इन्डोनेसियामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ८४ पुग्यो

मेडन(इन्डोनेसिया), इन्डोनेसियाको सुमात्रा टापुमा आएको बाढी र पहिरोका कारण कम्तिमा ८४ जनाको मृत्यु हुनुका साथै दर्जनौं बेपत्ता भएको उद्धार अधिकारीहरूले शुक्रबार बताएका छन् ।इन्डोनेसियाको छिमेकी मुलुलुक मलेसिया र थाइल्यान्डमा पनि भारी वर्षाको कारण उत्पन्न विपदले यस क्षेत्रमा दर्जनौँ मानिसहरुकोे मृत्यु भएको छ ।उत्तरी सुमात्रामा शुक्रबार सम्म मृतकको सङ्ख्या ६२ पुगेको र ९५ जना घाइते भएको स्थानीय प्रहरी प्रवक्ता फेरी वालिन्टुकानले बताउनु भएको छ ।

 

वाढीका कारण वेपत्ता भएका कम्तिमा ६५ जनाको खोजी भइरहेको प्रवक्ता फेरी वालिन्टुकानलाई उदृत गर्दै एएफपीले जनाएको छ ।स्थानीय विपद् एजेन्सीका अनुसार पश्चिम सुमात्रामा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता छन् ।वालिन्टुकानले उत्तरी सुमात्राका अधिकारीहरू “निकासी र सहायता प्रदान गर्ने कार्यमा केन्द्रित रहेको बताउनु भएको छ । उत्तरी सुमात्रामा, केही क्षेत्रहरूमा सञ्चारको पहुच विच्छेद भएको उहाँले बताउनु भएको छ ।

 

सबैभन्दा बढी प्रभावित सहर सिबोल्गामा ३० जना भन्दा बढीको मृत्यु भएको उहाँले बताउनु भएको छ ।पश्चिम सुमात्रामा स्थानीय विपद् एजेन्सीका प्रमुख अब्दुल मलिकलाई उदृत गर्दै “२२ जनाको मृत्यु भएको र १२ जनाको खोजी भइरहेको एएफपीले जनाएको छ ।भारी वर्षाले इन्डोनेसियाको पश्चिमी प्रान्त आचेमा पनि बाढी र पहिरो आउदा लगभग एक हजार ५०० मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको स्थानीय विपद् एजेन्सीले जनाएको छ ।

 

 

एएफपीका अनुसार प्रान्तका केही भागहरूमा बिजुली सेवासमेत बन्द गरिएको छ । बिजुली कम्पनी पेरुसाहान लिस्ट्रिक नेगाराले यस हप्ताको सुरुमा आकस्मिक बाढीले प्रसारण टावरलाई प्रभावित गराय पछि बिस्तारै बिजुली आपूर्ति पुनस्र्थापना गर्न कर्मचारीहरू तैनाथ गरेको बताएको छ ।

 

 

मौसमी बर्षाले थाइल्यान्डका केही भागहरू डुबानमा पारेको र दर्जनौँको मृत्यु भएको छ । मलेसियामा पनि बाढीले र कम्तिमा दुई जनाको मृत्यु भएको जनाइएको छ ।मध्य जाभामा भारी वर्षाका कारण आएकोको पहिरोका कारण कम्तीमा ३८ जनाको मृत्यु हुनुका साथै करिब १३ जना अझै बेपत्ता भएको जनाइएको छ ।

– – –

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९