‘जेनजी’ युवाको देश प्रेम र त्यागप्रति गर्व गर्ने गायक थापाको साङ्गीतिक यात्रा

गण्डकी,  दसैँअघि साङ्गीतिक प्रस्तुतिका लागि बेलायत पुग्नुभएका गायक तथा ‘स्टेज पर्फमर’ दुर्गेश थापा यतिबेला अमेरिकाको साङ्गीतिक यात्रामा हुनुहुन्छ । तिहारको छेको पारेर अमेरिका उड्नुभएका दुर्गेशले अमेरिकाका ११ सहरमा साङ्गीतिक प्रस्तुति दिनुहुनेछ । गत शुक्रबार अस्टिन, टेक्सासबाट सुरू भएको उहाँको अमेरिकाको साङ्गीतिक यात्रा नोभम्बर २२ मा डल्लासमा पुगेर टुङ्गिनेछ ।
“आउँदो शनिबार न्युयोर्क सहरमा प्रस्तुति दिँदैछु”, गायक थापाले रासससँग भन्नुभयो, “म निकै उत्साहित छु, तिहारको माहोलमा अमेरिकामा रहनुभएका नेपालीहरूसँग भेट हुने अवसर जुटेको छ ।” यो उहाँको पहिलो अमेरिका यात्रा हो । डेढ महिने यात्राका क्रममा थापाले न्युयोर्क, बाल्टीमोर, कोलम्बस, भर्जिनिया, कोलोराडोलगायत सहरमा प्रस्तुति दिनुहुनेछ । उसो त देशविदेशका साङ्गीतिक कार्यक्रममा उहाँको दौड़धुप गत वर्षदेखि नै बढेको हो । गत पुसमा सार्वजनिक गीत ‘दुश्मन हेरेको हेर्‍यै…’ को सफलताले आफ्नो साङ्गीतिक ‘करिअर’लाई नै नयाँ मोड दिन पुगेको गायक थापाले बताउनुहुन्छ ।
उक्त गीतलाई युट्यबमा हालसम्म १३ करोडभन्दा बढीपटक हेरिएको/सुनिएको छ । गीत युट्युब ट्रेन्डिङ्को पहिलो स्थान हुँदै ग्लोबल ट्रेन्डिङ्मासमेत परेको थियो । गीतको सफलताले भावुक र खुसी सँगसँगै हुनुभएका गायक थापाले त्योबेला भन्नुभएको थियो, “भगवानरूपी दर्शक/स्रोताले दिनुभएको यो सम्मान केबल भ्यूजको सङ्ख्या होइन, यो सपना पूरा भएको क्षण हो ।” ‘दुश्मन हेरेको हेरै…’ मा थापासहित गायक आनन्द कार्की, गायिका समीक्षा अधिकारी र एलिना चौहानको स्वर सुन्न सकिन्छ । थापाले आफ्नै शब्द र सङ्गीतमा उक्त गीत तयार पार्नुभएको हो । गीतको सङ्गीत संयोजन पनि उहाँले नै गर्नुभएको हो ।
गीतको म्यूजिक भिडियोमा थापासहित कलाकार प्रियङ्का कार्की, कविता नेपाली, पेमा लामालगायतका अभियन रहेको छ । उक्त गीत आफ्नो ब्राण्ड गीत जस्तो बनेको थापाले बताउनुभयो । “यो मेरो करिअरकै एउटा मानक गीतका रूपमा रहनेछ”, उहाँले भन्नुभयो । थापाको पछिल्लो गीत ‘जाने भए जाममाया…’ पनि गीत चर्चित छ । “दुश्मन हेरैको हेरै…गीतको सफलताले मलाई पनि थप उचाइ दियो, यसबाट नयाँ ऊर्जा पाएको महसुस भइरहेको छ”, गायक थापाले भन्नुभयो, “कतिपय ठाउँका कार्यक्रममा माग आए पनि व्यवस्ताका कारण समय दिन सकिरहेको छैन ।” अमेरिकापछि क्यानाडा र युरोपको साङ्गीतिक यात्रा तय हुन लागेको उहाँले सुनाउनुभयो ।
यस वर्ष अधिकांश विदेशकै कार्यक्रममा व्यस्त रहने उहाँले बताउनुभयो । पछिल्लो समय देशविदेशका साङ्गीतिक कार्यक्रम र मेला–महोत्सवमा उहाँको माग बढेको छ । गत हिउँदमा उहाँलाई महोत्सव पुग्न भ्याइनभ्याइ थियो । गत फागुन महिनामा मात्र देशका ३२ भन्दा बढी ठाउँमा पुगेर गायक थापाले प्रस्तुति दिनुभएको थियो । “सँधै म यो स्थानमा रहन सक्दिन, मेरो ठाउँमा अर्को प्रतिभा आइपुग्छ”, उहाँले भन्नुभयो, “तर, म आज जहाँ छु आफ्नै मेहनत र कर्मका कारण छु ।” सयौँ गीतमा स्वर र म्यूजिक भिडियोमा अभिनय गर्नुभएका थापाका ‘हामी पनि नाच्नु पर्छ बीचबीचमा…’लगायत गीत चर्चित छन् ।
