काठमाडौँ । नायवमहान्यायाधिवक्ता डा टेकबहादुर घिमिरेले राजिनामा दिएका छन् । अवकाश अघि नै पदबाट घिमिरेले राजीनामा दिए पछि मन्त्रिपरिषद् बैठकले उनको राजीनामा स्वीकृत गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । डा घिमिरेले साउन २ देखि लागू हुने गरी स्वैच्छिक अवकाशसहित राजिनामा दिएका थिए ।
कैलाली। मानिसको जीवन समाप्त भए पनि उसको सत्कर्म र सम्झनाहरू समाजमा जीवित रहिरहन्छन् भन्ने सन्देशलाई आत्मसात् गर्दै कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डाका स्थानीय विजय शाहले आफ्ना स्वर्गीय बुवा डबले शाहको पवित्र सम्झनामा धार्मिक तथा सामाजिक महत्व बोकेको वर र पिपलको बिरुवा रोपेका छन्। पारिगडास्थित क्रियापुल्ती...






















































































































































