जलवायु परिवर्तन, हाम्रो समयको सबैभन्दा ठूलो चुनौतीः प्रधानमन्त्री (सम्बाेधनकाे सारंशसहित)

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरिएको बताएका छन् ।नेपाल सरकारद्वारा पहिलो पटक आयोजित सगरमाथा संवादको उद्घाटनसत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यही गहिरो अन्तरनिर्भर यथार्थभित्र—इमानदार संवाद र आपसी ज्ञान साटासाट गर्न तथा  सामूहिक कदम चाल्न सर्वोच्च शिखर सगरमाथाको नामबाट संवादको जन्म भएको स्पष्ट गरेका छन ।

 

“आशा गछौँ, यो संवाद—त्यत्तिकै उच्च बनोस् । उच्च नैतिक स्पष्टता, दृढ बौद्धिक साहस र सुन्दर भविष्य निर्माणका लागि अटल साझा दृष्टिकोणमा उच्च बनोस्”, प्रधानमन्त्री ओलीले भने, “ हाम्रा घरबासहरु पहिरोहरूले बगाइरहेका छन् । बाढी र खडेरी अकस्मात आउँछन् तर अझै, हामी डटिरहेका छौँ । हाम्रा उत्सर्जनहरू न्यून छ तर वातावरण संरक्षणमा हाम्रा योगदानहरू महत्वपूर्ण छन् ।”
सगरमाथा संवादको उद्घाटन सत्रमा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीद्वारा प्रस्तुत उद्घाटन मन्तव्यकाे प्रमुख बुदाँहरूः
माननीय मन्त्रीज्यूहरू,
विशिष्ट अतिथिज्यूहरू,
महामहिमज्यूहरू,
प्रतिनिधिहरू, महिला तथा सज्जनबृन्द,
शुभप्रभात तथा नमस्ते ।

 

सगरमाथा संवादको यस पहिलो संस्करणमा यहाँहरुलाई स्वागत गर्न पाउनु  मेरा निम्ति गहिरो सम्मान र हार्दिक अबसर दुवै हो।

नेपालको विश्वसँगको यो संवाद–पहलकदमी—गहन विचार विमर्शको लागि प्लेटफर्म,
सिद्धान्तनिष्ठ सहभागिताको लागि अवसर,
र, हाम्रो समयका अत्यन्त गम्भीर चुनौतीहरूलाई सम्बोधन गर्ने साझा प्रयास हो ।
आज, ुलोकल र ग्लोबलु छुट्याउने सीमाहरू लगभग हराइसकेका छन्।
संसारको कुनै एक कुनामा घटेको घटना, तत्कालै सबैतिर फैलिन्छ ।
एउटा भूभागमा सल्किएको डँढेलोले अर्को भूभागको आकाश अन्धकारमय बनाउँछ।
टाढाका हिमनदीहरू पग्लँदा वर्षाको चक्र विथोलिन्छ, खेतबारी बाढीले डुबाउँछ, र फाँटहरू सुख्खा र बाँझो बन्न पुग्छन्।
केही थोरैले गरेको निर्णयले धेरैको भाग्य बदल्न सक्छ।
यही गहिरो अन्तरनिर्भर यथार्थभित्र—
इमानदार संवादको लागि स्थान,
आपसी ज्ञान साटासाट गर्न,
र सामूहिक कदम चाल्न,
— सगरमाथा संवादको जन्म भएको हो।
हामीले यसलाई सगरमाथाको नाममा समर्पण गरेका छौं— सगरमाथा, पृथ्वीको सर्वोच्च शिखर१
र आशा गर्छौं— यो संवाद — हाम्रो संवाद— त्यत्तिकै उच्च बनोस्।
उच्च नैतिक स्पष्टतामा,
दृढ बौद्धिक साहसमा,
र सुन्दर भविष्य निर्माणका लागि अटल साझा दृष्टिकोणमा ।

 

 

