बिस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्शाको अवलोकन गर्दा उक्त चार वटा ताल निकै जोखिम अवस्थामा देखिन्छन्।

 

– प्रकाश रेग्मी

बढ्दो जलवायु परिवर्तनका कारण मौसमी ढाँचामा आएको परिवर्तित स्वरुपले सिर्जना गरेको जटिलता सम्बोधन गर्न सन् २०१० मा मेक्सिकोको क्यानकुनमा संयुक्त राष्ट्र संयुक्त राष्ट्र संघको जैविक विविधता सम्मेलनमा हरित जलवायु कोष स्थापना भयो। अर्थात् जलवायु परिवर्तनलाई सम्बोधन गर्न विकासशील देशहरूलाई बढ्दो वित्तीय सहयोगको आवश्यकता पूरा गर्ने प्रयासस्वरुप कोषको स्थापना भएको थियो।

 

 

सन् २००० देखि २०१९ सम्म गरिएको जलवायु परिवर्तनको प्रभाव मूल्यांकनले नेपाललाई दसौं अत्यधिक जोखिमको स्थानमा राखेको छ। नेपाल भन्दाबढी जोखिममा रहेका एसियाका अन्य देशहरूमा म्यानमार (दोस्रो), फिलिपिन्स (चौथो), बंगलादेश (सातौं) पाकिस्थान (आठौं) र थाइल्याण्ड (नवौं) स्थानमा छन्।

 

 

नेपालको हिमाली भागमा रहेका हिमतालको बिस्फोटका घटनाहरू सामान्यजस्तै हुने गरेका छन्। सन् १९७७ देखि नेपालले हालसम्म जम्मा २६ वटा हिमताल बिस्फोटका घटना व्यहोरिसकेको छ। पछिल्लो हिमताल बिस्फोटको घटना सन् २०२४ को अगस्ट १६ मा चामे क्षेत्रको थानबो हिमताल फुटेर भएको बाढीबाट ठूलो क्षति भएको थियो। त्यस्तै, हालै (२०२५ जुलाई ८ का) तिब्बतमा रहेको एक हिमताल बिस्फोट हुँदा भोटेकोशी नदीमा ठूलो बाढी आउँदा झण्डै १०० वटा सवारी साधन बगाएको थियो भने अन्य धनजनको समेत क्षति पुगेको थियो।

 

 

हिमताल बिस्फोटबाट हुनसक्ने क्षति कम गर्ने कार्यका लागि नेपालले हरित जलवायु कोषबाट पाँच अर्ब नेपाली रुपैयाँ बराबरको अनुदान प्राप्त गरेको छ। हिमताल संरक्षणको क्षेत्रमा नेपालले प्राप्त गरेको यो रकम हरित जलवायु कोषले उपलब्ध गराएको पहिलो र सबैभन्दा ठूलो सहयोग हो।

 

 

यो सात वर्षे परियोजनामा जोखिम अनुगमन र पूर्वचेतावनी प्रणालीको विस्तार र स्तरोन्नति गर्न निम्नानुसारका चार उच्च जोखिम भएका हिमतालहरू (थुलागी, तल्लो बरुण, लुम्दिङ होङ्गु-२) छनोट गरिएका छन्। यी तालहरूमा पानीको स्तर घटाउने, ताल वरपर र तल्लो तटीय क्षेत्रहरूमा १५० हेक्टरभन्दा बढी भूमिमा रूखहरू रोप्ने, चेक बाँध बनाउने र वनस्पतिमा आधारित ग्याबियन पर्खाल बनाउनेजस्ता सुरक्षात्मक पूर्वाधारहरू तयार गर्ने कामका साथै नदी किनार र बाढीग्रस्त क्षेत्रहरूलाई संरक्षण गर्ने काम समावेश छन्।

 

 

चयन गरिएका हिमनदी तालहरूको छोटो विश्लेषणछनोट गरिएका चार हिमतालहरूको नक्शा डाटा विश्लेषण गर्नको लागि मैक्सार, इस्री र अर्थस्टारले सम्पादन गरेको सन् २००३ मार्च १८ तारिख र सन् २०२१ को नोभेम्बर २८ तारिखमा खिचिएका भिन्न भिन्न सेटेलाइट नक्शाहरूलाई जिआइएस प्रो प्रविधि प्रयोग गरेर गरिएको हो।

