श्रमिकको हक हितका लागि नेपाल सरकार प्रतिबद्द छ: श्रम मन्त्री

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक तथा वैदेशिक रोजगारमा रहेका श्रमिकको हक र अधिकारको सुनिश्चिताका लागि नेपाल सरकार कटिवद्ध रहेको बताएका छन । १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मन्त्री भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी नेपालीहरुमा शुभकामना सन्देश जारी गर्दै मुलुकको दीर्घकालीन समृद्धि र सामाजिक प्रगतिमा श्रमिकको अमूल्य भूमिका भूमिका रहदै आएको भन्दै कृतज्ञता व्यक्त गरेका छन ।

मन्त्री भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि श्रमिकहरुको हक र अधिकारको सुनिश्चितता गर्दै नयाँ र परिष्कृत तवरले जुट्नु पर्ने हामी सबैको सामुहिक अभिभारा रहको उल्लेख गरेका छन । आगामी दश वर्ष भित्र वैदेशिक रोजगारीमा जानुपर्ने वाध्यकारी अवस्थालाई अन्त्य गर्ने उद्धेश्य सहित घोषणा भएको आन्तरिक रोजगार प्रवद्र्धन दशकको कार्ययोजना अन्तिम चरणमा पुगेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

उनले भनेका छन, ‘यसै क्रममा श्रम ऐन, वैदेशिक रोजगार ऐन लगायत श्रम संग सम्वन्धित कानून तथा नीतिहरु सुधारको कार्य अघि बढिसकेको छ । सबै तहका सरकार तथा सरोकारवालासंगको सहकार्यमा श्रम बजारको प्रवद्र्धन र विकासका लागि चरणवद्ध एवं प्रभावकारी तवरले कार्य गर्नेगरी अभियान सञ्चालन गर्ने चरणमा हामी पुगेका छौं। । नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्न श्रम संसार पोर्टल तथा मोबाइल एप्लिकेसन यही श्रमीक दिवस देखि सबै स्थानीय तह र श्रमिक बीच पुग्ने अपेक्षा सहित आफ्नो स्थानीय तहबाटै सबै प्रकारका श्रम तथा रोजगार सेवा र सुविधा प्रदान गर्नका लागि अभियान नै सञ्चालन गर्ने छौं ।’

 

मन्त्री भण्डारीले वैदेशिक रोजगारीबाट फर्किएकाहरुको सीप, पूजी र जाँगरको उचित उपयोग गर्दे ‘स्कील्ड नेपाल र सीपयुक्त नेपाली’ को अवधारणामा आगामी दिनमा डिजिटल ट्रयाप, डेथ ट्रयाप र डेट ट्रयाप बाट बाहिर निकाल्न लागि मन्त्रालय कटिबध्द रहेको उल्लेख गरेका छन । उनले २०२५ को अन्तर्राष्ट्रिय श्रम दिवसमा सबै श्रमजीवी तथा रोजगारदाताहरु एकजुट भई श्रमिक अधिकारको संरक्षण, सामाजिक न्याय र समावेशी समृद्धिको दिशामा अघि बढ्न आव्हान गरेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९