स्रष्टाले सम्झिए महाकवि देवकोटालाई

गण्डकी,‘फक्रेर फेरि आऊ खुल्लै छ बागवानी कल्पेर देवकोटा फुर्दै छ रे बिहानी’ मुजारे अखरब बहरको गजलसहित स्रष्टा रामचन्द्र शर्मा यसरी प्रस्तुत हुनुभयो । गजलको अर्को शेरमा उहाँले थप्नुभयो- ‘साहित्यको विरासत बोकेर माथि ल्यायौँ पदचाप खोज्न तिम्रा डुल्दै छ मर्मज्ञानी’ सोमबार बागलुङमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्तीका अवसरमा आयोजित प्रतियोगितात्मक काव्य गोष्ठीमा शर्मासहित झण्डै एक दर्जन स्रष्टाले आफ्ना रचना सुनाए । कसैले सिर्जनाका माध्यमबाट महाकवि देवकोटालाई सम्झिए त कोहीले समसामयिक मुद्दा र परिवेशलाई समेटे ।
स्रष्टा कोपिला कँडेलले महाकविलाई सम्बोधन गर्दै कविता सुनाउनुभयो– ‘देवकोटा म कस्तो कविता लेखुँ, शान्तिको कविता लेखुँ कि, क्रान्तिको कविता लेखुँ कवितामा गाउँ, समाज र देशका कविता समेटुँकी मनभित्रका पीडा र दर्दका कविता समेँटु’ विद्यामन्दिर पुस्तकालयले देवकोटा जयन्तीका अवसरमा यहाँका कवि, लेखकलाई एकैठाउँ जुटाएको थियो । स्रष्टा चन्द्रबहादुर क्षेत्री ‘चन्द्रसूर्य’ले ‘नेपाल आमा रोइरहेकी छिन्’ शीर्षकको कविता पाठ गर्नुभयो । उहाँको कवितामा देशप्रेमको भाव झल्कन्थ्यो । देशले अहिले बाँचिरहेको समय कवितामा प्रस्फुटित थियो । ‘देश रोइरहेको छ म पनि रोइरहेको छु सायद हजुरको मन पनि रोइरहेको छ मेरी प्यारी जननी हाम्री नेपाल आमा पटकपटक बलात्कृत भइरहेकी छिन् कहिले आफ्नै सन्तानहरुबाट कहिले छिमेकी सैतानहरूबाट’ ‘समाजसेवी’ शीर्षकको कवितामार्फत स्रष्टा सञ्जयश्याम राजभण्डारीले समाजका भ्रष्ट र अनैतिक पात्रविरुद्ध कटाक्ष गर्नुभयो ।
उहाँको कविताले भन्छ- ‘एउटा हुल म्याँ गरे पनि ताली बजाउँछ भ्याँ गरे पनि ताली बजाउँछ हुयाँ गरे पनि ताली बजाउँछ च्याँ गरे पनि ताली बजाउँछ मालिक जो ब्रिफकेसमा नोटको भारी बोक्छ ताली बजाउनेलाई नोटको बिटो बाँड्छ समाजसेवाको बिगुल फुक्छ हो, ऊ समाजसेवी हो चर्चा उसकै छ, परिचय उसकै छ, ताली उसकै छ, जयजयकार उसकै छ सबैथोक उसकै छ, किनकी ब्रिफकेस र सुटकेसभरी नोट उसकै छ’ व्यङ्गमिश्रित कविताका माध्यमबाट स्रष्टा राजभण्डारीले राजनीतिज्ञ र समाजसेवीका आडमा मौलाएको भ्रष्ट आचरणलाई झटारो हान्नुभएको थियो । प्रतियोगितात्मक काव्य गोष्ठीमा सर्जकले छन्द र मुक्त शैलीका कविता सुनाएका थिए । भिन्दाभिन्दै भाव र कोणबाट रचनाकारले महाकविको स्मरण गरे, श्रद्धा प्रकट गरे । रसिला र चोटिला कविताले दर्शकदीर्घाबाट वाहीवाही पाए ।
प्रतियोगितात्मक काव्य गोष्ठीमा स्रष्टा रामचन्द्र शर्माद्वारा प्रस्तुत गजल प्रथम भयो । सञ्जयश्याम राजभण्डारीको कविताले द्वितिय स्थान र कोपिला कँडेलको कविताले तेस्रो स्थान हासिल गर्‍यो । काव्य गोष्ठीमा स्रष्टा युक्तप्रसाद सुवेदी, गोविन्द सुवेदी, गुणराज पौडेल ‘गुराँस’, धनराज सापकोटा ‘जिज्ञासु’लगायतले सिर्जना प्रस्तुत गरेका थिए । देवकोटा जयन्तीका प्रमुख अतिथि कवि एवं विद्यामन्दिर पुस्तकालयका पूर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारीले महाकवि देवकोटालाई नेपाली साहित्यका बहुआयमिक प्रतिभाका रूपमा स्मरण गर्नुभयो ।
“कम उमेर बाँचेर पनि देवकोटाले नेपाली साहित्यलाई अमूल्य योगदान दिनुभएको छ”, उहाँले भन्नुभयो, “मूल रूपमा साहित्य सिर्जनामा लागेपनि राजनीति र पत्रकारितामा पनि उहाँको योगदान रहेको छ ।” पुस्तकालयले बर्सेनि देवकोटा जयन्ती पारेर काव्य गोष्ठीसहित परिचर्चा कार्यक्रम राख्ने गरेको छ । विसं २००३ मा खुलेको विद्यामन्दिर पुस्तकालयले स्थापनाको सुरुदेखि देवकोटाको जयन्ती मनाउँदै आएको छ । विसं २०६२ मा देवकोटा जयन्ती संयोजन उपसमिति बनाएर जयन्तीलाई अझ व्यवस्थित पारिएको उपसमितिका संयोजक एवं साहित्यकार काजी रोशनले बताउनुभयो । राम थापा/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मुस्ताङको लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु

