जैविक तटबन्धले जोगायो विद्यालय

सिरहा, चुरे पर्वतको काखबाट बग्ने बेतहा खोलाको त्रासले लहान नगरपालिका–१५ स्थित करिब ८० घरधुरी रहेको बेतहा बस्ती र त्यहाँको आधारभूत विद्यालय बेतहालाई हरेक वर्ष सताउने गर्दथ्यो । लहानको मुख्य बजारबाट करिब २० किलोमिटरको दूरीमा अवस्थित यो दुर्गम क्षेत्रमा वर्षायाम सुरु हुनासाथ बेतहा खोलाले रौद्र रूप लिँदा सबैको मनमा सधैँ डर हुन्थ्यो ।

हिउँदमा शान्त देखिने बेतहा खोला वर्षा सुरु हुनासाथ रौद्र रूप लिन्थ्यो र यसको प्रहार सिधै विद्यालयमाथि पथ्र्यो । “खोलाले किनारा कटान गर्दै जाँदा विद्यालय भवन नै जोखिममा परेको थियो । कुन बेला के हुने हो, थाहा नै हुन्न थियो,” विद्यालयका प्रधानाध्यापक सुन्दरलाल चौधरी विगत सम्झँदै भन्नुहुन्छ, “सारा विद्यार्थीको भविष्य अन्धकारमा धकेलिन लागेको थियो । वर्षा लागेपछि त विद्यालय नै बन्द गर्नुपथ्र्यो ।”

बेस्सरी कटान हुँदै आएको बेतहा खोलाले विद्यालयको चौर डुबाउँथ्यो, कक्षाकोठा चिस्याउँथ्यो र विद्यार्थीको उज्ज्वल भविष्य हरेक वर्षाको बाढीसँगै बग्दै जाने डर पनि उत्तिकै थियो । यस दुर्गम बस्तीको अस्तित्वलाई नै प्रश्नको घेरामा पु¥याइरहेको बेतहा खोलाले विद्यालय मात्र होइन, छेउमै रहेको स्थानीय स्वास्थ्य चौकीलाई पनि उत्तिकै जोखिमपूर्ण बनाएको थियो ।

नगरपालिकाले स्थानीयको सहजताका लागि एक स्वास्थ्यकर्मीसहित ढोडना स्वास्थ्य चौकीको एक शाखा यहाँ खोलेको थियो । तर, बाढी आएपछि औषधि, उपकरण र कर्मचारी सबै जोखिममा पर्थे । स्थानीयका लागि बनेको सुविधा बाढीको एक झट्कामै बन्द हुने डरले सधैँ घेरेको हुन्थ्यो ।

बेतहा बस्तीका बासिन्दालाई आफ्नो घर, विद्यालय र स्वास्थ्य सेवा जोगाउन प्रकृतिसँग हरेक वर्ष सङ्घर्ष गर्नुपर्ने बाध्यता थियो । यो वर्षको दृश्य फरक छ । बस्ती जोगाउने अभियान अब प्रकृति र स्थानीयबीचको सफल सहकार्य बनेको छ ।

करिब छ महिनाअघि लहान नगरपालिकाको समन्वयमा सुरु भएको संरक्षण परियोजनाले यहाँ नयाँ आशा जन्मायो, जैविक तटबन्ध । केयर नेपाल, सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन), राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल र गाउँलेको सामूहिक प्रयास तथा श्रमदानबाट यो तटबन्ध निर्माण गरिएको थियो ।

बर्खा सुरु हुनुअघि नै स्थानीय स्रोत साधनको उपयोग गर्दै बाँस, घाँस, बिरुवा र स्थानीय प्रजातिका बोटबिरुवा लगाएर नदी किनारलाई मजबुत बनाउने काम थालियो । सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन) का कार्यक्रम अधिकृत टेकेन्द्र साह भन्नुहुन्छ, “जैविक तटबन्ध बनाउँदा खर्च कम हुने, दीर्घकालीन रूपमा माटो सम्हाल्ने क्षमता बढ्ने र वातावरण मैत्री हुने भएकाले हामीले यसलाई प्राथमिकता दिएका हौँ ।”

केयर नेपालका कार्यक्रम व्यवस्थापक जगदिश भट्टकाअनुसार, यस परियोजनाअन्तर्गत बेतहा क्षेत्रमा तीनवटा जैविक तटबन्ध निर्माण गरिएको छ । उहाँ भन्नुहुन्छ, “संस्थाको तर्फबाट केही न्यूनतम बजेट र स्थानीयको श्रमदानबाट यस्ता जैविक तटबन्ध निर्माण गरिएका हुन्, जसले पहिरो नियन्त्रणमा पनि काम गरिरहेको छ ।” उहाँका अनुसार अन्य ठाउँमा पनि स्थानीयसँगको सहकार्यमा क्रमश जैविक तटबन्ध निर्माण गरिनेछ ।

यस प्रकारको तटबन्ध सफल अनि प्रभावकारी देखिएको वडा नं १५ का अध्यक्ष तेजनारायण चौधरीको भनाइ छ । उहाँ आफ्नो वडा बाढी, पहिरो र नदी कटानको बढी जोखिम क्षेत्र भएकाले अन्यन्त्र पनि यस्तै विधि अपनाई नियन्त्रण गर्न लागिपर्ने बताउनुहुन्छ ।

कटान रोक्न सकिने भएपछि स्थानीयको उत्साह झन् बढेको छ । वर्षौँदेखि खोला कटानको भयले असुरक्षित महसुस गर्दै आएका उनीहरू अहिले भने आत्मविश्वासका साथ भविष्य कल्पना गर्न थालेका छन् । “हामीले आफैंले बनाएको सुरक्षाले अब ढाडस दिएको छ,” स्थानीय विचारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर तामाङ्गले भन्नुभयो, “समुदायको श्रम र एकताको बलले खोलोलाई नियन्त्रण गर्न सकिने रहेछ भन्ने बुझ्यौँ । यसले हामीलाई हाम्रो बस्ती सुरक्षित रहन्छ भन्ने भरोसा दिलाएको छ ।”

जैविक तटबन्ध सस्तो, दिगो र वातावरणमैत्री मात्र होइन, स्थानीयले नै बनाउन र मर्मत गर्न सक्छन् । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल सिरहाका सचिव रुद्र नारायण चौधरीका अनुसार, यस्ता जैविक तटबन्धले वर्षेनी दोहोरिने बाढी–पहिरोको जोखिम कम गर्नुका साथै वातावरण संरक्षण, पर्यटन प्रवद्र्धन र स्थानीय रोजगारीमा पनि सकारात्मक प्रभाव पार्छ । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सुदूरपश्चिमका सबैजसो जिल्लामा वर्षा, सबैभन्दा बढी बेलौरीमा

सुदूरपश्चिमका सबैजसो जिल्लामा वर्षा, सबैभन्दा बढी बेलौरीमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९