नेपालमा पहिरोजन्य प्रकोपलाई कसरी न्यूनीकरण गर्ने?

नेपाल सक्रिय टेक्टोनिक गतिविधिको क्षेत्रमा परेको कारण बारम्बारको भूकम्पको धक्काबाट जमिनको सतहको चट्टानहरू खुकुलो हुँदै जाने र विशेष गरी मनसुनको समयमा ती खुकुलो भएका सतहका पदार्थहरू सहजै बगेर जान सक्ने हुनाले नेपालमा पहिरो जाने सम्भावना बढी हुन्छ।

 

– प्रकाश रेग्मी

पृष्ठभूमि

नेपालमा मनसुन मौसम सामान्यतया जुन महिनाको मध्यतिर सुरू हुन्छ र सेप्टेम्बरसम्म जारी रहन्छ। सबैभन्दा धेरै वर्षा सामान्यतया जुलाई र अगस्टमा हुन्छ। नेपाली मिति अनुसार असार, साउन र भदौ महिनालाई वर्षायाम भनेर मानिन्छ। गत वर्ष असार महिनाको सुरूमै नारायणघाट-मुग्लिङ सडक खण्डको धेरै ठाउँमा पहिरो जाँदा धेरै यात्रुहरूले समस्या भोग्नु परेको थियो। असार २८ गते शुक्रबार  नारायणघाट-मुग्लिङ सडक खण्डको सिमलतालमा रातिको ३:३० बजे गएको पहिरोमा परी दुई यात्रुबाहक बस पहिरोले बगाएर त्रिशूली नदीमा खस्दा कम्तीमा ६० जना बेपत्ता भएका थिए। त्यस कहालीलाग्दो घटनाको वार्षिकी हुँदै गर्दा मेरो ध्यान त्यस काहाली लाग्दो घटनाले आकर्षण गर्‍यो।

 

 

पहिरो एक पृथ्वीको सतहमा हुने भौगर्भिक प्राकृतिक घटना हो। यसमा पृथ्वीमा विध्यमान चुम्बकीय शक्तिको कारण धरातलीय ढलानबाट पृथ्वीको सतहमा रहेका पदार्थहरू माथिबाट तलतिर सर्दछन्। यसले गर्दा वर्तमानमा रहिआएको धरातलीय सन्तुलनमा परिवर्तन हुन्छ। उक्त धरातलमा आएको अकस्मातको परिवर्तनलाई स्थानीय बासिन्दाले सहजै व्यवस्थापन गर्न सक्छन् भने त्यो पहिरो एक भौगोलिक घटनाको रूपमा मात्र व्याख्या गरिन्छ। तर त्यो पहिरोको व्यवस्थापन गर्न बाहिरी सहयोगको आवश्यकता पर्छ भने त्यो पहिरोलाई पहिरो प्रकोपको रूपमा व्याख्या गरिन्छ। यसरी नेपालमा पहिरो प्रकोपका घटना प्रसस्तै हुने गरेका छन्, जसलाई मनसुनको समयमा हुने वर्षाको ढाँचाले प्रमुख भूमिका खेल्दछ।

यस वर्ष २०८२ मा नेपालमा वर्षातको सुरूवात औसत आगमन समयअगावै आउन सक्ने र यस वर्ष वार्षिक औसत वर्षाभन्दा बढी वर्षा हुने प्रक्षेपण पनि नेपाल र भारतका मौसम विज्ञान विभागहरूले गरेका छन्।

नेपालको धरातलीय स्वरुप र पहिरोका कारणहरू

नेपाल सक्रिय टेक्टोनिक गतिविधिको क्षेत्रमा परेको कारण बारम्बारको भूकम्पको धक्काबाट जमिनको सतहको चट्टानहरू खुकुलो हुँदै जाने र विशेष गरी मनसुनको समयमा ती खुकुलो भएका सतहका पदार्थहरू सहजै बगेर जान सक्ने हुनाले नेपालमा पहिरो जाने सम्भावना बढी हुन्छ। यसले गर्दा मनसुनको समयमा नेपालमा प्रशस्त मात्रामा हुने पहिरोका घटनाबाट उल्लेखनीय रूपमा मानव ज्यान र मानव निर्मित पूर्वाधारमा क्षति पुर्‍याउने गर्दछ।

 

