सूर्यविनायकको अधिकृतमा उपसचिव आचार्यलाई पठाउन मन्त्रालयको दवाव

भक्तपुर। बजेट निमार्णको मुख्य समयमनै प्रमुख प्रशासकीय अधिकृतको हेरफेर हुदाँ स्थानिय तहका निति निमार्णमा समस्या भएको छ । संघीय मामिला तथा सामान्य प्रशासनले पछिल्लो पटक बाराको निजगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत परिवतन गर्दा हाल दुई नगरपालिकामा यसको प्रत्यक्ष असर देखिएको छ ।

 

यसको पछिल्लो उदाहरण हो,  मन्त्रालयले बाराको निजगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको सरुवामा मन्त्रालयले गरेको लापरवाहीका कारण नगरपालिकाको कार्यसम्पादन समेत भद्रगोल भएको थियो ।नयाँ हाकिम पाएको पालिकाले तिव्र रुपमा कार्य अघि बढाउने योजना बनाएतापनि प्रक्रियाका निम्ती मात्र निजगढमा हाजिर भएका कारण नगरपालिकाको करिब दुई महिनाको समय बर्बाद भयो ।

 

२०८१ फागुन २१ गते निजगढ नगरपालिकामा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत उपसचिव युवराज आचार्यले मन्त्रालयका केही कर्मचारीसँगको मिलाेमतोमा हाजिर भएको १२ दिनमा नै उनको सरुवा सूर्यविनायकमा गराए । मन्त्रालयका एक कर्मचारीका अनुसार उपसचिव आचार्यले केही कर्मचारीसग अनुचित लेनदेन गरी प्रक्रियाका निम्ती मात्र निजगढ नगरपालिकामा गएको जानकारी दिए । उनका अनुसार मन्त्रालयले उपत्यका भित्र रहेका पालिकामा कार्यगर्नका निम्ती एक पटक उपत्यका बाहिरको पालिकामा कार्य गर्नुपर्ने प्रक्रियाका निम्तीमात्र आचार्यको निजगढमा सरुवा गरिएको थियो ।

 

उता उनी सरुवा भई गएका सुर्यबिनायक नगरपालिकामा अहिले नया बजेट बनाउने र पुराने बजेटका कार्यहरुको अनुगमन तथा भुक्तानीको अन्तिम तयारीमा भएको बेलामा हाल सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराउने नगरपालिकाले जनाएको छ ।

 

नगरपालिकाको अनुसार अधिकृत आर्चाय पालिकामा आएपनि लामो समय बसेर कार्य गर्ने बिश्वास नगरपालिकाको नरहेको र अनुचित लेनदेन गरी सरुवा भई आएका कर्मचारीले नगरपालिकाको अर्थमा नजर भएको कारण आर्थिक दुरुपयोग गर्न आएको हुनसक्ने जानकारी दिएको छ ।

 

तर उपसचिव आर्चाय हाल कार्यरत रहेको प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेललाई जसरी भएपनि हटाएर आफु त्यहाँको प्रमुख प्रशासकीय अधिकृत बन्ने तयारीमा छन । त्यसका निम्ती उनले पटक पटक मन्त्रालयबाट उनलाई पत्र पठाउन लगाउने देखी सचिव, सह–सचिव, शाखा अधिकृत लगाएतबाट फोन गराउने कार्यमा सक्रिय छन ।मन्त्रालयकाका अर्का कर्मचारीका अनुसार आर्चायको सरुवा भएको ४० दिन भयो उहाँ दैनिक जस्तै मन्त्रलय आउनुहुन्छ र त्यहाँ भएको अधिकृतलाई जसरी भएपनि रवना लिन दवाव दिन लगाउने कार्यमा व्यस्त भएको पाईन्छ । यसरी जवरजस्ती नगरपालिका गएर कार्यगर्दा पछि समस्या आउने गरेको पाईएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९