महिला तथा सज्जनबृन्द,
आज हाम्रो विश्व अग्ला, बहुपक्षीय चुनौतीका पहाड सामु खडा छ।
चुनौतीहरू विशाल छन्— र तीव्र रूपमा नजिकिंदै छन्।
महामारीपछिको पुनःस्थापना अझै नाजुक छ।
जलवायु सङ्कट झन् तीव्र बन्दैछ।
संसारका थुप्रै ठाउँहरूमा शान्ति र सौहार्दता झनै टाढिँदै गएको अनुभूति हुन्छ।
वैश्विक शासनप्रणालीप्रति विश्वास क्रमशः घट्दै गएको छ।
असमानता— देशभित्र र देशहरुका बीचमा—  गहिरिँदो छ।
एक समय पथप्रदर्शक बनेको बहुपक्षीयता, अहिले डरलाग्दो अन्यौलको आँधीमा रूमलिएको छ।
र अझै—
यस्तो अन्यौलका बीच हामी, सरल तर शक्तिशाली विश्वासमा अडिग छौंः
संवादको शक्ति ।
महिला तथा सज्जनबृन्द,
नेपाल भूगोलको टुक्रा मात्रै होइन ।
यो पवित्र भूमि हो—जहाँ प्रत्येक चट्टान र झरनाबाट बौद्धिकता प्रस्फुटित हुन्छ।
यहीँ, चेतना जागृत भएको थियो।
यो बुद्धको भूमि हो ।
यसै माटोबाट एउटा यस्तो प्रकाश उदायो—जसले मानवतालाई शान्ति, करुणा, र समन्वयको बाटो देखायो।
यो त्यही भूमि हो—जहाँ सन्तहरूले ध्यान गरे।
साधकहरुले सत्य फेला पारे।
र जहाँ ऋषिहरुले मानव आत्मालाई अझै पनि प्रेरित गर्ने ज्ञानको अमूल्य भण्डार सारा संसारलाई अर्पण गरे।
नेपाल सदा—खोजकर्ताहरूको थलो रहँदै आएको छ।
विजेताहरूको होइन—चिन्तकहरूको,
युद्धको होइन—संवादको ।
हाम्रो परम्परा, आदरपूर्वक— आत्मबोध गर्ने सँस्कृतिमा अडेको छ।
सच्चा मनले— बोल्नेमा,
र सँगसँगै— सत्य खोज्नेमा ।
सगरमाथा संवाद त्यही भावनामा जन्मिएको हो।
हाम्रो प्राचीन परम्पराको एउटा सौम्य पुनरागमन ।
यस्तो ‘स्पेश’ जहाँ प्रज्ञा नतमस्तक हुन्छ— विनम्रताका साथ ।
जहाँ विविध स्वरहरू एकसाथ गुञ्जिन्छन्— श्रद्धाका साथ ।
र जहाँ जवाफ खोजिन्छन्— अहम् बाट होइन, सहअनुभूतिका साथ ।
हामीलाई एउटा प्राचीन सत्यले सम्झाउँछः  ‘वादे वादे जायते तत्त्वबोधः
—अर्थात् संवादबाटै सत्य ।
चर्को विभाजनको घडीमा पनि—
न मौनताले काम गर्छ, न त कर्कस आवाजले।
सत्य संवादले काम गर्छ।
सुन्नेर गुन्ने क्षमताले— अन्तर्मनको वचनले ।
सगरमाथा संवाद—
यस पवित्र परम्परालाई जीवन्त राख्ने हाम्रो विनम्र प्रयास हो ।
हाम्रो पहिलो थेमले, हाम्रो मनको कुरा भन्छस्

 