वर्तमानमा भइरहेको बढ्दो बायुमण्डलीय तापक्रमको कारण हिमाली क्षेत्रको हिउँ पग्लने क्रम पनि तीब्र छ। पानी जमेर कडा बरफ़ बन्दा १० प्रतिशतसम्म यसको आयतन बढ्न जान्छ र पग्लदा १० प्रतिशतसम्म आयतन घट्दछ। यसैकारण हिमालय क्षेत्रमा बाराम्बारका हिउँ जम्ने र पग्लिने क्रमको तीब्रताले सतहको चट्टानहरूलाई खुकुलो बनाउन मद्दत पुर्‍याउँछ र वर्षा नहुँदा पनि सुख्खा पहिरोका घटनाहरू हुने गर्दछन्। त्यसैले, मनसुनको समयमा थोरै वर्षा हुँदा पनि धेरै पहिरोका घटनाहरू हुने गरेका छन्।

 

 

हिमाली भागभन्दा तलतिर रहेको पहाडी भागमा बढ्दै गएको भूमि उपयोगको चापले गर्दा अव्यवस्थित भू-उपयोगका अभ्यासहरू हुने गरेका छन्। वन सम्पदामा बढ्दो चाप, बढी ढलानका क्षेत्रहरूमा पनि मानवीय क्रियाकलाप, नदी किनारी क्षेत्रहरूमा थप मानविय क्रियाकलापले गर्दा अतिरिक्त पहिरोका घटनाहरू हुने गरेका छन्।

 

 

२०५१ सालमा नेपालमा ‘आफ्नो गाउँ आफैं बनाऊँ’ भन्ने नारा आयो। त्यसपछि मात्र स्थानीय तहमा व्यापक रुपमा बाटो खन्ने काममा तीब्रता आएको हो। स्थानीय तहमा रहेको न्यून प्राविधिक क्षमता, स्थानीय बासिन्दाहरूको स्वार्थ र जनप्रतिनिधिको दूरदर्शीताको कमीको कारण जथाभावी बाटो खन्ने काम आज पनि कायम छ। खुकुलो र भिरालो धरातलमा जथाभावी बाटो खन्ने कामका कारणले पनि नेपालमा पहिरोको जोखिमलाई बढाएको छ।

 

 

नेपालमा पहिरोबाट भएका क्षतिहरू

नेपालको भूगोल, हावापानी र कमजोर किसिमले निर्माण गरिएका पूर्वाधारहरूका कारण तथा पहिरो प्रवण क्षेत्रमा पनि मानवीय संरचना बनाउने परिपाटीका कारण नेपालमा अन्य देशहरूको तुलनामा धेरै पहिरोका घटनाबाट आर्थिक तथा मानवीय क्षति हुने गरेको छ। हिमाली र पहाडी भेगमा मनसुनको समयमा भारी वर्षा हुने हुनाले पहिरोको जोखिम बढी हुने गरेको छ।   पहिरोका कारण नेपालमा वर्षेनी धेरै मानिस हरुको ज्यान जाने गरेको छ। गएको वर्ष २०२४ को सेप्टेम्बर महिनामा मात्र २२४ जनाको ज्यान गएको थियो भने १२०० घरहरू नष्ट भएका थिए।

 

 

यस लेख तयार पार्ने क्रममा तथ्याङ्कको लागि संयुक्त राष्ट्र संघको प्रकोप सम्बन्धी तथ्याङ्क संकलन र भण्डारण गर्ने निकाय ‘डेसिनभेन्टर’ र नेपाल सरकारको विपद् जोखिम न्यूनीकरण पोर्टलका तथ्याङ्कलाई आधार बनाइएको छ। विगत ४८ वर्ष (सन् १९७१ देखि सन् २०१९ सम्म) अवधीको पहिरो प्रकोपको छोटो विवेचना गरिएको छ।

 

 

उत्तरपट्टी रहेको नेपालको मध्य भागमा पर्ने हिमालय क्षेत्र र पूर्वी भागको हिमाली क्षेत्रहरूमा बढी मात्रामा पहिरोका घटनाहरू रेकर्ड भएको देखिन्छ। यी क्षेत्रहरू पश्चिमी हिमाली क्षेत्रहरू भन्दा बढी मानव बसोबास भएका क्षेत्रहरू हुन। पश्चिमी हिमाली क्षेत्र हरुमा तुलनात्मक रुपमा कम पहिरोका घटनाहरू देखिन्छन्। मध्य पहाडी क्षेत्रमा अत्यधिक पहिरोका घटनाहरू रेकर्ड भएका छन्।

 

 

