नेपालमा जनसंख्या घटेको होइन, कर तिर्ने युवा विदेशिएको चिन्ता होः स्वर्णिम वाग्ले

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति एवं प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले नेपालमै भविश्य खोज्न बाहिरबाट फर्किने जमात ठूलै रहेको बताएका छन्। शुक्रबार  ह्ववाइट हाउस लिटरेचर फेस्टिभलमा आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन्। ‘बाहिर गएर भविश्य खोज्ने जमात ठूलै छ। यहीबीच नेपाल फर्किनुपर्ने फर्किहरू पनि थुप्रै छन्। यसलाई सकारात्मक रुपमा लिनुपर्छ,’ उनले भने।

 

जनतामा विकासको ठूलो अभिष्ट रहेकाले विकासलाई रफ्तारमा अगाडि बढाउनुपर्ने उनले बताएका छन्। विश्वव्यापी परिवर्तनलाई नेपालले पनि आत्मसाथ गर्नुपर्ने उनले बताए। त्यस्तो हुन नसक्दा नेपालबाट ठूलो संख्यामा युवा जनशक्ति पलाएन भइरहेको तर्फ वाग्लेले चिन्ता व्यक्त गरेका छन्।

 

उनले नेपालमा कर तिर्ने युवा विदेसिने क्रम नरोकिनु सोचनीय विषय भएको बताए। ‘नेपालमा जनसंख्या घट्यो भन्ने चिन्ता होइन, कर तिर्ने युवा विदेसिएको चिन्ता हो। पाँचरदश वर्षमा यो अवस्था कस्तो होलारु सोचनीय छ,’ उनले भने।नेपालमा उद्योगको कारण बढ्न नसक्दा रोजगारका लागि जनशक्ति बाहिर पलाएन हुने क्रम बढेको वाग्लेले बताए। उनले क्लाइमेट चेन्ज भइरहेकोप्रति पनि चिन्ता व्यक्त गरेका छन्। यो विश्वव्यापी चुनौतिको विषय भएकाले सबैले एक साथ समस्या समाधानमा जुट्नुपर्ने बताए।

 

उनले युवाहरूलाई नेपालमा केमा लगानी गर्दा सफलता हासिल गर्न सकिन्छ भन्नेमा चिन्तनशील हुन आग्रह गरेका छन्। पानी जहाज, कृषि, पर्यटन, विद्युत‍्लगायत क्षेत्र लागनीका लागि उपयुक्त क्षेत्र हुन सक्ने वाग्लेले सुझाएका छन । डिजिलाइजेशनमा पनि नेपालले ध्यान दिनुपर्ने उनको भनाइ छ। यस्तो गर्न सकेमा नेपालले समृद्धि हासिल गर्नसक्ने वाग्लेले बताए।

 

उनले नेपालले क्लाइमेन्ट चेन्ज, युवा पलायनलगायतमा विशेष ध्यान दिनुपर्ने बताए। बाहिर गएका क्षमतावान् मानिसलाई कसरी स्वदेशमा फिर्ता बोलाउने भन्नेमा ध्यान दिन सके समृद्धिमा टेवा पुग्ने वाग्लेले बताए। यसका साथै भारत र चनसँगको सम्बन्धमा पनि नेपालले समानजस्यता कामय गर्न सक्नुपर्ने बताए। नेपालमा राजनीतिलाई सङ्ल्याउन आवश्यक रहेको समेत औंल्याका छन्। सङ्लो राजनीतिले मात्र समृद्धि हासिल गर्न सकने उनको भनाइ छ। यी सबै कुराको व्यवस्थापनले मात्र मुलुकले समृद्धि हासिल गर्न सक्ने वाग्लेले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९