेस गर्दा न्यायाधीश केसीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइको फैसला सुनाएको थियो।

 

 

फैसलाको भोलिपल्ट गत २१ गते सोमबारदेखि जाहेरवाला राजन गुप्ता र मृतककी श्रीमती अनिता देवी सपरिवार आन्दोलित भएका छन्।हत्यामा संलग्न व्यक्तिलाई सफाइ दिएकोमा आफू मर्माहित भएको भन्दै न्याय न पाएसम्म आन्दोलन जारी रहने गुप्ता परिवारले अडान लिएका छन्। न्यायको लागि आफूहरू आन्दोलित हुँदा सरुअठा गाउँका सिंह थरका केही व्यक्ति आएर पटक-पटक धम्की दिइरहेको मृतकका भाइ राजन गुप्ताले बताए।

 

 

‘न्यायको लागि सपरिवार धर्नामा बसिरहँदा पटक-पटक धम्की आउँदा आफूहरू असुरक्षित महसुस गरिरहेका छौं, आवश्यक सुरक्षा प्रहरीले दियोस्,’ उनले भने।उक्त घटनाका अन्य चार जना आरोपी भन्ने हालसम्म फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९