जलवायु परिवर्तन, हिमालहरू, र मानवताको भविष्य ।ू
हिमाली मुलुक हुनुको नाताले, हाम्रा लागि यो थाहा नभएको विषय होइन—
यो त हाम्रो दैनिक यथार्थ हो,
तर, केवल हाम्रो मात्र होइन—
विश्वकै साझा चिन्ताको विषय हो।
के मानवता हाम्रा हिमाल बिना जोगिन सक्छरु
के हाम्रो भविष्य हाम्रा यी प्राचीन ुसंरक्षकुहरूका संरक्षणबिना बचाउन सकिन्छरु
हिमालहरू टाढाका लाग्न सक्छन्—
तर तिनीहरूको जीवन्तताले आधा संसारलाई बचाएको छ।
आर्कटिकदेखि एन्डीजसम्म,आल्प्सदेखि हिमालयसम्म—
तिनीहरू पृथ्वीका जल(भण्डार हुन् ।
तिनीहरू हाम्रो जलवायुका धुकधुकी हुन्।
र, तिनीहरू अहिले भयङ्कर संकटमा छन्।
तिनीहरूको नाजुकता— हाम्रो साझा असुरक्षित अवस्था हो।
संसारकै सर्वोच्च शिखर, सगरमाथाको काखबाट,
हामी स्पष्ट र दृढताका साथ—सन्देश दिन्छौंस्
–   हिमाल जोगाउनु भनेको पृथ्वी जोगाउनु हो।
–    हिमाल जोगाउनु भनेको महासागरहरू जोगाउनु हो।
–    हिमाल जोगाउनु भनेको स्वयं मानवता जोगाउनु हो।
यो संवाद केवल संवाद मात्र हुन नजाओस्, एक संकल्प होस् ।
सुनिने एउटा संकल्प,
कार्यमा उत्रने,
र हातेमालो गर्दै— भद्र, बौद्धिक, र करुणामय संसारतर्फ अघि बढ्ने संकल्प ।
महिला तथा सज्जनबृन्द,
जलवायु परिवर्तन अब सुदूरको खतरा रहेन।
यो हाम्रो समयको सबैभन्दा ठूलो चुनौती हो।
यसले सबै थोकलाई लपेट्छ— हाम्रो पृथ्वी, हाम्रा जनता, र हाम्रो साझा समृद्धि ।
कुनै पनि राष्ट्र यसबाट अछुतो छैन।
कुनै पनि समाज पूर्ण सुरक्षित छैन।
तर सबैभन्दा बढी असर तिनीहरूमाथि परेको छ, जो यसको लागि सबैभन्दा कम जिम्मेवार छन् ।
ती गरिबहरू,
ती अत्यन्त असुरक्षितहरू,
ती हिमाली र कम विकसित राष्ट्रहरू ।
नेपाल पनि तीमध्ये एक हो ।
यो संकट ल्याउनमा हाम्रो खासै भूमिका छैन ।
तर यसको सबैभन्दा कठोर परिणाम हामीले नै भोगिरहेका छौं।
हिमनदीहरू पग्लिरहेका छन्।
वर्षा अनिश्चित बन्दै गइरहेको छ।
पहिरोहरूले घर(बास बगाइरहेका छन्।
बाढी र खडेरी अकस्मात आउँछन् ।
तर अझै, हामी डटिरहेका छौं।
हाम्रा उत्सर्जनहरू न्यून छन्—लगभग नगण्य।
तर वाताबरण संरक्षणमा हाम्रा योगदानहरू महत्त्वपूर्ण छन्।
हाम्रा हिमालय— पूरै क्षेत्रलाई चिस्याउने प्रकृतिको आफ्नै जलवायु सन्तुलिका हुन्।
हाम्रा जंगल— जसले हाम्रो आधा भू(भाग ढाकेका छन्— कार्बन सोस्छन्, आशाको सास फेर्छन्।
हाम्रा नदीनाला हिउँले ढाकिएका शिखरहरूबाट बग्छन्— लाखौंको प्यास मेटाउछन्।
हाम्रा संरक्षित क्षेत्रहरू प्रकृतिका पवित्र मन्दिर हुन् — धरतीको समृद्ध जैविक विविधतालाई सँ संहाल्छन्।
नेपालले सन् २०४५ सम्ममा खुद(शून्य उत्सर्जनको प्रतिबद्धता जनाएको छ।
विश्वव्यापी लक्ष्यभन्दा पाँच वर्ष पहिले।
हामी अनुकूलित योजनाहरू अघि बढाइरहेका छौं।
हामी हाम्रो अर्थतन्त्रलाई हरिततर्फ मोड्दैछौं।
हामी दीगोपनलाई हाम्रो राष्ट्रिय दृष्टिकोणमा जोड्दैछौं।
तर हामी यी काम एक्लै गर्न सक्दैनौं।
कुनै देशले पनि एक्लै गर्न सक्दैन।
जलवायु परिवर्तन एक वैश्विक आपत् हो।
यसको समाधान पनि वैश्विक हुनुपर्छ।
एक यस्तो उपाय— न्यायमा आधारित।
उत्तरदायित्वमा आधारित।
ऐक्यवद्धताबाट उत्प्रेरित ।
जलवायु न्यायले हाम्रो मार्गदर्शन गर्नुपर्छ।