नेपालको हिमाली र पहाडी क्षेत्र पहिरो प्रकोपको पर्यायवाचीजस्तै बनेका छन्। प्रत्येक वर्ष ती क्षेत्रहरूमा ठूलो मात्रामा धनजनको क्षति हुने गरेको छ। यसरी विगत ४८ वर्षको अवधिमा जम्मा ४५१९ पहिरोका घटना रेकर्ड भएका छन्। ती घटनाहरू मध्य पहाडी भागका जिल्लाहरूमा  अत्यधिक छन्। मध्य पहाडी भागमा पर्ने धादिङ जिल्लामा सबैभन्दा बढी (१८९ घटना) पहिरो प्रकोपको घटना रेकर्ड गरिएका छन्। त्यसपछि क्रमश: सिन्धुपाल्चोक (१५६ घटना), मकवानपुर (१४३ घटना), काभ्रेपलान्चोक (१४२ घटना) र बागलुङ (१३८ घटना) रहेका छन्। पहिरो प्रकोपको कारण सोही अवधिमा जम्मा ३८२९ जनाको ज्यान गुमेको रेकर्ड छ। बढी मानव क्षति हुने जिल्लाहरू क्रमश: मकवानपुर (२९५ जना), सिन्धुपाल्चोक (२७१ जना), धादिङ (२०१ जना), कास्की (१८९ जना) र ताप्लेजुङ (१८६ जना) रहेका छन्।

 

 

सिन्धुपाल्चोक जिल्लाको जुरे गाउँमा सन् २०१४ अगस्ट २ मा गएको  पहिरोलाई आजसम्मको सबै भन्दा ठूलो पहिरो मानिएको छ। त्यस पहिरोबाट सुनकोशी नदी अवरूद्ध भई कृत्रिम ताल समेत बनेको थियो। यस पहिरोमा परी १५६ जनाको ज्यान गएको थियो।

 

 

नेपालमा पहिरोको प्रकोप न्यूनीकरणका उपायहरू

पहिरोबाट सिर्जित प्रकोपहरूबाट हुने क्षति न्यूनीकरण गर्न दुई किसिमले सकिन्छ। (१) पहिरोका संख्या घटाउने कार्य र (२) पहिरो प्रवण क्षेत्रमा रहेका संरचनाहरूलाई स्थान्तरण गर्ने।

१. (क) पहिरोका संख्या कम गर्न जमिनको सतहको ढलानको ज्यामिती परिमार्जन गर्ने अर्थात् विद्यमानमा रहेको जमिनको भिरालोपनको मात्रालाई कम भिरालो बनाउने

(ख) ती नयाँ निर्मित सतहमा दुबोजस्ता माटोलाई बिरुवाको जराले बेस्सरी समात्ने खालका झारहरू लगाउने

(ग) चट्टानका जोर्नीहरू र दरारहरू ग्राउट गर्ने अर्थात चट्टानको छिद्रहरूमा विशेष रूपमा तयार पारिएको सिमेन्टमा आधारित मिश्रणहरू जमिनमा इन्जेक्सन गर्ने

(घ) जमिनको सतह र सतहमुनिको पानीको निकासलाई मार्गबद्ध गर्ने

(ङ) रिटेनिङ भित्ताहरूको निर्माण गर्ने

(च) वैज्ञानिक अनुसन्धान बिना जताभावी भिरालो जमिनमा संरचनाहरू जस्तै: घर, गोठ, बाटो, नहर तथा कुलो निर्माणमा रोक लगाउने।

२. यसअगाडि नै बनिसकेका संरचनाका हकमा भने कसरी पहिरोको प्रकोपबाट क्षति कम गर्ने भन्ने आफ्नो निजी विचार यस प्रकार छ।

यस लेख लेख्ने क्रममा सेटलाइटबाट प्राप्त हुन सक्ने सूचनाको आधारमा सानो शोध कार्य गरिएको छ। यो शोध कार्य ८ वटा सूचकहरू (भूमि उपयोग, माटोको प्रकार, जमिनको ढलान, भूविज्ञान, सतहको नरमपन सूचकांक, वर्षा, नदीको घनत्व र नदी दुरी) को प्रयोग गरेर गरिएको हो। यसका लागि अमेरिकी वातावरणीय प्रणाली अनुसन्धान संस्थानले विकास गरेको सफ्टवेयर (जिआइएस) प्रयोग गरेर गरिएको छ।

चितवन जिल्लामा पर्ने ऋद्धि खोला (काली खोला) को जलाधार क्षेत्रभित्र पर्ने १४० वर्ग किलोमिटरको क्षेत्रभित्र जम्मा ०.५७  वर्ग किलोमिटर भूमि पहिरोको हिसाबले अति उच्च जोखिममा रहेको पाइयो। ६.५४ वर्ग किलोमिटर मध्यम जोखिम र ६.३८ वर्ग किलोमिटर कम जोखिममा रहेको पाइयो।

 

 

