रौतहटमा बिपद र उद्वारमा सशष्त्र प्रहरी सक्रिय

रौतहट ।रौतहट स्थित बिपद तथा राहत उद्धार कार्यमा सशस्त्र प्रहरीको प्रशंसनिय भूमिका देखिएको छ।गत माघ ३० गते सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हे.क्वा. रौतहटकाे प्रमुखको रुपमा एसपी सन्तोष कुमार बस्नेतले जिम्मेवारी सम्भाले पछी विविध घटनाहरूमा सशस्त्र प्रहरीको सक्रियता प्रशंसनिय देखिएको हो।

 

एस्पी बस्नेतका अनुसार गत आर्थिक वर्षदेखि हालसम्म सवारी दुर्घटना उद्धार ६२ वटा, आगलागी नियन्त्रण ४० वटा, नदी तथा खोलामा नुहाउने क्रममा भएका ८ वटा घटनाहरूमा उद्धार तथा शव खोज कार्यमा ६८० जना सशस्त्र प्रहरी परिचालित भएको छ।

 

ती घटनाहरूमा ६ जना मृतककाे शव निकालिएको छ भने एकको जीवित उद्धार गरिएको हो।
रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा डुबेर हालसम्म तीन भारतीय नागरिकको ज्यान गएको छ भने एक महिलाको जीवित उद्धार गरिएको छ।

 

पहिलो घटना साउन ९ गते साँझ ५ बजे  भारत, बिहारको सितामढी जिल्लास्थित मुसहरी ग्रामपञ्चायत–९ निवासी १४ वर्षीय पवन कुमार साह र २२ वर्षीय निलम कुमार राजवंशी बागमती नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए।

 

पवनको शव साउन १० गते र निलमको शव साउन ११ गते फेला परेको हो।दोस्रो घटना साउन १७ गते बिहान ७:३० बजे बिहार, कटिहार जिल्लाका ३० वर्षीय रोहित कुमार सिंह मादक पदार्थ सेवनपछि नदीमा पसेर डुबेका थिए। उनको शव पनि साउन १९ गते फेला परेको हो।

 

आत्महत्या प्रयासबाट जीवन रक्षाः साउन ४ गते साँझ ५:४५ बजे भारतको कटिहार जिल्लाको भुटा थाना निवासी ४५ वर्षीय रामवीर महतोले आत्महत्या प्रयासस्वरूप बागमती नदीमा हाम फालेका थिए।तर, सशस्त्र प्रहरीको विपद् उद्धार टोलीले स्थानीयवासीको सहयोगमा उनलाई जिउँदै उद्धार गर्न सफल भयो। पछि उनलाई उनको श्रीमतीको जिम्मा लगाइएको थियो।

 

सशस्त्र प्रहरीको उल्लेखनीय भूमिका: उपरीक्षक सन्तोष कुमार बस्नेतको नेतृत्वमा सञ्चालित विपद् उद्धार टोलीले हालसम्म ६ जनाको खोज तथा उद्धार कार्य सफलतापूर्वक सम्पन्न गरेको छ।मृतकका शवहरू कानुनी प्रक्रिया अनुसार पीडित परिवारलाई जिम्मा लगाइएको छ भने जीवन संकटमा परेकाहरूको उद्धारमा टोलीले तत्परता देखाएको छ।

 

नदी सुरक्षाप्रति गम्भीर ध्यानको आवश्यकता: गर्मीको मौसममा बागमती नदीमा नुहाउने र पौडी खेल्नेक्रममा यस्ता घटनाहरू बारम्बार हुने गरेको पाइन्छ। यसपटक डुबेर मृत्यु भएका अधिकांश व्यक्ति भारतीय नागरिक हुन्।नदीको आसपासमा चेतावनी संकेतको अभाव, मादक पदार्थ सेवनपश्चात नदीमा पसेर हुने दुर्घटना, तथा नियमित निगरानीको कमीले यस्तो समस्या दोहोरिएको देखिन्छ।

 

समाधानका उपायहरू: विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको सक्रियता सर्वसाधारणमा आश्वासन जगाउने खालको भए पनि, यस्ता घटना न्यूनीकरण गर्न स्थानीय तह, प्रहरी प्रशासन तथा जनप्रतिनिधिहरूले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै चेतावनी बोर्ड राख्ने, नियमित गस्ती गर्ने र नदी सुरक्षामा प्राथमिकता दिने कार्यहरू आवश्यक देखिन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणासूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९