१० लाख कविको कविता सङ्ग्रह ‘ग्रन्थ’ निस्कदै, सय देशबाट संकलन गरिने

काठमाडौं । मातृभूमि प्रति हुटहुटी जागेका साहित्यकार कवीन्द्र सिटौलाले १० लाख कविहरुको कविता संकलन गरेर विश्वकै विशाल कविता ग्रन्थ ‘ग्रन्थ’ प्रकाशित गर्ने भएका छन् । विगत ३३ वर्षदेखि अमेरिकामा रहेर कर्म गरिरहेका सिटौलाले नेपालबाट सात लाख तथा अन्य सय देशबाट तीनदेखि चार लाख कविता संकलन गरेर अहिलेसम्मकै ठूलो कविताग्रन्थ ‘ग्रन्थ’ प्रकाशित गर्ने भएका हुन् । उनले राजधानीमा सञ्चारकर्मी र साहित्कारहरुलाई भेला गरी आफ्नो पञ्चवर्षीय योजना सुनाएका हुन् ।

 

उनले कविता संकलन गर्ने क्रम धमाधम बढिरहेकोसमेत बताएका छन् । विश्वभर हत्या, हिंसा, बलात्कार, लुटपाट लगायतका अमर्यादित क्रियाकलाप बढेको भन्दै शान्तिका लागि प्रेम नै आवश्यक रहेको सन्देश छर्न पनि यो कविताग्रन्थ जरुरी भएको बताए । ‘मेरो देश प्रेमको देश’ भन्ने सन्देशसहित उनले यो कविताग्रन्थका लागि विश्वयात्रा गर्न लागेको बताए । उनले संसारभरका १० लाख जनाबाट प्रति लेखक एकमात्र कविता लिएर १० लाख कविता आफ्नै हातले लेखेको सङ्कलन गरिने बताए ।

उनले भने, ‘ दश लाख कविताको शीर्षक एकै हुनेछ— प्रेम के हो ? प्रेम कहाँ हुन्छ, कसरी हुन्छ ? कविहरूले प्रेम के हो ? भन्ने शीर्षकमा चार लहर र प्रेम कहाँ हुन्छ , कसरी हुन्छ ? भन्ने शीर्षकमा चार लहर कविता लेख्नेछन् ।’ उनले सबै कविला एकै किसिमको र एउटै आकारको नेपाली कागजमा सम्बन्धित कविको आफ्नै हस्ताक्षरमा लेखाइनेसमेत बताए ।  उनले भने,  ‘लेखक परिचयसहित कविता लेख्न मिल्ने गरी कविता फाराम तयार गरिएको छ, जहाँ कविहरूले उनीहरूको देब्रे हातको साहिँली औंलाको प्रेमछाप लगाउन सक्ने कोठा राखिएको छ । देब्रे हातको साहिँली औँलाको नसाको प्रत्यक्ष सम्बन्ध मुटुसँग रहेको र यो औंला प्रेमको केन्द्र हृदय अर्थात् मुटु क्षेत्रसँग गाँसिएकाले प्रेम छाप समेतको अनुरोध गरिएको हो । संसारका विभिन्न देशमा जन्मेका कविको हस्ताक्षर र उनीहरूको औंलाको  ‘प्रेम छाप’ हेर्नका लागि भविष्यका कैयन् पुस्ताले नेपालको भ्रमण गर्नेछन् र संसारकै एक विशाल कविताग्रन्थ हेर्न नेपाल भ्रमण गर्ने पर्यटक र विशेष गरी ग्रन्थमा समेटिएका कविका परिवारजन, शाखासन्तान, तिनका साथी सम्बन्धित सबैमा नेपालप्रतिको अभिरुचि जागृत हुनेछ भन्ने मैले परिकल्पना गरेको छु ।’

 