 

 

१. थुलागी हिम ताल :

मर्स्याङ्दी रिभर बेसिनअन्तर्गतको यो हिमताल पुरानै हो। इसिमोड (अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र) को एक अध्ययनले यो हिमताल सन् २००१ र २०११ मा पनि देखिएको थियो। यसमा पहिरो जाने वा हिमपहिरो खस्न सक्ने उच्च सम्भावना रहेको मानिएको छ। ठूलो तालमा जमेको पानीले बाढीको रूप लिँदा मर्स्याङ्दीको तटीय क्षेत्रको बस्ती खतरामा पर्ने देखिएको हो। थुलागी हिमताल, जसलाई स्थानीय रूपमा दोना ताल भनेर पनि चिनिन्छ। भौगोलिक अवस्थितिको हिसाबले ८४.५४२१ पूर्वी देशान्तर र २८.५२९५ उत्तरी अक्षांशमा रहेको छ। यो ताल समुन्द्री सतहबाट ४०५० मिटरको उचाइमा रहेको छ।  यो मर्स्याङ्दी नदीको सहायक नदी डोना खोलाको मुहान हो। यो ताल मनास्लु पर्वतको दक्षिण पश्चिममा लगभग ४.५ किलोमिटर लामो भग्नावशेषले ढाकिएको थुलागी हिमनदीको फेदमा अवस्थित छ। तालको निकासबाट लगभग १.५ किलोमिटर दायाँपट्टी मोरेनमा ठाडो पहाडी ढलानबाट चट्टानी हिमपहिरोको सम्भावना रहेको छ। माथि उल्लेख गरिएको अध्ययान अनुसार सन् १९८८ मा ०.७२ वर्ग किलोमिटर सतहको क्षेत्रफल रहेको उक्त्त ताल सन् २०१८ मा आइपुग्दा यसको क्षेत्रफल बढेर ०.९४ वर्ग किलोमिटर पुगेको छ।

 

 

थुलागी ताल मनास्लु पर्वतको दक्षिण पश्चिममा ४,०४४ मिटरको उचाइमा अवस्थित काठमाडौंबाट १२० किलोमिटर दुरीमा छ। यो ताल मनाङ जिल्लाको नासो गाउँपालिका र गोरखा जिल्लाको चुम गाउँपालिकाको सिमानामा पर्ने मर्स्याङ्दी नदी बेसिनको जलग्रहण क्षेत्रमा अवस्थित छ। जर्मनीको फेडरल इन्स्टिच्युट फर जियोसाइन्सेस एण्ड नेचुरल रिसोर्सेस र नेपालको जलविज्ञान तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा गरेको एक अध्ययनले थुलागी तालको आयतन २००९ मा लगभग ३५.३ मिलियन घनमिटर हुन आएको थियो। जबकि, यसको आयतन सन् १९९५ मा ३१.७५ मिलियन घनमिटर थियो।

 

 

यद्यपि, मौसम अनुसार हिमतालको क्षेत्रफल घटबड हुने गर्दछ। यस लेख तयार पर्ने क्रममा माथि उल्लेख गरिएको स्रोत सामग्री र अनुसन्धान उपकरणको सहायताले गरिएको एक सानो अध्ययनले उक्त तालले सन् २००३ को मार्च १८ मा खिचिएको सेटलाइट नक्शा अनुसार १८६४.९४ हेक्टर सतह ढाकेको देखिन्छ भने सन् २०२४ को नोभेम्बर २८ तारिखमा खिचिएको नक्शाले त्यसको क्षेत्रफल बढेर २०११.७३ हेक्टर सतह ढाकेको देखिन्छ।

 

 

