‘मानव सभ्यता प्रकृतितर्फ फर्क’ भन्ने पूर्वीय दर्शन महत्वपुर्णः कांग्रेस नेता महर

सुनसरी । नेपाली कांग्रेसका नेता नैनसिंह महरले नेपाली कांग्रेस सरकारको नेतृत्वमा रहँदा दखि नै समावेशी विधान निर्माणको चुनौतीपूर्ण यात्रा प्रारम्भ गरेको र तत्कालीन प्रतिकूलताका बावजुद संविधानको मर्म र युगको आवाजलाई आत्मसात् गर्दै आफू यसमा अडिग रहेको बताएका छन् ।उनले उक्त वैचारिक निष्ठा र प्रतिबद्धताका लागि भविष्यमा जस्तोसुकै मूल्य चुकाउन तयार रहेको दृढतासमेत व्यक्त गरेका छन् ।

 

सुनसरीमा शुक्रबार आयोजित नेपाल लोकतन्त्रवादी याक्थुङ (लिम्बू) संघको प्रथम ऐतिहासिक महाधिवेशनलाई सम्बोधन गर्दै नेता महरले नेपालको राष्ट्रिय स्वाभिमान, अखण्डता र दिगो समृद्धिको यात्रा मूलबासी समुदायहरूको अक्षुण्ण अधिकार, जीवन्त पहिचान र समावेशी विकासको जगमा मात्रै सम्भव हुनेमा जोड दिए ।

 

 

‘नेपालका मूलबासी समुदायहरू हाम्रो राष्ट्रियताका जीवित सम्पदा, सांस्कृतिक विविधताका पालक र ऐतिहासिक पहिचानका आधारस्तम्भ हुन्,’ उनले भने, ‘उनीहरूको मौलिक अधिकार, भाषा, संस्कृति, ज्ञान(सीप र समग्र विकासलाई सुनिश्चित नगरी राष्ट्रले समृद्धिको सार्थक उडान भर्न सक्दैन । सबैका लागि समान अवसर, न्याय र सम्मानयुक्त समाज निर्माण आजको हाम्रो पवित्र ध्येय हो ।’  उनले विविधताभित्रको अभेद्य एकतालाई नै राष्ट्रको वास्तविक शक्ति भएको बताए ।

 

पहिचानको मुद्दा आजको विश्व राजनीतिको एक अकाट्य प्रवृत्ति भएको उल्लेख गर्दै महरले भने, ‘एकातिर मार्क्सवादी दर्शनको क्षयोन्मुख अवस्था र अर्कोतिर पुँजीवादी व्यवस्थाले सिर्जना गरेका अनेकौं सामाजिक आर्थिक असन्तुष्टि र बढ्दो असमानता एवं शोषणको पृष्ठभूमिमा, विश्वभरि नै पहिचानको मुद्दाले विस्तारित र संस्थागत हुने उर्वर भूमि पाएको छ।’

 

संविधानको पूर्ण, निष्पक्ष र प्रभावकारी कार्यान्वयन नै वर्तमान नेपालको सर्वोपरि राजनीतिक कार्यसूची भएको उनको भनाइ थियो । आदिवासी जनजाति आन्दोलनलाई समग्र मानव सभ्यतालाई नै गतिशील र न्यायपूर्ण दिशामा अगाडि बढाउने ऐतिहासिक अभियानका रूपमा लिनुपर्नेमा उनले जोड दिए ।

 

 

जलवायु परिवर्तनको विश्वव्यापी संकट न्यूनीकरणमा आदिवासी जनजाति समुदायको भूमिकालाई ‘प्रकृतिका स्वाभाविक र अग्रणी अभियन्ता’ को संज्ञा दिँदै उनले भने, ‘मानव सभ्यता प्रकृतितर्फ फर्क’ भन्ने हाम्रो पूर्वीय दर्शनको आह्वान र ‘सगरमाथा संवाद’ जस्ता नेपालका दूरगामी महत्वका पहलकदमीहरूले यही यथार्थलाई प्रतिबिम्बित गर्दछन् ।’

 

 

नेता महरले वर्तमान समयमा विभिन्न रूपमा देखा परिरहेका केही व्यवस्था विरोधी आन्दोलनहरू आदिवासी जनजाति, महिला, मधेसी, दलित लगायत ऐतिहासिक रूपमा सीमान्तकृत समुदायले कठिन संघर्षबाट प्राप्त गरेका महत्वपूर्ण अधिकारहरू विरुद्ध लक्षित रहेको विश्लेषण गरेका छन । ‘लोकतन्त्र र संघीयताको जगमा हासिल भएका यी उपलब्धिहरू विरुद्ध हुने कुनै पनि चलखेललाई हामीले चिर्नुपर्छ । परिवर्तनको रथलाई पछाडि धकेल्ने कुनै पनि प्रयास सफल हुन सक्दैन र दिइने छैन,’ उनले दृढतापूर्वक भने ।

 

 

नेपाली कांग्रेसले आफ्नो विधानमा नै मूल नेतृत्वदेखि सबै तहका संरचनाहरूमा समावेशितालाई संस्थागत रूपमा प्रोत्साहन गर्नुपर्ने र मन्त्रिपरिषद् लगायत राज्यका सबै अंगहरूमा अनिवार्य र अर्थपूर्ण समावेशी मापदण्डको व्यवस्था गर्नुपर्ने आवश्यकता पनि उनले औंल्याए ।नेपाल लोकतन्त्रवादी याक्थुङ (लिम्बू) संघको प्रथम महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नुका साथै विस्तृत कार्ययोजना र रणनीतिहरू तय गर्ने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

विकास आयोजनाका काममा ढिलासुस्ती स्वीकार्य छैनः मुख्यमन्त्री पाण्डे

विकास आयोजनाका काममा ढिलासुस्ती स्वीकार्य छैनः मुख्यमन्त्री पाण्डे...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९