घरेलु महिला श्रमिकहरुको कामलाई राज्यले मान्यता दिनुपर्छः श्रममन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले घरेलु श्रमिक महिलाहरुको पनि पेशागत हकहित र सुरक्षाका लागि ट्रेड युनियन हुनुपर्ने बताएका छन । मंगलवार घरेलु श्रमिक मन्चको नेतृत्वमा आफना समस्याहरु सुनाउन मन्त्रालय पुगेका श्रमिक महिलाहरुको माग प्रति प्रतिबद्धता जनाउँदै मन्त्री भण्डारीले घरेलु श्रमिकको काम पनि एउटा पेशा भएको जिकिर गर्दै यस क्षेत्रमा देखिएका समस्याहरु समाधान र हकहितका लागि ट्रेड युनियन गठन गर्न सुझाएका हुन ।

 

उनले भने, ‘कुनै पनि कर्म र कार्य गरेपछि त्यसले ट्रेड युनियनको अधिकार पाउनु पर्छ । आफनो पेशागत हकहितका लागि बोल्नु पाउनुपर्छ । र, राज्यले त्यसलाई पहिचान दिनुपर्छ ।’ तपाईहरुले गरेको कामको मान्यता पाउनु पर्ने माग जायज रहेको बताउँदै राज्यले त्यसलाई मान्यता दिने उनले प्रतिबद्धता व्यक्त गरे ।

 

उनले भने, ‘यो पनि एक पेशा हो, यसका विभिन्न पक्षहरु छन, यसका लागि सबै घरेलु श्रमिक महिलाहरु आफना हकहित र पेशागत सुरक्षाका लागि संगठित हुनु जरुरी छ ।’मन्त्री भण्डारीले घरेल श्रमिक कामदारहरु अनौपचारिक क्षेत्रको रुपमा रहेको हुनाले यसलाई औपचारिक क्षेत्र बनाउनु पर्नेमा जोड दिए । घरेलु श्रमिकहरु सँग पारिश्रमिक (ज्याला), कामको क्रममा भेवभाव (छुवाछुतको व्यवहार) हिंसा खेप्नु परेको जिकिर गर्दै उनीहरुको अधिकार सुनिश्चित गर्दै सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनु पर्नेमा जोड दिए ।

उनले श्रम ऐन कानुन संशोधन हुने क्रममा रहेको जानकारी गराउँदै घरेलु श्रमिक महिलाहरुले भोग्दै आएका समस्याहरु समाधानका लागि के कस्ता बिषयहरु ऐनमा समावेश गर्ने सरकारलाई सामुहिक लिखित सुझाव दिन आग्रह गरे ।

मन्त्री भण्डारीले भने, ‘तपाईहरु ठिक समयमा आइपुग्नु भएको छ । नेपालको श्रम ऐन संशोधनको क्रममा रहेको छ । यसमा तपाईहरुको उठाएका उचित मागहहरुलाई पनि सम्बोधन गर्नुपर्ने आवश्यकता देखियो । तपाईहरुले पनि बुँदागत रुपमा आफना माग र समस्याहरु लेखेर मन्त्रालयमा दिनुस, त्यही अनुसार हामी छलफल अगाडि बढाउछौं । यि बिषयहरु श्रम ऐनमा उल्लेख हुनुपर्ने मेरो मान्यता छ ।’

विगत लामो समय देखि घरेलु महिलाको रुपमा काम गर्दै आएका करिब २ दर्जन महिलाहरु कामको क्रममा भोगेका समस्याहरु मन्त्रीलाई सुनाएका थिए । उनीहरुले काम गर्दा न्युन तलब, दुर्व्यवहार, हिंसा भोग्नु परेका सविस्तार पिडा सुनाएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९