जसले सबैभन्दा बढी प्रदूषण गर्छन्—उनीहरूले नै सबैभन्दा बढी योगदान दिनुपर्छ।
उनीहरूले संवेदनशील राष्ट्रहरूलाई सहयोग गर्नुपर्छ— वित्तमार्फत, प्रविधिमार्फत, क्षमता अभिबृद्धिमार्फत् ।
र, हामी हिमाललाई नबिर्सौं।
विश्वका वार्ताहरूमा तिनीहरू प्रायस् जसो उपेक्षित हुन्छन्।
तर तिनैले जलवायु सन्तुलन कायम राख्छन्।
तिनैले पानीको भण्डारण गर्छन्।
तिनैले जमिनलाई पुनःसिञ्चित गर्छन्।
तिनैले जीवनको रक्षा गर्छन् ।
जब हिमाल पग्लिन्छन् — उपत्यकाहरू पीडित हुन्छन्।
नदीहरू सुक्छन्।
बालीहरू नष्ट हुन्छन्।
सागरहरू उर्लन्छन्।
जीवन विखण्डित हुन्छ।
हिमालय—हाम्रो तेस्रो ध्रुव—विश्व औसतभन्दा छिटो तात्दैछ ।
हिमनदीहरू हराउँदैछन्।
हिमतालहरू फैलिंदैछन्।
तटीय क्षेत्रका करोडौं मानिसहरू—जोखिममा छन्।
हामीलाई साहसी, एकीकृत दृष्टिकोण चाहिएको छ।
ूहिमालदेखि महासागरसम्मू को सोच।
हिमालहरू उपयुक्त सम्मानका हकदार हुन्— हामीले ध्यान दिनुपर्छ
विशेष वित्तीय सहयोगसहित।
तदनुकूलका नीतिहरू सहित।
हामीले स्वच्छ ऊर्जामा लगानी गर्नुपर्छ।
जलवायु(उत्थानशील बालीहरू बढाउनु पर्छ।
महिला र युवालाई अगाडि ल्याउनु पर्छ।
र विस्थापितहरूलाई सुरक्षा दिनुपर्छ।
आउनुस् जोखिम मूल्याङ्कन बलियो बनाऔं ।
पूर्व सूचना प्रणाली निर्माण गरौं।
डाटा साझेदारी गरौं।
सीमापार सहकार्य मजबुत पारौं।
र सबैभन्दा महत्वपूर्ण—हाम्रो प्राचीन ज्ञानलाई आधुनिक नवप्रवर्तनसँग आवद्ध गरौं।
यसरी नै हो—दीगो उत्थानशीलता बढाउने ।
यसरी नै हो—पृथ्वीको सम्मान गर्ने ।
र यसरी नै हो—हाम्रो साझा भविष्य जोगाउने ।
महिला तथा सज्जनबृन्द,
हिमालहरूले हामीलाई प्रेरणा दिन्छन्—
अलग रहने भनेर होइन,
अझै माथि उठ्न सकिन्छ भनेर हो।
तिनीहरूले दृष्टिकोण दिन्छन्।
तिनीहरूले हामीलाई आफूभन्दा बाहिर पनि सोच्न सिकाउँछन्।
त्यही भावना अनुरूप, हाम्रो संवाद पनि उचाइमा पुग्नुपर्छ—
सङ्कीर्ण स्वार्थहरूभन्दा माथि।
साझा उच्च उद्देश्यतर्फ।
आउनुहोस्, हामी हातेमालो गरौं।
साहस र संवेदनाका साथ अगाडि बढौं।
न्यायपूर्ण भविष्यका लागि।
दीगो पृथ्वीका लागि।
हामीलाई चाहिन्छ—नवीन संकल्प।
साहसी विचार।
नयाँ लगानी,
र, क्षेत्रीय र विश्वव्यापी स्तरमा गहन सहकार्य ।
हरित, उत्थानशील र दीगो भविष्य—रोजाइ मात्र होइन।
अघि बढ्ने एकमात्र बाटो हो।
सगरमाथा संवाद हाम्रो विनम्र अर्पण हो—
सुन्ने—गुन्ने, बोल्ने, र बुझ्ने वैश्विक मञ्च।
विश्वास निर्माण गर्ने एक साझा थलो।
सोचको यस्तो संसार जहाँ प्रकृतिसँगको सामञ्जस्यता—
र मानिसहरूबीचको समानता—
दूरको सपना होइन, जीवित यथार्थ बनोस्।
आउनुहोस्, हामी आरोहण गरौं—
उत्थानशीलताको चुचुरोतिर
न्यायको शिखरतिर
र साझा आशामा निर्माण भएको भविष्यतिर।
हामी तपाईंहरूको विद्धताको अपेक्षा गर्छौं।
यस संवादभरि, तपाईंहरूका आवाजको— तपाईंहरूको दृष्टिकोणको ।
नेपालमा तपाईंहरूको समय आनन्ददायक र प्रेरणादायी रहोस्—
यस सगरमाथाको भूमिमा।
यस बुद्धको भूमिमा।
धन्यवाद !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बुवाको सम्झनामा धार्मिक तथा सामाजिक उदाहरण: रानीकुण्डाको क्रियापुल्ती धारामा वर–पिपल रोपेर विजय शाहद्वारा पुण्य कार्य

