प्रतिनिधिसभा बैठकमा सांसदहरूले के भने ?

काठमाडौं। प्रतिनिधिसभा बैठक सोमबार संघीय संसद् भवनमा जारी छ । बैठकमा अहिले शून्य समयमा सांसदहरूले आफ्नो भनाइ राखिरहेका छन् । सभामुख देवराज घिमिरेले सबै सांसलाई एक एक मिनेटको समय बोल्न दिएका छन् । बैठकमा एमालेले सांसद रघुजी पन्तले प्रतिनिधिसभामा राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रियसभालाई वृद्धाश्रम भनेकोप्रति आपत्ति जनाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद रघु पन्तले दुई सदनबीच द्वन्द्व उत्पन्न हुने काम कसैले गर्न नहुने बताए ।

 

 

उनले भने, ‘प्रतिनिधिसभामा एकजना सांसदको टिप्पणीलाई लिएर राष्ट्रियसभाले खेद प्रस्ताव पारित गरेको छ । हामी कसैले कसैलाई दोष नदिऔं, दुवै सदनबीच द्वन्द्व हुने काम नगरौं । राष्ट्रियसभा भनेको वृद्धाश्रम होइन ।’ राष्ट्रियसभालाई वृद्धाश्रम भनेर आलोचना गर्न नमिल्ने तर्क गरे । उनले सांसदको टिप्पणीलाई लिएर राष्ट्रियसभाबाट खेद प्रस्ताव पारित गरिनु दुःखद् भएको बताए ।

 

 

एमाले सांसद सूर्य थापाले प्रधानमन्त्रीलाई हिटलर भनेकोमा आपत्ति जनाएका छन्। आइतबारको संसद् बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीले ओलीलाई ‘तपाईं हिटलर हो?’ भन्दै गरेको प्रश्नप्रति थापाले सोमबारको संसद् बैठकमा आपत्ति जनाएका हुन्। थापाले नेपालको संविधानले बनाएको व्यक्ति ‘को हिटलर हुन्छ ? भन्दै प्रश्न पनि गरे।

 

 

एमाले सांसद योगेन्द्र मण्डलले सिमेन्टको मूल्य बढेकोमा चिन्ता व्यक्त गरे । गत साउनमा पौने पाँच सय बोरामा पाइने सिमेन्ट अहिले सात सय ७५ रुपैयाँ पुगेको बताए । उनले सिमेन्टको भाउ बढ्दा २२ अर्ब व्यवसायीलाई र उपभोक्तालाई चार अर्ब घाटा पुगेको बताए । कांग्रेस सांसद राजेन्द्र केसीले सिमेन्टको मूल्य बढ्दा निर्माण संरचनामा असर गरेको बताए । कांग्रेस सांसद रमा पौडेल कमसल रेगुलेटरको अनुगमन गर्न माग गरिन् । उनले कमसल रेगुलेटरकै कारण देशव्यापी रूपमा  आगलागीका घटना भएको बताइन् ।

 

 

सांसद रञ्जु झाले पछिल्लो समय अदुवा र लसुनको तस्करी भएकोमा आपत्ति जनाइन् । उनले लसुन र अदुवा कहाँबाट आउँछ र कहाँ जान्छ ? भन्दै प्रश्न गरिन् । माओवादी सांसद रणेन्द्र बराली दलितमाथि गरिएको दमनको विरोध जनाए । उनले आइतबार सांसद प्रभु साहको प्रश्नको जवाफ प्रधानमन्त्री केपी ओलीले किन नदिएको भन्दै विरोध जनाए । सांसद रामप्रकाश चौधरी सर्लाहीको सागरनाथ वनको ११ सयभन्दा बढी हेक्टर जमिन अतिक्रमणमा परेको जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९