कोरियाका राष्ट्रपति, कारखानाको कामदार देखी चक्कु हमलाको सामानासम्म

सियोल । दक्षिण कोरियामा पछिल्लो ६ महिनादेखि राजनीतिक उथलपुथल देखिदै आएको थियो । जसका कारणले त्यहाँ ३ जुन २०२५ मा विशेष अवस्थामा राष्ट्रपतिको निर्वाचन भएको थियो। यस निर्वाचनमा बामपन्थी झुकाव राख्ने लिबरल पार्टीका उम्मेदवार ली जे–म्युङ विजयी भएका छन्। योसँगै उनका प्रतिस्पर्धी किम मुन–सुले आफ्नो हार स्वीकार गरिसकेका छन् ।

योनह्याप समचार एजेन्सीका अनुसार जे–म्युङले ४९.३ प्रतिशतभन्दा बढी मत पाएका छन् भने झण्डै २७ वर्षपछि मुलुकमा ८० प्रतिशतभन्दा बढी मत खसेको छ । तर, यीनै दक्षिण कोरियाका नयाँ राष्ट्रपतिले आफ्नो राजनीतिक करियरमा घातक आक्रमणलगायत फ्याक्ट्रीमा काम गर्नु पर्ने देखी अनेकौं थुप्रै चुनौतीहरूको सामना गर्नुपरेको थियो।

 

दक्षिण कोरियामा भएको यो निर्वाचन पछिल्लो ६ महिनाको परिस्थितिमा आधारित छ । देशका पूर्व राष्ट्रपति युन सुक येओलले अचानक मार्सल ल लागू गर्ने घोषणा गरे पछि  यसपछि अवस्था बिग्रन थाल्यो । मार्सल लको घोषणापछि देशभर विरोध भयो र जनता सडकमा निस्किएका थिए । परिस्थिति यस्तो बन्यो कि राष्ट्रपतिले आफ्नो निर्णय फिर्ता लिनु पर्यो । यससँगै दक्षिण कोरियाका राष्ट्रपतिले प्रत्यक्ष टिभीमा शिर झुकाएर माफीसमेत मागेका थिए ।

सन् १९६३ मा ग्योङबुक प्रान्तको एक दुर्गम पहाडी गाउँ एन्डोङमा जन्मिएका ली गरिब परिवारका थिए। सन् २०२२ को चुनावमा ली जे म्युङ सालले साँघुरो मतान्तरले हार बेहोर्नु परेको थियो । त्यतिबेला उनको पार्टी तेस्रो स्थानमा थियो । उनी सुरुमा मानवअधिकार वकिलका रूपमा परिचित थिए तर पछि उनी राजनीतिमा प्रवेश गरेका हुन् । पूर्व राष्ट्रपति युनविरुद्धको महाभियोगमा म्युङको ठूलो भूमिका रहेको छ । यही कारण पार्टीले उनलाई राष्ट्रपतिको उम्मेदवार बनाएको हो ।

 

राजनीतिमा आउनु अघि उनले करिब २० वर्षदेखि मानवअधिकार अधिवक्ताको रूपमा काम गरे । सन् २००५ मा मात्रै उनी राजनीतिमा प्रवेश गरेका थिए। लीले यसअघि दक्षिण कोरियाको सबैभन्दा बढी जनसङ्ख्या भएको प्रान्त ग्योन्गी प्रान्तका गभर्नर र सेओङनाम सहरको मेयरको रूपमा काम गरेको अनुभव रहेको छ।

त्यसपछि उनले तीन वर्षसम्म ग्योङगी प्रान्तको गभर्नरको रूपमा काम गरे। मुलुकमा लगाइएको सैनिक शासनकालमा राष्ट्रिय सभाको पर्खालमा चढेको उनको तस्बिर भाइरल भएको थियो । म्युङले कठिन समयमा कारखानामा पनि काम गरेका थिए भने सन २०२४ मा बुसान भ्रमणका क्रममा म्युङलाई घाँटीमा ७ इन्च लामो चक्कुले प्रहार गरिएको थियो । डिपी नेतालाई उपचारका लागि सियोल नेसनल युनिभर्सिटी अस्पताल लगिएको थियो ।तर, त्यहाँवाट बाँचेका उनी अन्ततः सबैभन्दा बढी मत ल्याएर उनी देशको राष्ट्रपति बने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९