सामुदायिक वनमा बढ्दै वन्यजन्तु र पक्षी

महोत्तरी,  बर्दिवास नगरपालिका–३ स्थित कालीदमार तथा रातु महिला सामुदायिक वन संरक्षित गरिएपछि वन्यजन्तु र पक्षी निकै बढेका छन् । बर्दिवास–३ को चुरेकाछको बस्ती कालापानीका २१० घर उपभोक्ता रहेका यी दुवै वन क्षेत्रमा चरीचरण र सिकार पूर्ण रुपले बन्द गरिएपछि वन्यजन्तु तथा पक्षीको सङ्ख्या निकै बढेको हो । करिब ३५९ हेक्टरको कालीदमार र ३५० हेक्टरको रातु महिला सामुदायिक वनका कालापानीकै बासिन्दा उपभोक्ता छन् । एउटै क्षेत्रभित्रको दुवै वन भए पनि वनको संरक्षणमा महिला सहभागिता बढाउन महिलाकै प्रत्यक्ष भूमिका हुनेगरी रातु महिला सामुदायिक वन बनाइएको उपभोक्ताको भनाइ छ । रातु महिला सामुयिक वन उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यमा सबै महिला छन् ।
“एउटै बस्तीका उपभोक्ताका दुई वटा सामुदायिक वन भएपछि संरक्षणको पहलकदमी बढेको छ”, कालीदमार सामुदायिक वन उपभोक्ता समितिका संस्थापक सचिव बालकिशोर रायमाझी भन्नुहुन्छ, “खासगरी वन संरक्षणमा यहाँका महिलाले देखाएका अग्रसरता अनुकरणीय छ ।” वनमा चरीचरण पूर्ण बन्द गरिएपछि एक÷दुई वर्ष पहिलेका पोथ्रा हलक्क बढेका रायमाझीको भनाइ छ । अहिलेको कालीदमार वनक्षेत्रमै कालापानी उद्यान (पार्क) पनि छ । बिपी राजमार्गको दायाँबायाँ पर्ने यो वनक्षेत्रमा अहिले मयुँर र लुइँचे पक्षी बाक्लै बढेका छन् ।
यसैगरी वनमा मृग, हरिण, दुम्सी, नीलगाई र बँदेलको सङ्ख्या बढेको रायमाझीले बताउनुभयो । कालापानी उद्यानको संरक्षित वन क्षेत्रका हरिण त मान्छेसँग रतिएर खेल्ने गरेका उहाँको भनाइ छ । वन क्षेत्रको संरक्षण चासो घरघरका महिलाले लिने गरेका रातु महिला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मुना श्रेष्ठ बताउनुहुन्छ । “वन संरक्षणको कुरामा हामी मोलाहिजा गर्दैनौँ, सबै महिला पहरेदारी गर्छौं”, श्रेष्ठ भन्नुहुन्छ, “यो सामूहिक प्रयत्नले वन अहिले जोगिएको मात्र होइन बढेको छ ।” संरक्षणको सवालमा दुवै वन उपभोक्ता समितिबीच आपसी समन्वय हुने गरेको उहाँको भनाइ छ ।
उद्यान क्षेत्रमा बढेका विभिन्न रङका चराचुरुङ्गीको थरिथरिका चिरिबिर (कलरब) ले त्यसक्षेत्रमा भ्रमण गर्ने पर्यटक दङ्ग पर्छन् । “नाउँ नै नजानिएका थरिथरिका चराचुङ्गी निकै बढेछन्, अनि उद्यान क्षेत्रमा लगाइएको तारबारले घरपालुवा पशुवस्तु र मान्छे छिर्न नमिल्ने बन्दोबस्त रहेछ”, उद्यान अवलोकनमा पुग्नुभएका होटल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष गुञ्जबहादुर कार्की भन्नुहुन्छ, “वन संरक्षणमा देखिएको स्थानीय पहलकदमीले उद्यान क्षेत्र जिल्लाकै पर्यटकीय गन्तव्यका रुपमा विकास हुने सम्भावना देखिन्छ ।” स्थानीय प्रयत्नमा राज्यका निकायको भरथेग हुनसके यो ठाउँ पर्यटकको मन लोभ्याउने गन्तव्य बन्ने कार्कीको कथन छ ।
महोत्तरीमा पर्ने चुरेक्षेत्र सबै बर्दिवास नगरपालिका क्षेत्रमा मात्र छ । यहाँको सघन वनक्षेत्रसँगै रहेका पौराणिक, धार्मिक र पुरातात्विक महत्वका ठाउँको विकासमा सबैभन्दा पहिले स्थानीयतहले योजनाबद्ध कामको थालनी गर्नपर्ने पर्यटन व्यवसायी बताउँछन् । “यही नै महाभारतकालीन जनश्रुतिको टुटेश्वरनाथ महादेव मन्दिर, आदिशक्ति भगवतीको पञ्चधुरा देवी शक्तिपिठ, इन्द्रले तपस्या गरेर शिवजी प्रसन्न तुल्याएका राइमण्डलधाम, पाषाण युगकालीन हतियार कारखाना, लोपोन्मुख पक्षी गिद्धको बासस्थान, उच्च पहाडी क्षेत्रमा हुने जुनार, सुन्तलासहितका फल फल्ने चनौटेडाँडा र बहुमूल्य जडीबुटीको भण्डार रहेको बेसारे तथा सोलीघोप्टे पाहाडी थुम्का छन्”,
बर्दिवासका संस्कृति तथा पर्यटन प्रवर्द्धन समितिका संयोजकसमेत रहनुभएका नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशका अध्यक्ष हिरालाल गौतम भन्नुहुन्छ, “प्रकृतिले दिएको यो अनुपम भण्डारलाई पर्यटनसँग जोडेर प्रवर्द्धन गर्नसके समृद्धि हामी प्राप्त गर्न सक्छौँ ।” यसका अतिरिक्त विदेहराज जनकको विद्वतसभाका महाज्ञानी अष्टावक्रको जन्मस्थान पनि यहीँकै चुरेकाछको हालको रजबासमा रहेको मानिएको छ । यी स्थलको समयोचित विकास तीनै तहका सरकारको संयुक्त पहलकदमी हुनपर्ने गौतमको सुझाव छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९