उनले यो कविताग्रन्थ दुई भाषा — नेपाली र अङ्ग्रेजीमा हुने बताए । सिटौलाले भने, ‘अङ्ग्रेजी भाषामा हुनुको अभिप्राय संसारलाई प्रेमको अभिव्यक्तिमा एकै स्थलमा समेट्नु हो । अनि बढीभन्दा बढी क्षेत्रका व्यक्तिलाई प्रेमबारे उनीहरुको अभिव्यक्ति प्रस्तुत गर्ने अवसर दिनु हो । यसबाटै नेपाललाई प्रेमको भूमिका रूपमा चिन्ने विश्वसमुदायको सङ्ख्यामा वृृद्धि हुनेछ भन्ने हो ।’ उनले नेपालबाट वर्तमान र पूर्व राष्ट्र«पतिहरू, वर्तमान र पूर्व प्रधानमन्त्रीहरू, मन्त्रीहरू, विभिन्न राजनीतिककर्मीहरू, वयोवृद्ध, समकालीन र युवा पुस्ताका साहित्यकारहरू, प्राध्यापकहरू, शिक्षकहरू विद्यार्थीहरू, धार्मिक तथा आध्यात्मिक गुरुहरू, रिम्पोचेहरू, माताहरू, आनीहरू, आध्यात्मिक सद्गुरुहरू, अम्बे, सन्त, महन्त, साधकहरू, खेलाडीहरू, संस्कृतिकर्मीहरू, नेपाली सेना र प्रहरीहरू, कर्मचारीहरू, चलचित्रकर्मीहरू, कलाकारहरू, जेल जीवनमा रहेका व्यक्तिहरू सबैलाई समेट्ने बताए ।

 

त्यस्तै नेपाल बाहिरबाट संयुक्तराष्ट्र« संघका वर्तमान र पूर्व महासचिवहरू, प्रतिनिधिहरू, संयुक्त राज्य अमेरिकाका वर्तमान र पूर्व राष्ट्र«पतिहरू, बेलायत, क्यानाडा, अमेरिका, दक्षिण अमेरिका, क्याराबियन क्षेत्र, अफ्रिका, अष्ट्रेलिया, एसिया, युरोप गरी ६ महादेश र यिनका बीच बीचका विभिन्न क्षेत्र र देशका लेखक, कवि कलाकारहरू यथाशक्य सबै वा प्रनितिधित्व हुने गरी १०० भन्दा बढी मुलुकका राष्ट्रप्रमुख , सरकार प्रमुख, र पूर्व राष्ट्र«प्रमुख र सरकार प्रमुखहरू सबै रहने बताए । कविताहरू नेपाली भाषामा कम्तीमा ६ लाखदेखि ७ लाखको सङ्ख्यामा हुनेछन् भने अङ्ग्रेजीमा ३ देखि ४ लाख हुनेछन् ।

उनले भने, ‘यो अभियान नेपाल र नेपालीलाई पुस्तौँपुस्तासम्म चिनाउने एक गौरवमय आयोजनाका रूपमा संस्थागत गर्दै विकास गरिनेछ । सम्भव भएसम्म ७० प्रतिशत जति लेखक कहाँ आफैँ पुगेर कविता लेखाउनेछु वा सङ्कलन गर्नेछु । यसो गर्दा मैले हरेक व्यक्तिसित नेपालबारेका केही तथ्य बताउन र नेपाल भ्रमण प्रति उनीहरूलाई आकर्षित गर्न सफल हुनेछु भन्ने आशा गरेको छु ।’

 

साहित्यकार सिटौलाले यसरी तयार भएको ग्रन्थ विश्वका सबैजसो ठूला पुस्तकालयमा राखिने बताए । पत्रकार सम्मेलनमा उनले आफूलाई परिकल्पनाकार एवं मुख्य अभियन्ता भनेका छन् भने यसका योजना निर्देशक अमेरिकामा रहेका शिव लामिछाने र सल्लाहकार अमेरिकामा रहेका लोकगायक प्रेमराजा महत रहेको बताए । त्यस्तै नेपालमा रहेका ऋषभदेव घिमिरे सम्पर्क सचिव र लक्ष्मण भट्टराई प्राविधिक संयोजक रहेकोसमेत बताए ।  सिटौलाले ३३ वर्ष आफू अमेरिकामा रहे पनि अब भने नेपालमै फर्केर नेपाललाई विश्वभर चिनाउने काम गर्नेसमेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९