नेपाली कांग्रेसभित्रको अन्तर संघर्ष र अबको बाटो

नेपालको राजनीतिक परिदृश्य अस्थिर र परिवर्तनशील रहेको छ र आगामी महिनाहरूले नेताहरूलाई रणनीतिक पुनर्संरचनाको मार्ग अपनाउनेछन् वा आन्तरिक सुदृढीकरण गर्नेछन् भन्ने कुरा पत्ता लगाउनेछन्।

नरेश विष्ट

नेपालको राजनीतिक परिदृश्य अहिले एक जटिल मोडमा पुगेको छ। यहाँका संस्थागत प्रतिरोध, पार्टीभित्रका विभाजन, बाह्य प्रभावहरू र बदलिँदो सत्ता-समीकरणले सत्तारुढ गठबन्धनभित्र तनावको वातावरण सिर्जना गरेका छन्। नेपाली कांग्रेसभित्रको आन्तरिक प्रतिष्पर्धा, सुरक्षा निकायहरूमा असन्तुष्टि र सञ्चारमाध्यमहरूमाथि नियमनको प्रयासले देशको लोकतान्त्रिक प्रक्रियामा गम्भीर असर पार्न सक्ने संकेत दिएका छन्।

 

 

सुरुवात गरौं, प्रशासनिक निकाय र सुरक्षा संस्थाहरूको अवस्थासँग।

प्रस्तावित प्रहरी विधेयकलाई लिएर प्रहरी-प्रशासनभित्र असन्तुष्टि फैलिएको छ। यस असन्तुष्टिको यदि विरोध बढ्छ भने यसको असर कानुन कार्यान्वयन र शासनमा कस्तो पर्न सक्छ? अर्कोतर्फ, सरकार र न्यायपालिकाबीचको बढ्दो तनावले गहिरो शासन चुनौतीको संकेत दिन सक्छ। नेपाली कांग्रेसभित्रको विभाजनले तत्काल अस्थिरता नल्याए पनि साना अन्तरविरोधहरूले भविष्यमा शक्ति सन्तुलनमा परिवर्तन ल्याउन सक्छ।

 

 

नेपालको पश्चिमी र दक्षिणी क्षेत्रमा सरकारको विपक्षी धारणा अझ बलियो देखिन्छ। यसले परम्परागत राजनीतिक विभाजनलाई पुष्टि गर्दछ। थप रूपमा सामाजिक सञ्जाल नियमनसम्बन्धी प्रस्तावित नीतिहरूको विरोधले सञ्चारमाध्यमहरूलाई सरकारविरुद्ध एकताबद्ध गर्न सक्छ, यसले सरकारका लागि रणनीतिक व्यवस्थापनको आवश्यकता पनि जन्माउँछ। नियन्त्रण नियमन कानुन निर्माणमा ‘थापा सचिवालय’को सक्रियताले थापामाथिको समाचार संकलनकर्ताको अपार समर्थनको नैतिक धरातल भत्किने सम्भावना पनि छ।

 

 

अब आइपुगौं नेपाली कांग्रेसको नेतृत्वको संघर्षमा। महामन्त्री गगनकुमार थापा नेपाली कांग्रेसको अध्यक्षका रूपमा उदाउने अड्कलबाजीहरूले पार्टीमा नयाँ शक्ति सन्तुलन सिर्जना गर्ने सम्भावना बनाएका छन्। पार्टीका अन्य नेता विश्वप्रकाश शर्मा उपाध्यक्ष र प्रदीप पौडेल क्रमश: उपसभापति र महामन्त्रीको रूपमा उभिने अड्कल छन्। यदि गगन थापा नेतृत्वमा उत्रिए भने शेरबहादुर देउवाले उदाउँदै गरेकी क्षमतावान नेतृ डा. आरजू राणाको सुरक्षाका निम्ति यी नयाँ शक्तिहरूसँग कसरी सामना गर्नेछन् भन्ने बहसले गति लिएको छ तर यो पनि चर्चा चलेको छ कि महामन्त्री थापाले छिट्टै देउवाका उत्तराधिकार प्राप्त गरुन्!

 

 

एक फरक तर गम्भीर प्रसंगमा अवतरित हुनुपर्दा गगन थापामाथि क्रिश्चियानिटीको आरोप लाग्ने गर्दथ्यो र त्यो गगन थापाले हालै हिन्दू मन्दिरमा पूजा गरेको एक भिडियो सार्वजनिक गरे, जसले केही जिज्ञासा उठायो। उनीमाथि लागेको आरोप र सार्वजनिक त्यो भिडियोको बीचबाट नियाल्यौं भने के तमाम नेपाली हिन्दुवादी नेताहरूले मन्दिर दर्शन गर्दा आफूद्वारा अभिनित वृतचित्र प्रसारण गर्छन् त? के यो व्यक्तिगत आस्था हो वा यसमा कुनै रणनीतिक पाटो पनि जोडिएको छ?

