लैङ्गिकमैत्री सहर निर्माणका लागि बजेट तथा कार्यक्रम बनाएका छौं- उपप्रमुख डंगोल

काठमाडौँ । ‘काठमाडौँ महानगरपालिकाले गठन तथा सञ्चालन गरेको ‘महिला सञ्जाल’ र विपन्नका लागि कानुन व्यवसायीबाट प्रदान गरिने ‘निःशुल्क सेवा’ महत्वपूर्ण काम हुन् ।लैङ्गिकमैत्री सहर निर्माणका लागि उत्तरदायी कानुन, नीति, कार्यक्रम र बजेट प्राथमिकतामा छन् ।’ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, धेरै महत्वपूर्ण तथा प्राथमिकतायुक्त कार्यक्रममा पनि महिला, बालबालिका र ज्येष्ठ नागरिकसँग सम्बन्धित कार्यक्रम विशेष प्राथमिकतामा राखिएको बताएकी छन् । महिला नेतृत्व विकासका विषयमा भेटघाटका लागि कार्यकक्षमा आउनुभएकी एशियन वुमेन लिडर्स फोरम (एडब्लुएलएफ) का संस्थापक अध्यक्ष एआइ सासाकीसँग कुरा गर्दै उनले, समतामूलक समाज निर्माण गर्ने, महिलाहरुको नेतृत्व विकास गर्ने कार्यक्रमको थालनी तल्लो तहमा रहेका महिलाहरुलाई लक्षित वर्गमा राखेर काम गर्ने गरिएको जानकारी दिईन ।

 

 

‘लैङ्गिक उत्तरदायी सहर निर्माण, लिङ्गका आधारमा हुने हिंसा न्यूनीकरण, उद्यमशीलताबाट महिलाहरुको आर्थिक सशक्तिकरण र नेतृत्व विकास, महिलाको हक स्थापित, समतामूलक समाज निर्माणका लागि महानगरपालिकाले स्थानीय कानुन तर्जुमा गरेको छ । कानुन कार्यान्वयन गर्न कार्यविधि जारी गरिएका छन् । वार्षिक बजेट, नीति र कार्यक्रममा यस क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । कार्यक्रम कार्यान्वयन गर्न वार्षिक बजेटको व्यवस्था गरिएको छ ।’ डंगोलले महानगरपालिकाबाट महिलाहरुले प्राप्त गर्ने सेवाका विषयमा जानकारी दिइन् ।

 

 

महिलाको नेतृत्वमा वडा महिला सञ्जालले काम गरिरहेको छ । यस्ता कामबाट उनीहरुको आर्थिक सशक्तिकरणसँगै व्यक्तित्व र नेतृत्व विकास भएको उनको भनाइ छ । छलफलमा अध्यक्ष सासाकीले, काठमाडौँले थालेका प्रयासहरु दक्षिण एशियाली मुलुकहरुका महिला नेतृत्व विकासका लागि प्रेरणादायी रहेको उल्लेख गरिन् । ‘फोरमबाट तालिम लिएकाबाट सन् २०३० सम्ममा १ हजार नेतृत्वमा पुर्याउने र उनीहरुलाई भेला गराएर दक्षिण एशियाली मुलुकस्तरीय समिट आयोजना गर्ने लक्ष्य छ ।’ यसका लागि यहाँको नेतृत्वबाट धेरैलाई प्रेरणा दिन सकिन्छ । यसका लागि हामीले आयोजना गर्ने कार्यक्रममा यहाँलाई बक्ताका रुपमा निमन्त्रणा गर्न चाहन्छौँ ।’ उनले विभिन्न देश र स्थानहरुमा आयोजना हुने कार्यक्रममा सहभागिताका लागि निमन्त्रणा गरिन । छलफलमा दक्षिण एशियाली मुलुकहरुमा महिलाहरुको नेतृत्व स्थान, आपसी सिकाइ, भोगाइ आदानप्रदान गर्ने अवसरलगायत विषय उठेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९