जेठ ८ र ९ गते भक्तपुरमा ख्वप राष्ट्रिय सम्मेलन हुने

भक्तपुर । ख्वप कलेज भक्तपुरमा दुई दिने राष्ट्रिय सम्मेलन यही जेष्ठको ८ र ९ गते हुने भएको छ।ख्वप कलेजले अध्ययन अध्यापनसँगै अनुसन्धान र अनुसन्धान कार्यपत्र प्रस्तुतिमा विशेष पहल गर्दै आएको छ । विगतका वर्षहरुमा  ख्वप कलेजले ३ पटक राष्ट्रिय सम्मेलन सफलतापुर्वक आयोजना गरिसकेको छ । अब हुने सम्मेलन ख्वप कलेजले चौथो पटक आयोजना हुन लागेकाे हाे । यस सम्मेलन मुख्य विषय “वाताबरण, सामाजिक र शासन व्यवस्थामा नविनता” रहेको छ ।

 

यसै अन्तरगत रहेर दुई दिने सम्मेलनमा ६० भन्दा बढि कार्यपत्रहरु प्रस्तुत हुदैँ छन् । यस सम्मेलनमा अन्तराष्ट्रिय अनुसन्धान कार्य पत्रहरु पनि प्रस्तुत हुने जानकारी सम्मेलनका सयोजक डा. राजकुमार प्रधानले दिए । यस सम्मेलनमा व्यवस्थापन संकायका डिन प्रोफेसर डा. महानन्द चालिसे र नेपाल खुल्ला विश्वविद्यालय, व्यवस्थापन तथा कानुन संकायका डिन प्रोफेसर डा. अरहन स्थापितले किनोट स्पिच दिनेछन ।

 

यस सम्मेलनको मुख्य आकर्षणको रुपमा दोस्रो दिन  “ शासन पुर्नपरिभाषाः दिगो भविष्यका लागि कानुनी, वातावरणीय र व्यवस्थापकीय समन्वय” विषयमा प्यानल डिस्कसन हुदैँछ । यस डिस्कसनमा वरिष्ट कानुनविद डा. भिमाजुर्न आचार्य, त्रि. वि वाताबरण विभागका प्रोफेसर डा. रेजिना मास्के र बाग्मती विश्वविद्यालयका व्यवस्थापन तथा कानुन संकायका डिन डा. गंगाराम विश्वकर्मा प्यानलिटको रुपमा छन ।अनुसन्धान महत्वपुर्ण विषय हो । यसै माफर्त नै विकासका  क्रियाकलापको सुरुवात हुने गर्दछन् । शैक्षिक उन्नयनका लागी यस्ता सम्मेलनले महत्वपुर्ण भुमिका खेल्ने कुरा कलेजका प्राचार्य प्रकाश कुमार श्रेष्ठले बताए । यस दुई दिने सम्मेलनको उदघाटन नेपाल मजदुर किसान पार्टीका श्रदय अध्यक्ष वरिष्ट राजनितिज्ञ नारायणमान विजुक्छले गर्नेछन । ख्वप कलेज र  विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा यो सम्मेलन हुदैँछ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९