२. हिङ्कु हिमताल

हिङ्कु हिमताल नेपालको पूर्व उत्तरमा पर्ने सोलुखुम्बु र संखुवासभा जिल्लामा फैलिएको मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्र र यसको बफर क्षेत्रभित्र पर्ने एक ताल हो। यो ताल सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकामा पर्दछ। भौगोलिक अवस्थिति अनुसार यो ताल २७.८५४८०७ उत्तरी अक्षांश र ८६.९६४२९७ पूर्वी देशान्तरमा रहेको छ। यो हिम ताल काठमाडौंबाट १६४ किलोमिटर उत्तरपूर्व दिशामा अवस्थित छ। यस तालको पानी हिन्कु दरंगा हुँदै दुधकोशीमा झर्छ। यो तालको ढलानको कोण दक्षिणपट्टी फर्केको छ। नदी प्रणाली अनुसार यो नदी कोशी नदीको प्रशाखाको रूपमा रहेको छ। यो तालको आकार हेर्दा गोरुको सिङजस्तो देखिन्छ।

 

 

सञ्जवलरत्न बज्राचार्य र प्रदीप मूलले सन् २०१७ मा दुधकोशी जलाधार क्षेत्रमा पार्ने हिन्कु दरंगा क्षेत्रमा गरेको एक अध्ययन अनुसार उक्त क्षेत्रमा पर्ने हिमनदीहरू प्रतिवर्ष १०-५९ मिटर प्रतिवर्षका दरले सगरमाथा क्षेत्रका हिमनदीहरू पछाडि हट्छन्। यस लेख तयार पार्ने क्रममा माथिको प्रविधि प्रयोग गरेर हेर्दा उक्त तालको तल्लो पुच्छरजस्तो देखिने भाग १.०७३ किलोमिटर अर्थात् प्रतिवर्ष ५३ मिटर पछाडि सरेको देखिन्छ। त्यस्तै, सन् २००३ मा यस तालले ढाकेको भूमि ५८३ हेक्टर थियो भने यो क्षेत्र बढेर सन् २०२४ मा ६१४ हेक्टर देखिन्छ।

 

 

३. लुम्दिङ हिम ताल

दुधकोशी रिभर बेसिनअन्तर्गत पर्ने लुम्दिङ हिमताल पनि छिटोछिटो बढिरहेका कारण उच्च जोखिममा देखिएको छ । यो हिमताल सोलुखुब्बु जिल्लाको खुम्बु पासाङ लामु गाउँपालिकामा पर्दछ। काठमाडौंबाट १३४ किलोमिटर उत्तरपूर्वमा पर्ने यो तालको ड्याम कमजोर देखिएकाले लुम्दिङ उच्च जोखिमको मानिएको हो ।

 

 

लुम्दिङ हिमनदी पछाडि हट्दै गएको कारणले यो तालको विस्तार हुँदै गएको छ। यो तालबारे सन् २०१७ मा एक अध्ययन भएको थियो। उक्त अध्ययन सन् १९६२ देखि सन् २०१३ सम्म गरिएको थियो। उक्त अध्ययनमा सन् १९६२ मा  उक्त तालको क्षेत्रफल ०.२ वर्ग किलोमिटर थियो भने त्यो बढेर सन् २०१३ मा ०.७७  वर्ग किलोमिटर पुगेको थियो। साथै सन् १९६२ देखि सन् २००७ सम्म उक्त क्षेत्रका हिमनदीहरू प्रतिवर्ष ३५ मिटरका दरले पछाडि सर्दै गरेको पाइएको थियो।

 

 

यस लेख तयार पार्ने क्रममा माथिको प्रविधि प्रयोग गरेर हेर्दा उक्त तालको तल्लो पुच्छरजस्तो देखिने भाग १.०७३ किलोमिटर अर्थात् प्रतिवर्ष ५३ मिटर पछाडि सरेको देखिन्छ। त्यस्तै, सन् २००३ मा यस तालले ढाकेको भूमि ५८३ हेक्टर थियो भने यो क्षेत्र बढेर सन् २०२४ मा ६१४ हेक्टर देखिन्छ।

 

 

