उद्योग मन्त्री भण्डारीसँग मोल्डोभाका परराष्ट्र मन्त्री पपसोईको शिष्टाचार भेटवार्ता

काठ्माडाैं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री दामोदर भण्डारीसँग गणतन्त्र मोल्डोभाका उपप्रधान तथा परराष्ट्र मन्त्री मिहेल पपसोईले शिष्टाचार भेटघाट गरेका छन् । भेटका क्रममा मन्त्री भण्डारीले सन् १९९३ मा कूटनीतिक सम्बन्ध स्थापित भए देखिनै नेपाल र मोल्डोभाबीच मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गरेका थिए ।

 

 

कूटनीतिक सम्बन्ध स्थापनाको ३२ वर्षमा गणतन्त्र मोल्डोभाका उपप्रधानमन्त्रीको भ्रमण पहिलो आधिकारिक भ्रमण रहेको हुँदा उक्त भेटघाट कूटनीतिक सम्बन्धको दृष्टिकोणबाट महत्त्वपूर्ण उपलब्धी मात्र नभई आपसी सहकार्य र आर्थिक बृद्धिको नयाँ सम्भावनाहरू अन्वेषण गर्ने अवसर पनि रहेकोमा खुशी व्यक्त गरे ।

 

 

आजको भेटघाट द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउनको लागि गरिएको साझा प्रतिबद्धताको प्रतिबिम्ब रहेको उनले बताए । मन्त्री भण्डारीले आगामी दिनहरुमा यस्ता उच्चस्तरीय भेटघाटमार्फत सम्बन्ध विस्तार गर्नुपर्ने र आपसी  भेटघाट र साझेदारीमार्फत दुई देशबीचको सम्बन्धले थप उचाई लिने विश्वास व्यक्त गरेका छन् ।

 

 

दुई देशबीचको निरन्तर संवाद र सहकार्यका माध्यमबाट नयाँ सम्भावनाहरू पहिचान गर्न सकिने र दुवै देशका नागरिकलाई प्रत्यक्ष लाभ पु¥याउने विषय उल्लेख गरेका थिए।मन्त्री भण्डारीले हाल नेपाल–मोल्डोभा व्यापार कारोबार सीमित रहेको हुँदा यसलाई विस्तार गर्नुपर्नेमा जोड दिँदै व्यापार तथा लगानीलाई प्रवर्धन गर्ने उद्देश्य अनुरुप व्यवसाय अनुकूल वातावरण निर्माण, व्यापार सञ्चालनको सहजता वृद्धि र महामारी पछिको आर्थिक पुनरुत्थानलाई सुनिश्चत गर्ने प्रतिबद्धताका साथ नेपाल अघि बढिरहेका विषय उल्लेख गरे ।

 

 

 

साथै, दुई देशबीच सहकार्य गर्न सकिने क्षेत्रहरुमा कृषि, उद्योग, पर्यटन, नवीकरणीय ऊर्जा, सूचना प्रविधि, शिक्षाका क्षेत्रमा विद्यार्थी आदान प्रदान कार्यक्रम रहेको बताए । त्यसैगरी, नेपालले कृषि उत्पादन, हस्तकला सामाग्री तथा तयारी पोषाक जस्ता उच्च गुणस्तरीय उत्पादनहरू निर्यात गर्ने अवसर खोजिरहेको सन्दर्भमा मोल्डोभासँग सहकार्य गर्ने सम्भावनाबारे चर्चा गर्दै यी क्षेत्रमा मोल्डोभाको लगानीलाई स्वागत गर्न ईच्छुक रहेको समेत बताए ।

 

 

छलफलको क्रममा गणतन्त्र मोल्डोभाका उपप्रधानमन्त्री पपोसोइले नेपाल र मोल्डोभाबीच धेरै आयाममा समानता रहेको र जलवायु परिवर्तन, कृषि औद्योगिकीकरण र यान्त्रीकरण, शैक्षिक र सांस्कृतिक आदान–प्रदान जस्ता क्षेत्रमा साझेदारीको सम्भावना रहेको बताएका छन् ।

 

 

साथै, नेपाली नागरिकहरुलाई मोल्डोभामा रोजगारीको सम्भावना रहेको चर्चा गर्दै यसमा थप साझेदारीको पहल गर्न सकिने विचार व्यक्त गरे । मन्त्री भण्डारीले दुई देशबीच निर्यात सम्भावना भएका क्षेत्रको प्रवद्र्धन र साझेदारीको विषयमा गणतन्त्र मोल्डोभाका उपप्रधानमन्त्री पपसोइको सकारात्मक प्रतिक्रियालाई प्रशंसा गर्दै आगामी दिनमा दुई देशका सम्बन्धित मन्त्रालयहरुको सहकार्य र सम्बन्ध विस्तारलाई थप प्रगाढ बनाउनु पर्ने विषयमा जोड दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९