सुनिता र ब्यारीको पृथ्वी फिर्ती अझै अन्योलमा, नासाको मिसन फेरी रोकियो

काठमाडौँ । नौ महिनादेखि अन्तरिक्षमा अलपत्र परेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका सहकर्मी ब्यारी विल्मोरको पृथ्वी फिर्ती अझै ढिलाइ हुने भएको छ ।प्राविधिक गडबडी पछि नासा र स्पेसएक्सले आफ्नो मिसन स्थगित गरेपछि उनीहरु पृथ्वीमा फर्किने समय अझै अनिश्चित भएको हो । नासाको केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गर्ने तय भएको क्रू-१० मिसन फाल्कन ९ रकेटमा रहेको ग्राउन्ड सपोर्ट क्ल्याम्प आर्ममा हाइड्रोलिक प्रणालीको समस्याका कारण रद्द गरिएको नासाले जनाएको छ ।

 

 

नासाले अन्तरिक्ष यात्री एनी म्याक्लेन र निकोल आयर्स, जापानी अन्तरिक्ष एजेन्सीका अन्तरिक्ष यात्री ताकुया ओनिशी र रोस्कोसमोस अन्तरिक्ष यात्री किरिल पेस्कोभ स्पेसएक्सको ड्र्यागन क्रू क्याप्सुलबाट बाहिर निस्किएको जानकारी दिदै अर्को प्रक्षेपण मार्च १३ मा साँझ ७:२६ बजे पछि हुने जनाएको छ । नासाले यसको समीक्षा गरिरहेको जनाएको छ ।मार्च १३ मा क्रू-१० प्रक्षेपण पछि, अन्तरिक्ष यात्री निक हेग, सुनिता विलियम्स र बुच विल्मोरका साथै रूसी अन्तरिक्ष यात्री अलेक्जेन्डर गोर्बुनोभको क्रू-९ मिसन मार्च १७, सोमबार बिहान ९:०५ बजे इएसटी भन्दा पहिले अन्तरिक्ष स्टेशनबाट प्रस्थान गर्ने नासाले जनाएको छ ।क्रू-१० स्पेसएक्सको मानव अन्तरिक्ष यातायात प्रणालीको १०औं क्रू रोटेशन मिसन हो । यो नासाको कमर्सियल क्रू कार्यक्रम अन्तर्गत अन्तरिक्ष स्टेशनमा यसको ११औं क्रू उडान हो, जसमा डेमो-२ परीक्षण उडान पनि समावेश छ ।

 

 

सुनिता र ब्यारी कसरी रोकिए आइएसएसमा ?

सुनिता र ब्यारीजुन ५, २०२४ मा यस परीक्षण अभियानको लागि स्टारलाइनर अन्तरिक्ष यानमा उडान भरेका थिए । उनीहरु आठ दिन पछि फर्किने तालिका रहेको थियो । स्टारलाइनर अन्तरिक्ष यान आईएसएस नजिक पुग्दा, यसमा समस्या आयो र अन्तरिक्ष यानलाई मार्गदर्शन गर्ने यसका पाँच थ्रस्टरहरूले काम गर्न छोडे । त्यसमा भएको हेलियम पनि सकियो । यसका कारण, अन्तरिक्ष यान जल्ने इन्धनमा निर्भर हुनुपर्‍यो र दुवै अन्तरिक्ष यात्रीहरूको फिर्ती ढिलाइ भयो ।

 

 

६१ वर्षीया विल्मोर र ५८ वर्षीया सुनितालाई बोइङ स्टारलाइनर अन्तरिक्षयानद्वारा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा लगिएको थियो । यो मानिसहरू सवार भएको आफ्नो किसिमको पहिलो उडान थियो । यो नियमित प्रयोगमा ल्याउनु अघि नयाँ अन्तरिक्षयानले कस्तो प्रदर्शन गर्छ भनेर हेर्नको लागि गरिएको परीक्षण थियो । तर, यो अगाडि बढ्दै जाँदा, केही समस्याहरू उत्पन्न हुन थाले । यसको प्रोपल्सन प्रणालीमा चुहावट भयो र केही थ्रस्टरहरू पनि बन्द हुन थाले ।

 

सुनिता विलियम्स नौ महिनाभन्दा बढी समयदेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा छिन् । योसँगै उनी अन्तरिक्षमा सबैभन्दा लामो समयसम्म निरन्तर बस्ने पहिलो महिला बनेकी छिन् । यद्यपि, यो सुनिताको पहिलो रेकर्ड होइन । उनले २२ घण्टा २७ मिनेट अन्तरिक्षमा हिँडेर सबैभन्दा लामो अन्तरिक्ष पैदल यात्रा गर्ने महिलाको रेकर्ड पनि कायम गरेकी छन् ।

 

 

यसअघि यो रेकर्ड अन्तरिक्ष यात्री क्याथरिन थोरन्टनको नाममा थियो । उनले २१ घण्टाभन्दा बढी अन्तरिक्ष पैदल यात्राको रेकर्ड राखेकी थिइन् । यो सुनिता विलियम्सको तेस्रो अन्तरिक्ष यात्रा हो । तीनवटै यात्राहरू सहित, उनले अहिलेसम्म नौ पटक स्पेसवाक गरिसकेकी छिन् । यस अवधिमा उनले ६२ घण्टा ६ मिनेट अन्तरिक्षमा स्पेसवाक गरेकी छन् ।सुनिता विलियम्स एक अवकाशप्राप्त नौसेना हेलिकप्टर पाइलट हुन् भने विल्मोर एक पूर्व लडाकु जेट पाइलट हुन् । उनी यसअघि पनि दुई पटक अन्तरिक्ष यात्रा गरिसकेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९