राप्रपाको नेपालगंजमा बृहत मोटरसाइकल र्‍याली सम्पन्न

नेपालगंज । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिको संयोजक डा. धवल शम्शेर राणाले राजसंस्था र सनातन हिन्दु अधिराज्य स्थापनाको लक्ष्य प्राप्त नगरेसम्म जारी अभियान नरोकिने बताएका छन् ।

 

 

‘हामी सबैले प्रण गरौं, राजा सहितको प्रजातन्त्र र विश्वको एक मात्र हिन्दु राष्ट्रको रुपमा रहेको नेपाललाई सोही अवस्थामा नफर्काएसम्म हामी विश्राम लिने छैनौं,’ महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक राणाले राप्रपाले नेपालगंजमा आयोजना गरेको बृहत मोटरसाइकल र्‍यालीलाई सम्बोधन गर्दै सोमबार भने ।

 

 

‘विदेशीको पैसा र प्रभावमा नेपाललाई धर्म निरपेक्ष बनाइएको कुरा अब स्पष्ट भइसकेको छ । अमेरिकी राष्ट्रपतिबाट खुलासा भएको कुरा यस मानेमा सान्दर्भिक छ । अमेरिका र नेपाल दुबैतर्फ भ्रष्टाचार भएको कुरा राष्ट्रपति डोनाल्ड ट्रम्पबाट सार्वजनिक भइसकेको छ ।’

 

 

देश संकटमा परेको हुनाले देशलाई जोगाउन सबै राजसंस्थावादी, सनतान हिन्दु अधिराज्य पक्षधर, गणतन्त्र, संघीयता र भ्रष्टाचार विरोधी सबै एकजुट हुन महामन्त्री राणाले आह्वान गरे ।पूर्वराजा ज्ञानेन्द्रले जनतालाई साथ दिन आह्वान भइसकेको सन्दर्भमा राष्ट्र बचाउन सबै नेपाली जनता अघि बढ्नु पर्ने राणाको जोड थियो ।

 

 

कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले भने, ‘तपाईको छोराछोरी, नाति नातिनी, भावी सन्ततिको त कुरै छाडिदिनुुस्, देशकै भविष्य झन् झन् संकटमा पर्ने अवस्था स्पष्ट भइसक्यो । त्यसैले व्यक्ति विशेष र व्यक्तिगत विचारका लागि नभएर, देशको हित र आवश्यकताका लागि राजसंस्था अपरिहार्य बनेको हो ।’ उनले भने, ‘नेपालको हकमा हामीले जसरी राजसंस्था फ्याक्यौं, त्यसले निम्त्याएको भाँडभैलो वयान गरेर साध्य छैन । यसबारेमा तपाई हामी सबै जानकार छौं ।’

 

 

राप्रपाले फागुन महिनाभरी सातै प्रदेशका प्रमुख शहरहरुमा मोटरसाइकल र्‍याली र सार्वजनिक सभाहरु संचालन गर्ने र चैत महिना काठमाडौं केन्द्रीत आन्दोलन गर्ने कार्ययोजना तय गरेको छ ।राप्रपाका नेता दिपक सिंहले देश बर्बादीतर्फ उन्मुख हुनुमा कांग्रेस, एमाले, माओवादीका कार्यकर्ताको कुनै दोष छैन, दोष सबै ती पार्टीका नेताहरुको हो भने ।

 

 

राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही भने, गणतन्त्रको समयकालमा छिमेकी राष्ट्रहरुले विकासको फड्को मारेको देखिन्छ भने नेपाल पछौटेपनको शिकार भएको छ । रोजीरोटीका लागि नेपालीहरु विदेशिनु बाध्य छन्, त्यसैले यस किसीमको अवस्था परिवर्तन गर्न व्यवस्था बदल्नु आवश्यक भएको उनले बताए ।

 

 

 

राप्रपा नेपालका सहमहामन्त्री हिक्मत ढकालले देशमा राजसंस्था पूनःस्थापनाको विकल्प नभएको बताए । नेपाल शिव सेनाका अध्यक्ष किशोर लामाले जिल्ला जिल्लाबाट तयारी सुरु गरेर निर्णायक तहमा केन्द्र घेर्ने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९