कैलाली। मानिसको जीवन समाप्त भए पनि उसको सत्कर्म र सम्झनाहरू समाजमा जीवित रहिरहन्छन् भन्ने सन्देशलाई आत्मसात् गर्दै कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डाका स्थानीय विजय शाहले आफ्ना स्वर्गीय बुवा डबले शाहको पवित्र सम्झनामा धार्मिक तथा सामाजिक महत्व बोकेको वर र पिपलको बिरुवा रोपेका छन्। पारिगडास्थित क्रियापुल्ती...

सङ्घीयताको विकल्प अन्य हुन सक्दैन : मुख्यमन्त्री शाह

सुदूरपश्चिम ,  देशमा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था कार्यान्वयनमा आएको १९ वर्ष भएको छ । विसं २०६२/६३ मा भएको राजनैतिक परिवर्तनको फलस्वरुप नेपाललाई विसं २०६५ जेठ १५ गते सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक  घोषणा गरिएको थियो । यस अवधिमा जन अपेक्षाअनुसारको काम नभइरहँदा भने यो व्यवस्थाप्रति कतिपय...

ट्राफिक कारबाही : २४ घण्टामा चार लाख ७९ हजार राजस्व सङ्कलन

काठमाडौँ,  ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरेको ‘जाँच’का क्रममा एक हजार ८४१ जना सवारी चालकलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट रु चार लाख ७९ हजार ५०१ राजस्व सङ्कलन गरिएको छ ।     आज बिहानसम्म सञ्चालन गरिएको जाँचका क्रममा मादक...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

बुवाको सम्झनामा धार्मिक तथा सामाजिक उदाहरण: रानीकुण्डाको क्रियापुल्ती धारामा वर–पिपल रोपेर विजय शाहद्वारा पुण्य कार्य

कैलाली। मानिसको जीवन समाप्त भए पनि उसको सत्कर्म र सम्झनाहरू समाजमा जीवित रहिरहन्छन् भन्ने सन्देशलाई आत्मसात् गर्दै कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डाका स्थानीय विजय शाहले आफ्ना स्वर्गीय बुवा डबले शाहको पवित्र सम्झनामा धार्मिक तथा सामाजिक महत्व बोकेको वर र पिपलको बिरुवा रोपेका छन्। पारिगडास्थित क्रियापुल्ती...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

लहान नगर अस्पताल निर्माण अन्तिम चरणमा

सिरहा,  यहाँको लहान नगरपालिका–१० मा निर्माणाधीन लहान नगर अस्पतालको भवन निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । स्थानीय नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ तीव्रगतिमा अघि बढाइएको उक्त अस्पतालको भौतिक पूर्वाधार निर्माण करिब ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ ।       नगरपालिका र...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९