अधिकार मागेर होइन, सङ्गठित भएर रणनीतिगत पहलमार्फत पाइन्छः अध्यक्ष चम्लागाईं

काठमाडौं। राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले आइतबार १७औं स्थापना दिवस मनाएको छ ।नेपाली कांग्रेस निकटको संघले अपाङ्गता भएकाहरुको हक हितका लागि लड्नकै लागि यो संघ गठन गरेको जनाएको छ । संघका अध्यक्ष माधवप्रसाद चम्लागाईंले शुभकामना सन्देश दिँदै अधिकार मागेर नभइ सङ्गठित भएर, अडानका साथ, रणनीतिगत पहलमार्फत प्राप्त गर्न सकिने बताएका छन् । यसमा आफूहरु हामी पूर्ण सचेत रहेकोसमेत उनले उल्लेख गरेका छन् । सबै अपाङ्गता भएकाहरूलाई लोकतान्त्रिक मूल्य र परिवर्तनको यात्रामा गोलबद्ध भएर अघि बढ्न हार्दिक आह्वान गर्दै चम्लागाईंले पवित्र आन्दोलनमा साथ, सहभागिता र विश्वास नै प्रेरणा रहेकोसमेत बताएका छन् ।

 

 

उनले आजको दिनलाई केवल संघको स्थापनाको स्मरण मात्र नभइ अपाङ्गता भएका व्यक्तिहरूको संघर्ष, साहस र संकल्पको उत्सव पनि भएको बताए । सन्देशमा उनले लेखेका छन्, ‘२०६२/०६३ को ऐतिहासिक जनआन्दोलन, जसले मुलुकलाई लोकतन्त्रको नयाँ यात्रामा डोर्‍यायो, त्यस आन्दोलनमा अपाङ्गता भएका व्यक्तिहरूको भूमिका अविस्मरणीय रह्यो। आन्दोलनका अग्रमोर्चामा ह्वीलचेयर तथा विभिन्न सहायक सामग्रीको भरमा लडेका ती दिनहरू हाम्रो संस्था स्थापनाको आत्मा थिए। परिवर्तनको त्यो यात्रामा हामी केवल सहभागी मात्र होइनौं, परिवर्तनका प्रेरक थियौं।’

 

 

चम्लागाईं अगाडि सन्देशमा भन्छन्, ‘संविधान, ऐन र नीतिहरूमा समावेश गरिएका अधिकारहरू व्यवहारमा लागू नभएसम्म समता र न्यायको अनुभूति अधुरो रहन्छ। त्यसैले अबको यात्रामा अपाङ्गता भएका व्यक्तिलाई राजनीतिक अधिकार सुनिश्चित गर्न संविधानमा संशोधन गरी स्थानीयदेखि संघसम्म राज्यका हरेक तहमा अनिवार्य प्रतिनिधित्वको सुनिश्चितता गरिनुपर्छ भन्ने हाम्रो दृढ धारणा हो। यसका लागि हामी राजनीतिक नेतृत्वलाई लगातार झकझकाउने, आवश्यक पहल र संवादमार्फत सहकार्यका ढोका खोल्नेछौँ, र परिवर्तनको आवाज बुलन्द बनाउनेछौँ।’

 

 

अबको योजनाबारे उनी लेख्छन्, ‘गम्भीर श्रेणीका अपाङ्गता भएका व्यक्तिहरूका लागि व्यक्तिगत सहयोगी (Personal Assistant) सेवा तत्काल शुरु गर्नुपर्नेछ। गरिमा, आत्मनिर्भरता र जीवनको गुणस्तर सुधार गर्न यो सेवा अत्यावश्यक बनिसकेको छ, र यसतर्फ सरकार गम्भीर रुपमा उन्मुख हुनुपर्छ। नेपालले अनुमोदन गरेका अपाङ्गता सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिहरू, विशेषतः संयुक्त राष्ट्रसंघीय अपाङ्गता अधिकार महासन्धि (CRPD) लगायतका विविध प्रतिबद्धता र घोषणाहरूको प्रभावकारी कार्यान्वयनमा सरकार जिम्मेवार बन्नुपर्छ। ती प्रतिबद्धता कागजमा सीमित नरही व्यवहारमा लागू हुनुपर्छ, जसका लागि हाम्रो संघ निरन्तर आवाज उठाइरहनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९