निर्वाचनको माहोलबीच किसानलाई खेतीपातीको चटारो

महोत्तरी,  मुलुकमा प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोल बढ्दै जाँदा महोत्तरीका किसानलाई भने खेतीपातीको चटारो छ । आगामी फागुन २१ मा हुने निर्वाचनका लागि मङ्गलबार उम्मेदवारले मनोनयनपत्र दर्ता गराइसकेका छन् ।

 

निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम पर्वजस्तै हुने भए पनि यहाँका आमकिसान भने आफ्नै काममा व्यस्त छन् । वसन्तपञ्चमी (श्रीपञ्चमी) पर्वका लागि केशोर (माटो मुनि फल्ने मधेसको फलविशेष) खनेर बजार पु¥याउन, उखु काटेर चिनी उद्योग लिन र वैशाखी तरकारी (चैत÷वैशाखमा उत्पादन लिइने) लगाउने बेला घर्कंदै गर्दा हाल किसानलाई कामको भ्याइनभ्याइ परेको हो ।

 

महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा वसन्तपञ्चमीका दिन गरिने सरस्वती पूजनोत्सवमा केशोर मुख्य प्रसाद सामग्री मानिने परम्परा छ । केशोरखेती गरिने बर्दिबास, गौशाला र भङ्गाहा नगरक्षेत्रका किसान हाल दिनरात नभनी केशोर खन्ने र बजार पु¥याउने काममा व्यस्त छन् ।

 

“केशोरको त सिजन नै यही श्रीपञ्चमी पर्व हो, यसबेला बेच्न सकिएन भने पछि राम्रो भाउ पाइँदैन”, करिब एक बिघा क्षेत्रफलमा यो खेती गर्नुभएका बर्दिबास–७ मनहरिपुरका किसान निरबहादुर खत्री भन्नुहुन्छ, “चुनाव लाग्यो रे भन्ने त सुन्दछु , तर केशोर यसैबेला बेच्नुपर्ने चटारोले चुनावको रमाइलो हेर्ने फुर्सद छैन ।”

 

श्रीपञ्चमीपछि फुर्सदमा दुई÷चार दिन चुनावको रमाइलो हेर्ने उहाँको धोको छ । यसपालि श्रीपञ्चमी पर्व शुक्रबार परेको छ । त्यसैले बिहीबारभित्रै केशोर बजार पु¥याइसक्नुपर्ने हुँदा फुर्सद नै नपाइएको बर्दिबास–९ पशुपतिनगर बनरझुल्लाका किसान भोला महतो बताउनुहुन्छ ।

 

खत्री र महतोजस्तै मनहरिपुरकै ७० वर्षीय विन्देश्वर यादव पनि केशोर खन्ने र बेच्ने कामको धपेडीमा हुनुहुन्छ । “केशोर खन्न अब ढिलो गर्न हुन्न, श्रीपञ्चमीका लागि बिहीबारसम्म बजार हुन्छ, त्यसैले घरका सबै केशोर खन्न जुटेका छौँ”, उहाँले भन्नुभयो,“यहाँको केशोर वसन्तपञ्चमी पर्वमा पूर्वको मेची पारिसम्म पुग्ने गरेको छ ।” केशोरजस्तै उखु र वैशाखी तरकारी लगाउने किसानलाई पनि कामको भ्याइनभ्याइ छ । तयार भएको उखुबाली काटेर चिनी उद्योग पु¥याउने र नयाँ उखु लगाउने यही बेला हो । यसले गर्दा उखु किसान धमाधम यसै काममा लागिरहेका छन् ।

 

“चुनावको रमाइलो त हेर्न मन छ नि, तर अब काट्न ढिलो गरे मुखमा आएको उखु खेतमै सुक्छ”, गौशाला–१० बटुवाका किसान अरुण कुशवाहा भन्नुहुन्छ, “यसैबेला नयाँ उखु लगाउनु पनि छ, उखु रोप्न ढिलो भए खेतको चिस्यान सुकेर नउम्रने समस्या पर्छ ।” जिल्लाको उत्तरी क्षेत्रको उखु र केशोर दुवै मुख्य नगदेबाली हुन् । किसानको वर्षभरिको गुजारा यिनै उत्पादन बेचेर व्यवस्थापन गर्नुपर्ने हुँदा कामको चटारो रहेको कुशवाहाको भनाइ छ ।

 

केशोर र उखुजस्तै जिल्लाका सबै भेगका किसानलाई वैशाखी तरकारी लगाउने चटारो छ । वैशाखी तरकारी पनि ढिलोमा माघ १५ भित्र रोपिसक्नु पर्ने मान्यता छ । किसान खेतीपातीमा व्यस्त भएकाले चुनावको मनोनयन दाखिला गर्ने कार्यक्रममा पनि धेरैको उत्साहजनक सहभागिता नभएको दलकै नेताहरू स्वीकार्छन् ।

 

“हामी निर्वाचन अभियानकै क्रममा किसानबीचमै छौँ”, भङ्गाहा–९ सखुवाटोलका बासिन्दा नेपाली कांग्रेसका स्थानीय नेता सुरेश यादव भन्नुहुन्छ, “अहिले किसान खेतीपातीमा व्यस्त छन्, यो सकेपछि भने बिस्तारै निर्वाचन अभियानमा जोडिएलान् ।”

 

यहाँका किसान निर्वाचनप्रति अलि उत्साह पनि मरेको बताउँछन् । आफूहरुको सुविधाप्रति तीनै तहका सरकार उदासीन रहेकाले खासै चासो नरहेको किसानको भनाइ छ । अधिकांश नेपालीका लागि कृषि मुख्य पेसा रहेकाले यसपालिको चुनावमा यससम्बन्धी विशेष सुविधाका प्रतिबद्धता दल र उम्मेदवारबाट आउनपर्ने किसानको माग छ । गोेपालप्रसाद बराल/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९