सशस्त्र प्रहरीद्वारा पशुपालन फर्ममा छापा, १ करोड ५८ लाखको अबैध समान बरामद

सर्लाही। सशस्त्र प्रहरी बल, नेपाल सर्लाही २ गण र मलंगवा भन्सार कार्यालयको संयुक्त विशेष टोलीले सर्लाहीको ईश्वरपुर नगरपालिका–२ स्थित गएराती एकजना  तस्करको पशुपालन फर्ममा छापामारी ठूलो परिमाणको अवैध कपडा र चुरोट बरामद गरेको छ।

बिहीवार राती ८ बजेर ५ मिनेटमा सशस्त्र प्रहरी बल र मलंगवा भन्सारको टोलीद्वारा तुलसी पशुपालन फर्ममा गरिएको संयुक्त छापामारीबाट ३१ पोका अबैध कपडा र प्लाटिनियम ब्रान्डका ७० कार्टुन चुरोट बरामद गरेकाे हाे । बरामद कपडा र चुरोटको अनुमानित बजार मूल्य १ करोड ५८ लाख ५९ हजार रुपैयाँ बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ।

 

छापामारी गर्ने संयुक्त टोलीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गणका प्रमुख एसपी देव बहादुर चन्दको नेतृत्वमा ५१ जना सुरक्षाकर्मी र भन्सार अधिकृत कमल बहादुर खड्काको टोलीका ५ जना कर्मचारी सहभागी थिए। सशस्त्र प्रहरी बल, नेपाल प्रदेश २ का प्रमुख डिआईजी कृष्ण ढकालले न्युज कारखाना संग कुरा गर्दै लगातार रुपमा भइरहेको तस्करी नियन्त्रणको अभियान अन्तर्गत यो अहिलेसम्मकै ठूलो सफलता रहेको बताएका छन्।

ढकालले पदभार सम्हालेयता दुई महिनाको अवधिमा मात्रै प्रदेश २ भित्र विभिन्न १७ वटा अपरेसनमार्फत १७ करोड,१२ लाख ४६ हजार ४८६ रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान र १हजार २८०किलो।२१६ ग्राम लागुऔषध गाँजा र  ८२हजार,९६६ नशालु क्याप्सुल ट्रामाडोल हाइड्रोक्लोराइड बरामद गरिएको सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालयका प्रवक्ता एस एसपी सुरजसेन ओलीले जानकारी दिएका छन्।डिआईजी ढकालले चोरी तस्करी नियन्त्रणमा सुराकी प्रणालीको सशक्त प्रयोग तथा निगरानीको दायरा विस्तार गरिएकोले परिणाम देखिन थालेको उल्लेख गर्दै प्रवक्ता ओलीले आम नागरिकलाई पनि सूचना दिन आग्रह गरेका छन् ।बरामद सामान आवश्यक अनुसन्धानपछि भन्सार कार्यालय मलंगवामा बुझाइएको छ भने तस्करीमा संलग्नको खोजी तथा अनुसन्धान कार्य अघि बढाइएको सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालय बर्दिवासले जनाएको छ। मधेश प्रदेशमा पछिल्लो समय तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी कडा रुपमा प्रस्तुत भएको देखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९