यस लेख तयार पार्ने क्रममा माथिको प्रविधि प्रयोग गरेर हेर्दा उक्त ताल पूर्व-पश्चिम लम्बिएको र बीचको भाग माथि उठेको देखिन्छ। यो तालको पूर्वपट्टीको भाग २.५८ किलोमिटर लम्बिएको देखिन्छ। सन् २००३ को नक्शामा यो तालको लम्बाई ३.६२ किलोमिटर थियो भने सन् २०२४ मा यसको लम्बाई ६.२० किलोमिटर देखिन्छ। त्यस्तै, सन् २००३ मा यसको क्षेत्रफल २२० हेक्टर मापन गरियो भने सन् २०२४ को नक्शामा यसको क्षेत्रफल ३१९ हेक्टर मापन गरियो।

 

 

४. तल्लो बरुण हिमताल

विभिन्न अनुसन्धानहरूले तल्लो बरुण हिमताल धेरै दृष्टिकोणबाट नेपाली बस्तीलाई क्षति पुर्‍याउने उच्च जोखिममा देखाएका छन्। यो हिमतालमा पानीको मात्रा निकै छिटो बढिरहेको पाइएको छ । अनुसन्धानले तालको दायाँतर्फ पहिरो जान सक्ने र हिमपहिरो पनि आउन सक्ने सम्भावना देखाएका छन्। यो ताल संखुवासभा जिल्लाको मकालु गाउँपालिकामा पर्दछ। काठमाडौंबाट १६७ किलोमिटर उत्तरपूर्वमा पर्ने यो तालको भौगोलिक अवस्थिति ८७.०२०५८ डिग्री पूर्व र २७.८२८५ डिग्री उत्तरमा छ।

 

तल्लो बरुण हिमताल नेपाल हिमालयमा रहेको मकालु पर्वत नजिकै बरुण उपत्यकामा अवस्थित एक ठूलो, गहिरो र द्रूत गतिमा फैलिरहेको हिमताल हो। तल्लो बरुण हिमनदीबाट निस्कने हिमनदी पग्लने पानीको कारणले गर्दा यो द्रूत वृद्धिको लागि परिचित छ र हिमताल फुट्ने र बाढी आउनका लागि उच्च जोखिम क्षेत्र मानिन्छ। विभिन्न अध्ययनहरूले सन् १९८९ मा यसको क्षेत्रफल ०.६४ वर्ग किलोमिटर मापन गरेका छन् भने सन् २०१८ मा २ वर्ग किलोमिटर मापन गरिएको छ।

 

 

उक्त ताल दक्षिण पूर्वतिर पुच्छरजस्तो भएर लम्बिएको देखिन्छ।  यो पुच्छरजस्तो देखिने भाग अध्ययन अवधिको (२००३ देखि २०२४ ) अन्तरालमा ३.६३ किलोमीटर लम्बिएको देखिन्छ।  अर्थात् प्रतिवर्ष १७२ मिटर हिउँ पछाडि सरेको देखिन्छ। त्यस्तै, सन् २००३ मा यस तालले ढाकेको भूमि १९१८ हेक्टर थियो भने यो क्षेत्र बढेर सन् २०२४ मा २२७६ हेक्टर देखिन्छ।

 

 

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्शाको अवलोकन गर्दा उक्त चार वटा ताल निकै जोखिम अवस्थामा देखिन्छन्। थुलागी हिमतालले नेपालाको मर्साङ्दी नदीमा पानीको आपूर्ति गर्दछ। यस नदीको तल्लो तटीय भागहरूमा बाक्लो आवादी हुनाको साथै तीन वटा ठूला जलविद्युत परियोजना (उपल्लो मर्साङ्दी, तल्लो मर्साङ्दी र मर्साङ्दी) छन्। यी परियोजनाहरूको संरक्षणका लागि पनि उक्त तालको संरक्षण अपरिहार्य देखिन्छ।  बाँकी तीन वटा तालले दुधकोशी नदीमा पानीको आपूर्ति गर्दछन्। यस नदीको तल्लो तटीय भागहरूमा बाक्लो आवादी हुनाको साथै चार वटा ठूला जलविद्युत परियोजना छन्। यी परियोजनाहरूको संरक्षणका लागि पनि उक्त तालको संरक्षण अपरिहार्य देखिन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बर्दगोरियामा ३ किलोमिटर कालोपत्रे सडकको शिलान्यास, स्थानीयवासीमा खुशीको लहर