यसै क्षेत्र अन्तर्गत पर्ने नारायणघाट-मुग्लिन राजमार्गमा १८ वटा अति जोखिमका क्षेत्र पहिचान भएका छन्। ती ठाउँ नारायणघाटको पुल्चोकबाट क्रमश: १२.८, १८.६, १८.८, १९.०, १९.४, २०.६, २१.७, २२.२, २५.१, २७.३, २९.५, ३३.२, ३४.२, ३४.७, ३५.५, ३६.०, ३६.२ र ३६.८ किलोमिटरको दुरीमा रहेका छन्। यस जलाधार क्षेत्रभित्र २२४ वटा मानव संरचना (घर, गोठ, झुप्रा) पहिरोको सम्भावना क्षेत्रमा रहेको पाइयो।यसरी पहिरो पहिचान भइसकेका क्षेत्रहरूमा राजमार्गको हकमा पहिरो जोखिममा रहेका स्थानका बीच-बिचमा एक्साभेटरको तैनाथी गरी आवश्यक पर्दाको बखतमा प्रयोग गरी छिटो छरितो किसिमले पहिरो पन्छाउने र सवारी साधनको सहज आवागमन गराउने गर्न सकिन्छ।इच्छाकामना पालिकाका वडा नम्बर ५ र ६ , भरतपुर भरतपुर महानगरपालिकाका वडा नम्बर २९ का पहिरो प्रवर्ण क्षेत्रमा परेका जम्मा २२४ मानव निर्मित संरचना (घर, गोठ र झुप्रा )हरूको हकमा सम्बन्धित पालिकाहरूले पहिरो प्रवण क्षेत्रका संरचनाहरूलाई सुरक्षित स्थानमा स्थनान्तरण गर्न, बिज पुँजीको व्यवस्था गरी सम्बन्धित घरहरूलाई सुरक्षित स्थानमा स्थनान्तरण गर्न, सार्वजनिक निजी साझेदारीको धारणा बमोजिम लागत साझेदारी गरी सहज र कम खर्चमा गर्न सकिने कुरा राख्न चाहन्छु। 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

अनधिकृत संरचना हटाइँदै

गण्डकी,  पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी विभिन्न सङ्घसंस्थाले बनाएका अनधिकृत भवनमा महानगरले आज डोजर चलाएको छ । हङ्कङ बजारको पूर्वपट्टी रहेका नेपाल ट्रेड युनियन कांग्रेस, जिफन्ड गण्डकी, सामुदायिक प्रहरी, सहारा क्लब, हिमाली सांस्कृतिक परिवारको भवन, सार्वजनिक शौचालयलगायतका संरचना हटाउन सुरु गरिएको...

पर्यटकको दैनिक औसत खर्च १९ प्रतिशतले घट्यो

काठमाडौँ,  नेपाल भ्रमणमा आएका पर्यटकको औसत दैनिक खर्च १९ प्रतिशतले घटेको छ । सरकारद्वारा हालै सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणले पर्यटक भित्रिए पनि खर्च भने घटेको देखाएको हो ।नेपाल पर्यटन व्यवसायी सङ्घका अध्यक्ष कुमारमणि थपलियाले पर्यटकले खर्च नगर्ने हो भने पर्यटनबाट मुलुक समृद्धिको लक्ष्य हासिल...

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ,  बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ११ हजार ५०२ राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १९२,  सङ्केत बत्ती...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

नेपालमा ‘क्यान्सर’को औषधिमा प्रयोग गरिने कच्चा पदार्थ उत्पादन : निर्यात समेत थालनी

चितवन, जायोडिन बायोटेक उद्योगले क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन सुरुआत गरेको छ । भरतपुर महानगरपालिका–१६ शरणपुरस्थित सो उद्योगले नेपाली जडीबुटी प्रशोधन गरेर क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन गरी भारत निर्यात समेत गर्न थालनी गरेको हो ।       उद्योगका अध्यक्ष जीनारायणबहादुर क्षेत्रीले सो जानकारी दिँदै...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

स्वास्थ्य शिविरबाट छ सय जना लाभान्वित

म्याग्दी, जिल्लाको मालिका गाउँपालिका–६ दरवाङमा बुधबार सम्पन्न स्त्रीरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट छ सय जनाभन्दा बढी लाभान्वित भएका छन् ।‘मातृत्व जोगाउने अभियानअन्र्तगत’ विराट क्यान्सर अस्पताल र विराट मेडिकल कलेजको सहयोगमा दुई दिनसम्म सञ्चालन भएको शिविरमा ६१४ जनाले सेवा लिएका आयोजक ‘कल्प इमपावर उमेन नेपाल’ले जनाएको...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९