 

 

गगन थापाको धार्मिक क्रियाकलापलाई खुलेआम प्रचार गर्नुको कारण के हुन सक्छ? सरकारले बिआरआई ड्राफ्ट दस्ता निर्माण गर्‍यो, नेपाली कांग्रेसले सरकारको ‘घुम्ती उच्चस्तरीय संयन्त्र’ निर्माण गर्‍यो, जहाँ गगन थापाकै सचिवालय सक्रिय थियो र बिआरआई सम्झौता भयो। उपरोक्त सम्झौतामाथि मित्र राष्ट्रहरूको नाराज चेहरा बुझेका थापाले ‘जब परराष्ट्र मन्त्री सभापति नै चाहनु हुन्थ्यो त मेरो के लाग्थ्यो र’ भन्ने जवाफ दिए तर यो ब्यालेन्स गेम लामो यसरी टिकेन कि थापा सरकार ८४ सम्मै रहने अभिव्यक्ति दिन तल्लीन रहे। त्यो भन्दा पर सरकारद्वारा निर्मित अध्यादेशहरू निर्माण गर्न निरन्तर सक्रिय रहिरहे र यो विषयले भारतलाई कुन डायमिटरको चोट लागेको छ वा अमेरिकाले यसलाई कसरी लिएको छ वा उनी चिनियाँ एक दलीय प्रणालीभित्र प्रवेश गरिसके? यसबीच अन्य के संशय आरम्भ पनि भएको आभाष छ कि यो पछिल्लो पूजायाचनाले ‘आरएसएस’ प्रभावित भयो वा भ्याटिकन नाराज!

 

 

साथै, केही रिपोर्टहरूका अनुसार पश्चिमी प्रभावहरूले गगन थापालाई भारतसँगको सम्बन्धमा महत्वपूर्ण व्यक्तिका रूपमा प्रवेश गराइदिएका छन्। यदि यसले यथार्थमा आकार लियो भने नेपालका नेतृत्वमा नयाँ भू-राजनीतिक समीकरणहरू विकसित हुन सक्छ। यस्ता रणनीतिहरू नेपालका क्षेत्रीय र अन्तर्राष्ट्रिय सम्बन्धहरूमा, विशेषगरी बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) जस्ता परियोजनाहरूसँगको सम्पर्कमा के प्रभाव पार्न सक्छन् भन्ने प्रश्न उनले अब आजीवन मेटाउन सक्ने छैनन्। भारतलाई सम्भवत: मन्दिरको सन्त पुजारीभन्दा उसको सुरक्षा स्वार्थ ठूलो छ, ऊ भन्छ ‘भारत माता की जय!’

 

 

एक अर्को प्रसंगमा कांग्रेसभित्र बिपी पुत्र शशांक कोइरालाको रणनीतिक सक्रियता र भारतीय दूतावाससँग भनिएको भेटवार्ताले बाह्य प्रभावहरूको संकेत दिन्छ। तर, उनी नि:तान्त सचिवालय सदस्यको एक सेरेमोनियल कार्यकारी सदस्यमै सीमित देखिन्छन्। आम रूपमा वेल मिनिङका डा. शशांक बिरामी परेपछि उनको घरभित्र विभाजनकारी बाह्य शक्तिको दबदबा बढ्यो।

 

 

यसैबीच, देउवाको रणनीतिक सोचमा पनि महत्त्वपूर्ण घटकहरू छन्। पार्टीभित्रको गुटबन्दीले देउवा डा. शेखर कोइरालाको गतिविधि, विशेष गरेर कोशी प्रदेश र सुदूरपश्चिममा भएको उनको क्रियाकलापलाई निकटबाट नियालिरहेका छन्। देउवा यसलाई सामान्य राजनीतिक चहलपहलका रूपमा देख्छन् कि यो एक ठूलो चुनौतीको संकेत हो? भविष्यमा यसले कस्तो रूप लिन्छ, त्यो महत्त्वपूर्ण हुने छ। तर, देउवा शेखरसँग धेरै विमतिहरू राख्दैनन्। किनभने डा. कोइरालाको भूराजनीतिक सन्तुलन अलि ज्यादा स्थिर छ। यी मूल कारणहरूले आन्तरिक शक्ति सन्तुलनमा देउवा परिवारले शेखरसँग सहकार्य गर्ने संकेत गर्दछ तर यसबीच गगन थापासँगको पुनर्मिलनमा डा. मिनेन्द्र रिजाल, एनपी साउद, राजेन्द्र बजगाईं, गुरू घिमिरे, डा. गोविन्द पोखरेलहरूको भूमिका पनि रोचक देखिने छ।

 

 