कैलाली — कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. १ मा बहुप्रतीक्षित कालोपत्रे सडक निर्माण कार्यको आज एक भव्य कार्यक्रमका बीच औपचारिक रूपमा शिलान्यास गरिएको छ। गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले सडक निर्माण कार्यको शिलान्यास गर्दै स्थानीय तहले विकास निर्माणका योजनाहरूलाई तीव्र गतिमा अगाडि बढाइरहेको बताउनुभएको...

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

काठमाडौँ,   परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशनको तयारी थालेको छगत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको उक्त परीक्षाका उत्तरपुस्तिका परीक्षा समाप्त हुनासाथ परीक्षण एवं सम्परीक्षणई थालेको उक्त कार्यालयले यही वैशाख २९ गतेभित्र परीक्षाफल सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले...

तनहुँ जलविद्युत् आयोजना : रुख कटानको अनुमति प्राप्त

दमौली (तनहुँ),  तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लास्थित राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रुख कटानको अनुमति प्राप्त भएको छ डिभिजन वन कार्यालय चितवनले शुक्रबारदेखि लागू हुनेगरी प्रसारण लाइन निर्माण क्षेत्रभित्र पर्ने रुखहरूको कटान, मुछान तथा सुरक्षित घाटगद्दी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

बर्दगोरियामा ३ किलोमिटर कालोपत्रे सडकको शिलान्यास, स्थानीयवासीमा खुशीको लहर

कैलाली — कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. १ मा बहुप्रतीक्षित कालोपत्रे सडक निर्माण कार्यको आज एक भव्य कार्यक्रमका बीच औपचारिक रूपमा शिलान्यास गरिएको छ। गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले सडक निर्माण कार्यको शिलान्यास गर्दै स्थानीय तहले विकास निर्माणका योजनाहरूलाई तीव्र गतिमा अगाडि बढाइरहेको बताउनुभएको...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

बर्दगोरियामा ३ किलोमिटर कालोपत्रे सडकको शिलान्यास, स्थानीयवासीमा खुशीको लहर

कैलाली — कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. १ मा बहुप्रतीक्षित कालोपत्रे सडक निर्माण कार्यको आज एक भव्य कार्यक्रमका बीच औपचारिक रूपमा शिलान्यास गरिएको छ। गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले सडक निर्माण कार्यको शिलान्यास गर्दै स्थानीय तहले विकास निर्माणका योजनाहरूलाई तीव्र गतिमा अगाडि बढाइरहेको बताउनुभएको...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

छात्रवृत्ति वितरणमा न्यु स्टारको नयाँ कदम, अभिभावक र विद्यार्थी उत्साहित

कैलाली । घोडाघोडी नगरपालिका–१, सुखडस्थित न्यु स्टार इङ्लिस बोर्डिङ्ग स्कुलले यस वर्ष छात्रवृत्ति वितरणमा पारदर्शिता देखाउँदै कोटा नै खुलाएर आवेदन आह्वान गरेको छ। शैक्षिक सत्र २०८३ का लागि विद्यालयले नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीका लागि कुल १३१ सिट (१३.५%) र १.५ प्रतिसत नगरपालिकाले आग्रह...

चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने

नारायणगढ (चितवन),  जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जिपिएस जडान अनिवार्य गरिएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जिपिएस जडान गर्नुपर्ने...

‘रन च्यालेन्ज’ शनिबार

काठमाडौँ,  एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा पहिलो चरणको ‘नेपाल—५ के रन च्यालेन्ज’ हुने हुने भएको छ । शनिबार हुने दौडमा विभिन्न छ विधामा प्रतिस्पर्धा हुने एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिनुभयो ।   खुला महिला/पुरुष र ४५ वर्षमाथि पुरुष भेट्रानतर्फ पाँच...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९