हुम्ला सदरमुकामममा बाटाे पुग्ने भए पछि प्रधानमन्त्रीद्दारा खुसी ब्यक्त

काठमाडौं । हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको हुम्लाको सदरमुकाम सिमकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत  हुम्ला सदरमुकाममा मोटर बाटो पुग्न लागेको भन्दै खुसी व्यक्त गरेका छन्।

 

उनले सिमकोटमा सडक पुर्‍याउनु नेपालको भूगोललाई एकताबद्ध गर्ने दशकौँ पुरानो सपना पूरा भएको उल्लेख गर्दै यसलाई राष्ट्रिय स्वाभिमानसँग जोडेर हेर्नुपर्ने धारणा राखेका हुन । उनले फेसबुकमा उल्लेख गरे, ‘हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ,हुम्लामा सडक सञ्जाल पुर्‍याउने हाम्रो दशकौँ पुरानो सपना पूरा हुँदै छ, यो सडक चलेपछि नेपाल हिल्सा नाकाबाट छिमेकी मित्रराष्ट्र चीनसँग जोडिने छ।’

 

ओलीको उक्त भनाइ प्रति नेकपा एमालेका नेता दल रावलले पनि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका छन । उनले लेखेका छन, ‘लामो समयपछि कर्णाली कोरिडोरले हुम्ला छोए पनि जोड्न सकेको थिएन, खार्पुस्थित दोजामखोलामा मोटरेबल पुल नहुँदा राष्ट्रिय सडक सञ्जालले हुम्लालाई औपचारिक रूपमा जोड्न सकेको थिएन, उक्त स्थानमा वेलिब्रिज बनेसँगै यो काम पूरा भएको छ र सिमकोट काठमाडौँसँग सडकमार्फत जोडिएको छ, यसका लागि हुम्लावासी आभारी छौँ, सम्माननीय प्रधानमन्त्रीज्यू ।’

 

प्रधानमन्त्री ओलीले सत्ता सम्हाल्दाको पहिलो कार्यकालमा हिल्सा नाका हुँदै चीनसँगको वैकल्पिक व्यापारिक मार्ग खोल्ने रणनीति अघि सारेका थिए । त्यसै योजना अन्तर्गत कर्णाली कोरिडोरको प्राथमिकता बढाइएको थियो । जसमा हिल्सा–सिमकोट–नाग्मा मार्ग, रारा घुम्ने पर्यटकीय मार्ग र सुदूरपश्चिमबाट आउने फेदीखोला हुँदै डोल्पासम्मको पहुँच मार्ग पनि समावेश छन्। विगतमा सिमकोट सडक सञ्जालबाट टाढा हुँदा जिल्लावासीको जीवन कठिन थियो। खाद्यान्न, औषधि, लत्ताकपडा, निर्माण सामग्रीदेखि लिएर अत्यावश्यक सेवा हवाई मार्गबाट ढुवानी गर्नु परेकाले दैनिक जीवन अत्यन्त महँगो थियो।

 

कर्णाली कोरिडोरको सिमिकोट खण्ड सडक सञ्जालमा जोडिनु पूर्वाधार विकासका हिसाबले मात्रै होइन, भूराजनीतिक र व्यापारिक दृष्टिले पनि निकै महत्त्वपूर्ण मानिन्छ। हिल्सा नाका हुँदै सिधै तिब्बतको पुराङ नाकासम्म पहुँच बनाउने यस सडकले नेपाललाई चीनसँगको वैकल्पिक व्यापारिक मार्ग प्रदान गर्नेछ।

सडक पुगेपछि हुम्लाको कृषि, पर्यटन, व्यापार, स्वास्थ्य, शिक्षा र सञ्चार क्षेत्रमा ठुलो रूपान्तरणको अपेक्षा गरिएको छ। स्थानीय उत्पादनलाई बाह्य बजारमा पुर्‍याउने अवसर मिल्नेछ भने सस्तो ढुवानीमार्फत दैनिक उपभोग्य वस्तु सहजै भित्रिनेछन्।

 

ओलीको सो स्ट्याटसमा सयौँ प्रतिक्रिया आएका छन् । जसमा यम चौधरीले लेखेका छन,  ‘हुम्लाको सिमिकोट बजार र हुम्ला जिल्लाको भूगोललाई म राम्रो सङ्ग बुझेको छु,अति नै उत्तम मौसम, विभिन्न किसिमको जडीबुटी , अर्ग्यानिक स्याउ, अति उन्नत च्याउ, त्यहाँ को जीवनशैली , लोकल ब्रान्डहरू विश्व बजारलाई नै प्रतिनिधित्व गर्ने खालको छन्, तर दुर्भाग्य सडक सञ्जालको अभावले हरेक अवसर बात वञ्चित हुम्ला जिल्ला को लागि यो खबर सुन्दा खुसीले गदगद भएँ, हुम्ला अब टढा छैन ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बर्दगोरिया गाउँपालिका कार्यपालिका सदस्य भीम विश्वकर्माको निधन

बर्दगोरिया गाउँपालिकाका कार्यपालिका सदस्य भीम विश्वकर्माको निधन...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणासूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९