भक्तपुरका १०२ वर्षीय हरिलाल, ९६ वर्षीया केशरी भन्छन् – देशमा राम्रो भएको हेरेर मर्न पाऊँ

भक्तपुर- यो देशमा केही हुँदैन भन्ने भाष्य युवाहरूमा पाइरहेको बेला त्यही भाष्य पुराना पुस्ताका मानिसमा पनि रहेको देखिएको छ। भक्तपुरका यी दम्पतीले देशमा केही नभएरै युवा-पुस्ता विदेशिन बाध्य भएको बताएका छन्।भक्तपुरको सूर्यविनायक पाण्डुबजार बस्ने १०२ वर्षीय हरिलाल पञ्च र उनकी श्रीमती केशरी धौबञ्जा पञ्चले देशमा राम्रो भएको हेरेर मात्रै मर्न पाऊँ भनी इच्छा व्यक्त गरेका छन्।आफ्नै परिवारमासँगै बसका दुई नाति र दुबै श्रीमतीहरू विदेशिन बाध्य भएको भोगेका उनीहरूले स्वदेशमै काम गर्ने वातावरण हुन नसकेको भन्दै दुःख व्यक्त गरे।यी जोडीलाई भक्तपुरमा एक कार्यक्रम गरी सम्मान गरिएको थियो। पञ्च मु दवू (पञ्च थर भएकाहरूको मुख्य मञ्च) ले आफ्ना कुलका ज्येष्ठ नागरिकहरूलाई एक कार्यक्रमबीच सम्मान गरेको हो।

 

 

 

भक्तपुरमा रहेका पञ्च थर भएकाहरूको संयुक्त भेलासहितको भेटघाटमा हरिलाल र केशरीसहित ८० वर्ष उमेर पूरा गरेका कुलका अन्य ८ जनालाई कुलको तर्फबाट सम्मान गरिएको थियो।भेलामा पञ्च थर भएका भक्तपुरका विभिन्न ठाउँमा छरिएर रहेका ३२१ सदस्यहरूको सहभागिता रहेको थियो।हरिलालको जन्म १९७९ सालमा भक्तपुर नगरपालिका वडा नम्बर १ (साबिक भक्तपुर नगरपालिका वडा नम्बर १७) इटाछें भक्तपुर र केशरीको जन्म भक्तपुरकै मध्यपुर थिमी नगरपालिका वडा नम्बर ९ निकोसेरामा १९८५ सालमा भएको हो।हरिलाल १०२ वर्षका भए, केशरी ९६। उनीहरूका चार छोरा र तीन छोरीहरू छन्। तिनीहरूमध्ये तीन वटै छोरीहरूको निधन भइसकेको छ। हाल उनीहरू कान्छो छोरा लक्ष्मीप्रसादको परिवारसँग भक्तपुरको सूर्यविनायक पाण्डुबजारमा बसोबास गर्दछन्।

 

 

 

परिवारमा कान्छो छोरा लक्ष्मीप्रसाद, बुहारी नानीछोरी, दुई नातिहरू निरज र निकेशसहित उनीहरूका दुई श्रीमती गरेर आठ जना संख्याको परिवार थियो। तर, पछिल्ला वर्षहरूमा दुवै नाति विवाह गरेर विदेश पलायन भएका छन्।उनीहरू आफ्ना नातिहरूको मिठो माया पाएकोमा विदेसिनु पर्दा दुःख बिसाउँछन्। त्यही कारणले नै उनीहरूलाई देश राम्रो अवस्थामा नभएको अनुभव दिलाएको हो।हरिलाल र केशरीको परिवारमा सगोलमा रहेका कान्छो छोरा लक्ष्मीप्रसादले विगत एक दसक बढी सयमदेखि आमाबुबाहरू बाहिर निस्कन नसकेको जनाए। उनका अनुसार अहिले दुवै जना घरको कोठाभित्र सामान्य हिँडडुल गर्न सक्छन्।दुवै जना अहिले घरको कोठाबाहिर रहेको अट्याच ट्वाइलेट आफैं शौच गर्न जान सक्छन्। साथै घरको भर्‍याडका बार समात्दै दुवै जना कौसीसम्म अहिले पनि आफैं पुग्न सक्ने अवस्थामा रहेको कान्छो छोरा लक्ष्मीप्रसादले बताए।

 

 

अहिले उनीहरू दुवै जना सामान्य कुरा गर्न सक्ने अवस्थामै छन्। कान भने अलि कम सुन्ने अवस्थामा छन्।हाल बुबाले कुनै औषधी खान नपरेको तर आमा मुटुको रोगी भएकाले औषधी सेवन गर्न परिररहेको लक्ष्मीप्रसादले बताए। आफ्ना बुबा कहिल्यै तनाव नलिने र एउटा किसानको छोरो भएर युवा अवस्थामा कडा परिश्रममा रहनु नै दीर्घ जीवनको रहस्य भएको हुनसक्ने अनुमान उनले लगाए।बुबाले युवा अवस्थामा खाली खुट्टाले काभ्रेपलान्चोक जिल्लाको पनौतीदेखि (झण्डै २० किलामिटर) दुवैतिर १४-१४ पाथी मकै किनेर खर्पणमा बोकेर भक्तपुर ल्याउने गरेको बताउने उनले सम्झे।

 

 

 

पञ्च मु दवूका अध्यक्ष दुरुकाजी पञ्चले आफूहरूको पुर्ख्यौली बसोबास भक्तपुर नगरपालिका वडा नम्बर १ इटाछेंमा रहेको तर हाल परिवार बृद्धिसँगै भक्तपुरकै किवाचो गुण्डु, लिवाली, पाण्डुबजार, सल्लाघारीलगायतका ठाउँहरूमा नयाँ घर बनाएर बस्न पुगेको देखिएको जनाए। पञ्च थर भएकाहरूको मल्लकालमा थर मल्ल रहेको तर पृथ्वीनारायण शाहले भक्तपुर विजयी गरेपछि मल्लहरूलाई लखेटी-लखेटी मारेकाले मल्ल थर परिवर्तन गरी पञ्च थर राखेको कथन रहेको उनले सुनाए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९