नेपाल-भारतमैत्री वेलनेस सेमिनारमा स्वदेश–विदेशका विशिष्ट अतिथि, नागरिकलाई स्वास्थ्य लाभ

काठमाडौं – अन्तर्राष्ट्रिय मैत्री समाज नेपाल र रेजुआ हेल्थ केयर, मुम्बई भारतको संयुक्त आयोजनामा ‘नेपाल-भारत प्रेन्डसिप वेलनेस सेमिनार’ सम्पन्न भएको छ।यो सेमिनारले नेपाल–भारतबीचको जनस्तरीय मित्रतालाई थप सुदृढ पार्दै, स्वास्थ्य र वैकल्पिक उपचार प्रणालीप्रति व्यापक जनचेतना फैलाएको छ।

 

 

गौशाला, पिङलास्थानस्थित होटल बद्रीनाथ, काठमाडौंमा असार २१ र २२ गते दुई दिनसम्म चलेको यस अन्तर्राष्ट्रिय सेमिनारमा नेपाल तथा भारतका उच्चपदस्थ विशिष्ट अतिथि, चिकित्सक, कलाकार र बौद्धिक व्यक्तित्वहरूको उपस्थितिले कार्यक्रमको गरिमा थप उच्च बनाएको थियो।कार्यक्रममा नेपालका पूर्वउपराष्ट्रपति परमानेन्द झा प्रमुख अतिथि थिए। संहिता शास्त्री गुरू अर्जुनप्रसाद बास्तोलाको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको थियो।

 

 

विशिष्ट अतिथिहरूमध्ये पूर्वमन्त्री यदुवंश झा, भारतकी चर्चित चलचित्र नायिका क्षशा अग्रवाल, मुम्बईका वरिष्ठ निर्देशक डा. रणवीर लैश्राम, नेपालका सुप्रसिद्ध निर्देशक तुलसी घिमिरे तथा भारतका वरिष्ठ एक्युपञ्चर चिकित्सक डा. सन्तोष कुमार पाण्डे (महाराष्ट्र) थिए।कार्यक्रमको स्वागत मन्तव्य आयोजक संस्थाका अध्यक्ष प्रदीप खनालले राख्दै नेपालको धार्मिक, सांस्कृतिक र स्वास्थ्य चेतनाको क्षेत्रमा नेपाल–भारतबीचको सहकार्यको ऐतिहासिक महत्व र आजको सन्दर्भमा यसको अत्यावश्यकता उल्लेख गरे।

 

 

 

‘नेपाल र भारतको सम्बन्ध केवल राजनीतिक वा कूटनीतिक हैन, यसमा हजारौँ वर्ष पुरानो साझा आध्यात्मिक र सांस्कृतिक नाता समेटिएको छ। यसलाई स्वास्थ्य र मानव सेवा जस्ता विषयमा पनि जोड्न जरुरी छ,’ उनले भने।कार्यक्रमको सञ्चालन निर्देशक घिमिरेले गरेका थिए। कार्यक्रममा डा. सन्तोष कुमार पाण्डेले एक्युपञ्चर चिकित्सा, ऊर्जा सन्तुलन, प्राकृतिक उपचारको वैज्ञानिक पक्ष र लाभबारे प्रवचन दिए। इशा अग्रवालले महिला सशक्तिकरण, स्वास्थ्य र आत्मविश्वासका विषयमा मन्तव्य दिँदै नेपाली संस्कृतिप्रति गहिरो सम्मान प्रकट गरिन्।

 

 

कार्यक्रमपछि आयोजित स्वास्थ्य शिविरमा ७–८ सयभन्दा बढी नागरिकहरूले डा. पाण्डे र उनकी टोलीबाट एक्युपञ्चर, सुजोक, तथा अन्य वैकल्पिक उपचार सेवाहरूबाट स्वास्थ्य लाभ लिएका थिए।उक्त निःशुल्क सेवा शिविरले स्थानीय समुदायमा नयाँ आशा, उपचारप्रतिको विश्वास र जनचेतना फैलाएको थियो।कार्यक्रमको समग्र परिकल्पना, अतिथि समन्वय, अन्तर्राष्ट्रिय साझेदारी, व्यवस्थापन र सञ्चार संयोजनमा प्रदीप खनालले नेतृत्वकारी भूमिका खेलेका थिए।

 

 

४५० भन्दा बढी धार्मिक तीर्थहरूको दर्शन गरी अन्तरधार्मिक र अन्तरदेशीय संवादमा सक्रिय रहेका खनालको प्रयासले नै यो अन्तर्राष्ट्रिय कार्यक्रम सफल र प्रेरणादायी बन्न सकेको हो।‘नेपाल-भारती फ्रेन्डसिप वेलनेस सेमिनार’ले स्वास्थ्य, संस्कृति, सद्भाव, र सहयोगको आदान–प्रदानमार्फत दुई मित्र राष्ट्रबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने कार्य गरेको छ।यस्ता प्रयासहरूले जनस्तरमा कूटनीतिकता, सांस्कृतिक कूटनीति र स्वास्थ्य सशक्तिकरणको सशक्त आधार निर्माण गरिरहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणासूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९