मुस्ताङ, यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु गरिएको छ । गाउँपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालयले सेवा प्रवाह गर्न थालेको हो ।आन्तरिक राजस्व कार्यालय बाग्लुङले व्यक्तिगत तथा व्यावसायिक उद्योग दर्तासम्बन्धी जिम्मेवारी लोमान्थाङ गाउँपालिकालाई अख्तियारी दिएको छ । उद्योग तथा व्यक्तिगत व्यवसाय दर्तासम्बन्धी सम्पूर्ण...

जलजलामा हिमाल र बादलको लुकामारी

म्याग्दी, पहाडको उच्च स्थानमा फैलिएको समथर घाँसेमैदान, हरियाली पहाडको पृष्ठभूमिमा लहरै देखिने हिमाल, छिनछिनमा बादल र हिमालको लुकामारी, शीतल हावापानी तथा शान्त वातावरणका कारण म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजला पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।     समुद्री सतहदेखि तीन हजार ४१४ मिटर उचाइमा रहेको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ३१ पैसा र बिक्रीदर...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

माझी महिलालाई आत्मनिर्भर बनाउन गलैँचा बुनाइ तालिम

चौतारा,  सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१३ स्थित रातोमाटे माझी बस्तीका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले ४५ दिने गलैँचा बुनाइ तालिम सुरु गरिएको छ ।दलित सशक्तीकरण समाज चौतारा साँगाचोकगढी–१३ को आयोजनामा ‘उद्यम गरौँ, आत्मनिर्भर बनौँ’ भन्ने नारासहित सञ्चालन गरिएको तालिम असार १४ गतेसम्म सञ्चालन हुने नगरपालिकाका उद्यम...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

चिकित्सक सङ्घको सम्मेलन जेठ १६ र १७ मा

चितवन,  नेपाल चिकित्सक सङ्घले यही जेठ १६ र १७ गते चिकित्सक सम्मेलन आयोजना गर्ने भएको छ । ‘आधुनिक, सुलभ, किफायती र समान स्वास्थ्य सेवाका लागि नवप्रवर्तनमार्फत प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण’ नाराका साथ सङ्घले आफ्नो ३०औँ सम्मेलन बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा गर्न लागेको...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९