लम्कीचुहा अस्पताल अब प्रादेशिक अस्पताल बन्दै: अस्पताल स्तरोन्नतिले के फाइदा ?

लम्की । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममार्फत कैलालीको लम्कीचुहा अस्पताललाई प्रदेश तहको अस्पतालमा स्तरोन्नति गर्ने घोषणा गरेको छ ।

 

नीति तथा कार्यक्रममा लम्कीचुहा अस्पतालसहित डडेलधुराको जोगबुढा, दार्चुलाको गोकुलेश्वर, कञ्चनपुरको बेलौरी, र बाजुराको कोल्टी अस्पताललाई पनि क्रमशः प्रदेश तहमा स्तरोन्नति गरिने उल्लेख गरिएको छ ।

 

यस्तै अछामको बयालपाटा अस्पताललाई प्रदेश सरकार मातहत ल्याई प्रदेशस्तरको अस्पतालको रूपमा सञ्चालन गर्ने गरिने भएको छ ।

 

भल्कामा रहेको लम्कीचुहा अस्पताल र चुहाको निर्माणाधिन जनता अस्पताललाई गाभेर लम्कीचुहा अस्पताल भल्कालाई इमरजेन्सी उपचारका लागि र चुहामा सघन उपचार हुने गरि सुविधायुक्त अस्पताल सञ्चालन गर्ने आन्तरिक योजना छ । यसका लागि संघ सरकारसँग प्रादेशिक अस्पताल सञ्चालनका लागि अनुमतिको लागि मन्त्री परिषद्बाट निर्णय भएर पत्र पठाइएको छ । संघ सरकारबाट अनुमति आएपछि प्रादेशिक अस्पताल सञ्चालनका लागि आवश्यक कार्यहरू अघि बढाइने मुख्यमन्त्री कमल बहादुर शाहका स्वकीय सचिव राम बहादुर विष्टले जानकारी दिए ।

 

त्यस्तै प्रदेश तहको अस्पतालमा स्तरोन्नति भएपछि लम्कीचुहा अस्पतालले विशेषज्ञ चिकित्सक, सघन उपचार कक्ष (ICU), आधुनिक निदान सुविधा सिटी स्क्यान, अल्ट्रासाउन्ड, र २४सै घण्टा आपतकालीन सेवा उपलब्ध हुने छ । साथै, औषधि आपूर्ति, प्रशिक्षित स्वास्थ्यकर्मी, र पूर्वाधार विकासमा पनि सुधार हुने स्वकीय सचिव विष्टले जानकारी दिए ।

 

लम्कीचुहामा प्रादेशिक अस्पताल बनाउने कुराको स्वागत गर्दै लम्कीचुहा अस्पतालका कार्यवाहक अध्यक्ष पहिल बहादुर शाहीले ठोस कार्ययोजना सहित आवश्यक काम तिव्र गतिमा हुनुपर्ने बताए ।

 

‘लम्कीचुहा एउटा प्रादेशिक अस्पतालको खाँचो थियो । प्रदेश सरकारबाट लम्कीचुहामा सुविधायुक्त प्रादेशिक अस्पताल बनाउने कुरा आएको छ । यस कुराको हामी स्वागत गर्छौ ,’ कार्यवाहक अध्यक्ष शाहीले भने, ‘नीति तथा कार्यक्रममा आएको प्रादेशिक अस्पताल बनाउने कुरालाई ठोस कार्ययोजना सहित आवश्यक काम तिव्र गतिमा गरिनुपर्छ ।’

लम्कीचुहामा प्रादेशिक अस्पताल बनेमा ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुका साथै धनगढी वा अन्य सहरहरूमा रिफर गर्नुपर्ने बाध्यता कम गर्नेछ अपेक्षा यहाँका स्थानीयको रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९