नेपालको भू-राजनीतिक र बाह्य प्रभावहरूको कुरा गर्दा, पश्चिमी मुलुकहरूले नेपालको लोकतान्त्रिक प्रक्रियालाई कसरी हेरेका छन् भन्ने कुरा गहिरो चिन्ताको विषय बनेको छ। के पश्चिमी र भारतीय कूटनीतिक निकायहरूले प्रमुख कांग्रेस नेताहरूलाई विशिष्ट क्षेत्रीय रणनीतिहरूसँग समन्वय गर्न सुझाव दिएका छन्? यसको परिणामस्वरूप, कांग्रेस नेताहरूले नेपालका विदेश नीतिहरू (बिआरआई, इन्डो-प्यासिफिक रणनीति) निर्माणमा के भूमिका खेलेका छन् भन्ने प्रश्न पनि उठ्छ।

 

 

अब यदि देउवा पार्टीबाट बाहिरिएको सन्दर्भमा पनि कांग्रेसमा न्यूनतम् २० प्रतिशत समर्थक देउवासँगै अन्तिम दिनसम्म रहन्छ, त्यो भनेको लोकतान्त्रिक पार्टीमा ठूलो शक्ति हो। अथवा, देउवा नयाँ रणनीति अपनाउँदै सत्ता जोगाउने प्रयास गर्ने छैनन्! देउवाको व्यावहारिक नेतृत्वशैली र उनकी पत्नीको प्रभावशाली भूमिका हेर्दा के उनीहरूले आफ्नो अनुभवलाई प्रयोग गरी पार्टीमा शक्ति सन्तुलन कायम राख्न सक्नेछन्? यो प्रश्न पाठकबीच नै छाडिएको छ।

 

 

अन्तिममा, शेखर र गगनबीचको एकताको दुरी अझ बढी बढ्दैछ कि छैन भन्ने सवाल उठ्छ। डेढ वर्षपूर्व एक कांग्रेस सांसदले शेखर र महामन्त्री गगनबीच होटल याक एण्ड यतीमा शक्ति सन्तुलन प्रस्ताव गराएका थिए। अब, दुरी घट्यो र यसले आकार लियो भने के यसले नेपाली कांग्रेसको भविष्यलाई पुनः परिभाषित गर्दै नयाँ शक्ति सन्तुलन सिर्जना गर्नेछ? तर, यसबीच विश्वप्रकाश शर्मा, भाइ शशांक, एनपी साउदसँगको एकताको बाटो आरम्भ भइसकेको अवस्थामा परिस्थिति अन्यत्रै तैरिने त छैन? अनि रेल छुट्छ?

 

 

नेपालको राजनीतिक परिदृश्य अस्थिर र परिवर्तनशील रहेको छ र आगामी महिनाहरूले नेताहरूलाई रणनीतिक पुनर्संरचनाको मार्ग अपनाउनेछन् वा आन्तरिक सुदृढीकरण गर्नेछन् भन्ने कुरा पत्ता लगाउनेछन्।

(यो लेखकको निजी विचार हो।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मुस्ताङको लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु

मुस्ताङ, यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु गरिएको छ । गाउँपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालयले सेवा प्रवाह गर्न थालेको हो ।आन्तरिक राजस्व कार्यालय बाग्लुङले व्यक्तिगत तथा व्यावसायिक उद्योग दर्तासम्बन्धी जिम्मेवारी लोमान्थाङ गाउँपालिकालाई अख्तियारी दिएको छ । उद्योग तथा व्यक्तिगत व्यवसाय दर्तासम्बन्धी सम्पूर्ण...

पालिकाद्वारा विद्यालय बन्द

महेन्द्रनगर,  अत्यधिक गर्मी बढेपछि कञ्चनपुरमा स्थानीय पालिकाले विद्यालयको पठनपाठन बन्द गर्न थालेका छन् ।आज एक सूचना जारी गर्दै यहाँको शुक्लाफाँटा नगरपालिकाले जेठ १२ र १३ गते गरी दुई दिन नगरक्षेत्रका सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।नगरपालिकाले हाल बढिरहेको अत्यधिक गर्मीका कारण...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ३१ पैसा र बिक्रीदर...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

माझी महिलालाई आत्मनिर्भर बनाउन गलैँचा बुनाइ तालिम

चौतारा,  सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१३ स्थित रातोमाटे माझी बस्तीका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले ४५ दिने गलैँचा बुनाइ तालिम सुरु गरिएको छ ।दलित सशक्तीकरण समाज चौतारा साँगाचोकगढी–१३ को आयोजनामा ‘उद्यम गरौँ, आत्मनिर्भर बनौँ’ भन्ने नारासहित सञ्चालन गरिएको तालिम असार १४ गतेसम्म सञ्चालन हुने नगरपालिकाका उद्यम...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

चिकित्सक सङ्घको सम्मेलन जेठ १६ र १७ मा

चितवन,  नेपाल चिकित्सक सङ्घले यही जेठ १६ र १७ गते चिकित्सक सम्मेलन आयोजना गर्ने भएको छ । ‘आधुनिक, सुलभ, किफायती र समान स्वास्थ्य सेवाका लागि नवप्रवर्तनमार्फत प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण’ नाराका साथ सङ्घले आफ्नो ३०औँ सम्मेलन बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा गर्न लागेको...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९