५२ करोड नाघ्यो लम्कीचुहाको बेरुजुः राजनीतिक दलले उठाए सुशासनको प्रश्न

लम्की । लम्कीचुहा नगरपालिकाको अद्यावधिक बेरुजु ५२ करोड नाघेसँगै आर्थिक सुशासनमाथि गम्भीर प्रश्न उठेका छन् । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/०८१ मा १ अर्ब ८५ करोड ४८ लाख ९२ हजार रुपैयाँको लेखापरीक्षण गरिएकोमा ५ करोड ५७ लाख ८८ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

 

प्रतिवेदन अनुसार मोहन्याल गाउँपालिकाको सोही वर्षमा ९७ करोड २७ लाख ५९ हजारको लेखापरीक्षण गरिएकोमा ७ करोड ६ लाख ७३ हजार बेरुजु देखिएको छ । प्रतिशतमा हेर्दा मोहन्याल गाउँपालिका सबैभन्दा धेरै ७ दशमलव २७ छ भने लम्कीचुहाको ३ दशमलव ०२ प्रतिशत छ ।

 

लेखापरीक्षणमार्फत देखिएको यो नयाँ बेरुजु थपिएसँगै लम्कीचुहाको अद्यावधिक बेरुजु रकम ५२ करोड ६४ लाख ३० हजार रुपैयाँ पुगेको छ । गत वर्षसम्म यो रकम ४७ करोड ६ लाख ४१ हजार थियो।

 

आ.व. २०८०/०८१ को ५ करोड ५७ लाख ८८ हजार रुपैयाँ बेरुजुमध्ये असुल गर्नुपर्ने ५ लाख ८१ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू. ९६ लाख ४२ हजार, नियमित गर्नुपर्ने रु. १ करोड ७४ लाख ३७ हजार रुपैयाँ र पेस्की बाँकी रु. २ करोड ८० लाख ९७ हजार रुपैयाँ रहेको छ ।

 

बेरुजु ५२ करोड नाघेसँगै आर्थिक सुशासनमाथि गम्भीर प्रश्न उठेका छन् ।

 

यसैबीच, नेपाली कांग्रेस लम्कीचुहाले सुशासनमा ध्यान नदिएकोले बेरुजु बढेको टिप्पणी गरेको छ । नगर सभापति इन्द्र कुँवरले भने, ‘बेरुजु नियमअनुसार काम नगर्दा बढ्ने हो। घटाउँदै लैजानुपर्नेमा अझ बढ्नु आर्थिक सुशासनको कमजोरी हो ।’

 

नेकपा एमाले लम्कीचुहाका नगर अध्यक्ष शेर बहादुर बिष्टले भने, ‘५ करोडभन्दा बढी बेरुजुले नगरपालिकाको नयाँ योजनामा प्रत्यक्ष असर पार्छ । असुल वा फछ्र्योटमा समय लाग्ने हुँदा बजेट सञ्चालन प्रभावित हुन्छ ।’

 

यस्तै, माओवादी केन्द्र लम्कीचुहाका अध्यक्ष कमल भुलले जनप्रतिनिधिहरूको स्वेच्छाचारी प्रवृत्तिलाई कारण देखाउँदै भने, ‘नियमभन्दा मनपरी ढंगले काम गर्न खोज्दा बेरुजु बढेको हो ।’

 

यसबीच, नगरपालिकाका प्रशासन शाखा अधिकृत माधव कुमार जैसीले बेरुजुमा नियतभन्दा प्रक्रियागत कमजोरी बढी देखिने बताए ।

 

 

‘बेरुजु देखिनुमा धेरै प्राविधिक कारण छन् । उदाहरणका लागि, अस्पताल भवनको १ करोड ६१ लाख रुपैयाँ बेरुजुमा देखिएको छ। ठेकेदार कम्पनीले समयमै बैंक ग्यारेन्टी ल्याएको भए यस्तो देखिँदैनथ्यो। कहिलेकाहीं सेवासुविधा छिटो दिनुपर्ने दबाबमा केही प्रक्रिया छुट्न सक्छन् ।’

 

लम्कीचुहा नगरपालिकामा बेरुजु रकम ५२ करोड नाघ्नुले स्थानीय सरकारको आर्थिक अनुशासन र जवाफदेहीतामाथि गम्भीर प्रश्न उठाएको छ । बजेटको प्रभावकारी कार्यान्वयन र खर्चमा पारदर्शिता नहुनु, विधि प्रक्रिया पालना नगर्नु तथा व्यवस्थापकीय कमजोरीहरू बेरुजु वृद्धि हुनुका प्रमुख कारण देखिएका छन् ।

 

बेरुजुलाई राजनीतिक दलहरूले सुशासनको असफलता भनेका छन् भने प्रशासनिक पक्षले प्रक्रियागत त्रुटिलाई जिम्मेवार देखाएको भए पनि नगरपालिकाले फछ्र्योट प्रक्रियालाई तीव्र बनाउँदै बेरुजु न्यूनिकरणलाई प्राथमिकता दिनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका नामकर खनाल बताउँछन् ।

 

 

‘जे कारण देखिए पनि बार्षिक रूपमा बेरुजु रकम बढ्दै जानु गम्भीर चिन्ताको विषय हो । यसले योजनाहरूको प्रभावकारिता घटाउने मात्र होइन, भविष्यमा बजेट विनियोजन र विकास परियोजनाहरूमा अवरोध पनि निम्त्याउन सक्छ ।’ रास्वपाका वडा नं. २ का सभापति नामकर खनालले भने, ‘नगरपालिकाले विधिसम्मत काममा जोड दिनुपर्छ, फछ्र्योट प्रक्रियालाई तीव्र बनाउँदै बेरुजु न्यूनिकरणलाई प्राथमिकता दिनुपर्छ । अन्यथा, आर्थिक कुशासनकै दलदलमा लम्कीचुहाको विकास योजना फस्ने खतरा देखिन्छ ।’

 

बेरुजु भनेको के हो?

 

बेरुजु भन्नाले आर्थिक कारोबारमा देखिने त्रुटि, अनियमितता वा प्रचलित कानुन, नियम, र प्रक्रिया पूरा नगरी गरिएको कारोबारलाई बुझिन्छ । सरल शब्दमा, लेखापरीक्षणको क्रममा रुजु (प्रमाणित) हुन नसकेको वा नियमसंगत नभएको आर्थिक कारोबारलाई बेरुजु भनिन्छ । यो आर्थिक अनुशासनहीनता वा गलत तरिकाले खर्च वा आम्दानी व्यवस्थापन भएको अवस्थालाई संकेत गर्छ । बेरुजुले आर्थिक सुशासनमा कमजोरी र पारदर्शिताको कमी भएको जनाउँछ, तर यसको अर्थ सधैं हिनामिना नै भएको भन्ने होइन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९