थापाले पछिल्लो समय चलचित्रका गीतमा पनि स्वर तथा सङ्गीत दिनुभएको छ । थापाले आधुनिक, लोकदोहोरी, पपलगायत गीतका म्युजिक भिडियोमा अभिनय गर्नुभएको छ । ‘डाँडै बिसौनी…’, ‘जूनले मात्र देख्छ…’, ‘हाँस्न सिकायौँ…’लगायत उहाँद्वारा अभिनित चर्चित लोकदाहोरी गीत हुन् । पहिलोपटक दीपक÷दीपाको चलचित्र ‘छ माया छपक्कै…’मा प्रोमोशनल गीत गाउनुभएका थापाले चलचित्र ‘ह्रस्वदीर्घ’मा गाउनुभएको ‘उठेर नाचिस्यो…’ गीत पनि चर्चित बनेको थियो । ‘रङ्गी’ चलचित्रको ‘छ भने माया हाइ भन…’ गीतको सङ्गीत र शब्द पनि उहाँले रचना गर्नुभएको हो । उक्त गीतमा गायक आनन्द कार्की र गायिका सुरक्षा केसीले स्वर दिनुभएको छ । थापाले गायकभन्दा बढी स्टेज ‘परर्फमर’का रूपमा आफूलाई चिनाउन चाहानुहुन्छ ।
करिअरको सुरुआतीकालमा रेष्टुराँ र बारमा नृत्यकारको रूपमा काम गर्नुभएका उहाँ अहिले अभिनय र सङ्गीतमा पोख्त हुनुहुन्छ । विगतमा कतिपय सिर्जनाका कारण चर्चा र विवादमा आइरहने थापाले पछिल्लो समय भने आत्मसमीक्षासहित अगाडि बढेको बताउनुभयो । १९ वर्षको सिर्जनकर्ममा मिठानमिठा क्षणहरू गुजार्नुभएका उहाँ सङ्घर्षको भट्टीबाट खारिएर आएका प्रतिभा हुनुहुन्छ । युवा र किशोरपुस्तामाझ बढी लोकप्रिय थापाले डान्सबारदेखि चलचित्रसम्मको अनुभव बटुल्नुभएको छ । विसं २०६३ तिर गृहथलो बागलुङको गलकोट नगरपालिका–७ मल्मदेखि काठमाडौँ पुग्दा उहाँसँग केबल एउटा सपना थियो, मोडल बन्ने ।
समयक्रममा उहाँ अभिनय हुँदै गायनतिर डोरिनुभयो । गायक तथा सर्जक बसन्त थापाको साथ लागेर पहिलो पटक राजधानी छिर्नुभएका उहाँको एक अपरिचित सहरमा सङ्घर्ष सुरु भएको थियो । काठमाडौँ जस्तो सपनाको सहरमा थापालाई अनेक अवरोध पनि नआएका होइनन् । तर उहाँले बाधाहरू सजिलै छेक्नुभयो, रोक्नुभयो र पहिल्याउनुभयो आफ्नो सत्मार्ग ।
“अग्रज कलाकार, मेरो आदरणीय दाइ बसन्त थापासँग म पहिलो पटक काठमाडौँ आएको हुँ, कलाकारितामा मलाई तातेताते गराउनुभएको उहाँले नै हो”, दुर्गेशले भन्नुभयो, “एउटा अभिभावकसँगै कला क्षेत्रको गुरुका रूपमा म उहाँलाई आदर गर्छु ।” विसं २०६५ मा गायक बिमल डाँडीको दसैँ गीतको म्यूजिक भिडियोमा थापाले पहिलो नृत्य र अभिनय गर्नुभएको थियो । पूर्णकला बिसीसँग मिलेर थापाले पहिलो लोकदोहोरी गीत ‘अँधेरीमा जुन लाएको हो…’ गाउनुभएको थियो ।
थापाले केही साताअघि ‘जेनजी’ आन्दोलनका घाइतेलाई आर्थिक सहयोगसमेत गर्नुभएको थियो । काठमाडौँका अस्पताल पुगेर घाइतेलाई भेट्नुभएका उहाँले ‘जेनजी’ युवाहरूको बलिदान खेर जान नहुनेमा जोड दिनुभएको थियो । उहाँले पहिलो चरणमा ‘जेनजी’ आन्दोलनका घाइते ११ जनालाई रु दस हजारका दरले उपचार सहयोग प्रदान गर्नुभएको हो । गायक थापाले आफू सँधै ‘जेनजी’ युवाहरूको पक्षमा रहेका बताउनुभयो । ‘जेनजी’ युवामा देखिएको देशप्रतिको प्रेम र त्यागको भावनाले आफूलाई गर्व लागेको उहाँको भनाइ छ । –राम थापा/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९